• १८ असार २०८१, मङ्गलबार

सत्ता गठबन्धनमा स्थानीय निर्वाचनबारे छलफल

blog

काठमाडौं, वैशाख ४ गते । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच आइतबार बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा वैशाख ३० गते हुने स्थानीय निर्वाचन सम्बन्धमा थप छलफल भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो । उहाँका अनुसार गठबन्धनको बैठक आज दिउँसो पुनः बस्नेछ ।

यसैगरी, गठबन्धनको बैठकबारे जानकारी दिनुहुँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले महानगरपालिका र उपमहानगरपालिकाबारे भोलि सोमबारसम्ममा टुङ्गो लगाउने निर्णय भएको बताउनुभयो ।

यस्तै, बाँकी रहेका सबै प्रदेशमा निर्वाचनको तयारी र कार्यदलबाट प्रतिवेदन लिने निर्णय भएको पनि उहाँले बताउनुभयो  ।