• १८ असार २०८१, मङ्गलबार

निर्वाचन अनुगमन समितिको अर्को बैठक सोमबार बस्ने

blog

काठमाडौं, वैशाख ४ गते। सत्ता गठबन्धनको वैशाख ३० गते हुने स्थानीय निर्वाचन सम्बन्धमा गठित निर्वाचन तयारी तथा अनुगमन समितिको अर्को बैठक सोमबार बस्ने भएको छ। काँग्रेसका वरिष्ठ नेता एवम् समिति संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकमा स्थानीय निर्वाचनमा तालमले कसरी गर्ने भन्ने विषयमा छलफल भएको थियो। 

निर्वाचनमा गठबन्धनलाई कसरी व्यवस्थित बनाउन सकिन्छ र उम्मेदवारलाई निर्वाचित गराउने एवम् खडा गर्ने विषयमा छलफल भएको पौडेलका प्रेस संयोजक चिरञ्जिवी अधिकारीले जानकारी दिए। 

सोमबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताले आ-आफ्नो धारणा राखेपछि विषय टुंगोमा पुग्ने उहाँको भनाइ छ। आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताबीच स्थानीय तहबारे भएको छलफल पश्चात् पौडेलको नेतृत्वमा दश सदस्यीय समितिको बैठक बसेको थियो।