• १८ असार २०८१, मङ्गलबार

विप्लवसँग प्रचण्ड र नेपालको भेट

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ५ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दसँग भेटवार्ता गर्नुभएको छ । 

आइतबार महासचिव चन्दसँग अध्यक्षद्वय प्रचण्ड र नेपालले भेटवार्ता गर्नुभएको हो । स्थानीय चुनावअघि नै चन्द महासचिव रहनुभएको नेपाल कम्युनिस्ट पार्टीका बन्दी रिहाइ गर्दै मुद्दा फिर्ता दिलाउने आश्वासन दुवै नेताले दिनुभएको जानकारी बैठकमा सहभागी नेता हेमन्तप्रकाश ओलीले बताउनुभयो । 

बैठकमा महासचिव चन्दले अघिल्लो सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनको विषयमा अध्यक्षद्वय प्रचण्ड र नेपालको ध्यानाकर्षण गराउनुभएको थियोे । पछिल्लो समय चन्द नेतृत्वको पार्टीले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलका विषयमा समेत छलफल अघि बढाएको छ ।