• १२ साउन २०८१, शनिबार

राष्ट्रिय खुला मिस्टर काठमाडौँ शारीरिक सुगठन भदौमा

blog

मिस्टर काठमाडौँ शारीरिक सुगठन बारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, वैशाख १ गते । पाँचौँ राष्ट्रिय खुला मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिता भदौ २८ र २९ गते काठमाडौँमा हुने भएको छ ।

प्रतियोगितामा शारीरिक सुगठन, महिला एथलेटिक फिजिक्स, जुनियर मिस्टर काठमाडौँ र पुरुष स्पोर्ट्स फिजिक्स स्पर्धा समावेश गरिने आयोजक काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिटनेस सङ्घले जनाएको छ । 

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घको तत्वावधानमा सञ्चालन हुने प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५ तथा ७५ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुने आयोजक सङ्घका सचिव विजयत्म रत्न बज्राचार्यले जानकारी दिनुभयो । 

एउटा तौल समूहमा २० खेलाडीको सहभागिता गराईनेछ । यस्तै प्रत्येक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश: १५ हजार, १० हजार र पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । समग्रमा समूह बिजेताबिच मिस्टर काठमाडौँ भिडन्त हुने र यसको विजेतालाई ए कलाख ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । 

यस्तै समग्रमा विजेतालाई एक लाख ६५ हजार तथा महिला एथलेटिक फिजिक्स र जुनियरतर्फ विजेतालाई ३० हजार, उपविजेतालई १५ हजार र तेस्रो हुनेलाई पाँच हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।