• १३ असार २०८१, बिहिबार

नवौँ राष्ट्रिय खेलकुदमा स्याङ्जामा कम्तीमा एक खेल खेलाइने

blog

स्याङ्जा, वैशाख  ३ गते । राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोइरालाले नवौँ राष्ट्रिय खेलकुदमा स्याङ्जामा कम्तिमा एक खेल खेलाउने बताउनुभयो । प्रथम विवेक खाँण स्मृति सेभेन ए साईड अन्तर क्लब पुरुष फुटबलको समापन तथा पुरस्कार बितरणमा कोइरालाले आफु स्याङ्जा जिल्लामा प्याराग्लाइडिङ बाहेक थप एक खेल खेलाउन छलफलमा रहको बताउनुभयो ।

कुनै पनि प्रतियोगिताले खेलकुदको विकासमा टेवा पुग्ने बताउँदै कोइरालाले खेलकुदमा सबैको चासो हुनुपर्ने बताउनुभयो । देशकै पदमा आसिन भएपनि आफु हुर्केको ठाउँमा सहयोग गर्र्न मन लाग्ने बताउदै कोइरालाले डिपीआर बनाएर लिएर आएमा आर्थिक सहयोग जुटाउन पहल गर्ने पनि बताउनुभयो । हेलु लामाचौर युवा क्लबले भिरकोट १ लामाचौरमा आयोजना गरेको सेभेन ए साईड अन्तर क्लब पुरुष फुटबलमा उपाधि रामबाच्छा ब्वाइज वालिङले जितेको हो । 

फाइनलमा स्मार्ट युथ क्लबलाई १–० गोलले हराएको रामबाच्छाले उपाधि सहित ३० हजार रुपियाँ पुरस्कार पायो । उपविजेतका बनेको स्मार्टले २० हजार रुपियाँमा चित्त बुझायो । चैत २८ गतेबाट शुरु भएको प्रतियोगितामा १८ क्लबको सहिभागिता रहेको थियो । प्रतियोगितामा ‘म्यान अफ दि सिरिज’ अयोजक टिमका इश्वर खाँण, बेष्ट फरवार्ड रामबाच्छाका जनम गुरुङ, बेष्ट किपर रामबाच्टाका रुपेश हमाल, बेष्ट डिफेन्डर स्मार्टका सन्देश क्षेत्री हुनुभयो । विजेतालाई राखेपका उपाध्यक्ष शिव कोइरालाले पुरस्कार प्रदान गर्नुभयो ।