• १९ असार २०८१, बुधबार

छ जना सङ्क्रमित थपिए, ४४ सङ्क्रमण मुक्त

blog

काठमाडौं, वैशाख ३ गते । पछिल्लो २४ घण्टामा थप छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ सय ८६ जनामा एन्टिजेन परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी, दुई हजार ५७ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको छ । कुल चार हजार ४३ परीक्षण गर्दा नौ जना सङ्क्रमण पुष्टि भएको हो ।

२४ घण्टामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या भने शून्यमा झरेको छ भने ४४ जना सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै, हाल देशभर चार सय सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो २४ घण्टामा ३० हजार ८८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।