• १३ साउन २०८१, आइतबार

भित्तरगौँडा भीर छिचोलेर सडक

blog

हुम्ला समाचारदाता

हुम्ला, वैशाख ३ गते । पर्यटकीय क्षेत्र खार्पुदेखि ताखुलेक सडकको भित्तरगौडा सडकखण्डको भीर छिचोल्ने काम पूरा भएको छ । लगातार दुुई महिना विस्फोट र निर्माणको काम एकैसाथ गरी सो भीर छिचोलिएको हो ।

पूर्वाधार विकास कार्यालयका प्रमुुख देवी ऐडीले लगातार विस्फोट गरेर दुुई महिनापछि भीर छिचोलेर गाडी गुडाउन सफल भएको बताउनुुभयो । दुुई सय मिटर लामो उक्त सडकखण्डमा सेनाको समन्वयमा विस्फोट गर्ने र स्काभेटरबाट निर्माण गर्ने काम एकसाथ अगाडि बढाइएको थियो । उहाँले करिब ४० मिटर अग्लो चट्टानलाई विस्फोट गरी स्काभेटरबाट काटरेर भीरमा सडक निर्माण गर्न सफल भएको जानकारी दिनुभयो ।

उहाँले कुल ७.३२ किमि सडकखण्डमध्ये चार सय मिटर कडा चट्टान रहेकामा एउटा चट्टानी भागको निर्माण कार्य पूरा भएको र अब अर्को भीर बाँकी रहेकाले त्यो पनि छिटै निर्माण सुुरु हुने बताउनुुभयो । सडक निर्माणका लागि सम्झौता भएको १५ महिनापछि चट्टान विस्फोट सुरु भएको बताउनुभयो । सेनाको अनुमतिमा विस्फोटक पदार्थ खरिद प्रक्रियामा जाँदा समय लागेकाले निर्माणमा ढिलाइ भएको जनाइएको छ । ताकुलेक सडकको खार्पुदेखि ग्याग्रुसम्म सडक निर्माणका लागि ०७६ साल भदौ ५ गते स्वच्छन्द निर्माण कम्पनीसँग सम्झौता गरेको थियो ।

उहाँले विस्फोटक पदार्थ खरिदका लागि सेनासँग लामो प्रक्रिया लागेका कारण चट्टानी भीरको निर्माण कार्य ढिलो भएको बताउनुुभयो । 

सोही सडकखण्डको चट्टानी क्षेत्रबाहेक अन्य क्षेत्रको सडक भने गत वर्ष नै निर्माण सम्पन्न भइसकेको थियो । कार्यालयलाई विस्फोटक पदार्थ प्राप्त हुने बित्तिकै निर्माण कम्पनीलाई जिम्मा लगाएर सेनाकै उपस्थितिमा विस्फोट गर्ने काम सुरु भएको जनाइएको छ ।

छोटो समयमा निर्माण सम्पन्न गर्नुपर्ने सो सडक आवश्यक विस्फोटक पदार्थ नभएकै कारण निर्माणमा ढिलाइ भएको थियो । सडक निर्माणका लागि चार करोड ६५ लाख नौ हजार रुपियाँमा निर्माण कम्पनीसँग कार्यालयले सम्झौता गरेको थियो । 

यसअघि सो कार्यालयले सोही सडकखण्डको ग्यागु्रदेखि दोजाम गाउँसम्म सडक निर्माण सम्पन्न गरिसकेको छ । अब दोजामबाट ताकुुलेकसम्मको भागमा सडक निर्माण गर्न भने बाँकी छ । सडक निर्माणपछि चुवाखोला क्षेत्रको पर्यटन प्रवद्र्धन र जडीबुटीको सहज निकासीमा सहयोग पुुग्ने विश्वास गरिएको छ ।