• १३ साउन २०८१, आइतबार

समाजबादी पार्टीका सचिव एमालेमा

blog

कमल शर्मा

दैलेख, वैशाख २ गते । नेकपा (एकीकृत समाजवादी) का दैलेख जिल्ला सचिव मानबहादुर खड्का एमालेमा फर्कनु भएको छ ।  शुक्रबार एमाले पार्टी कार्यालय दैलेखमा भएको कार्यक्रममा खड्काले नेकपा (एकीकृत समाजबादी) पार्टी परित्याग गरी पुरानै मुल पार्टी एमालेमा फर्कनु भएको हो । 

उहाँले एक विज्ञप्ति जारी गर्दै २०४६ देखि विभिन्न जिम्मेवारी समाल्दै एमालेमा रहेको, पार्टी विभाजनको अवस्थाले उत्पन्न परिस्थितिमा नेकपा (एकीकृत समाजवादी) पार्टी जिल्ला कमिटी दैलेखको सचिव पदमा रहेको भएपनि सो जिम्मेवारी आजैबाट छाडी एमालेको झण्डामुनि गोलबद्ध हुने निर्णय गरेको उल्लेख गर्नुभएको छ । 

पार्टी विभाजनका कारण एमालेभन्दा बाहिर रहेका सबैलाई उहाँले एमालेमै फर्कन आव्हान पनि गर्नुभएको छ । खड्कालाई एमाले दैलेखका पार्टी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्मा, भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, एमाले नेता नन्दकिशोर बस्नेत, शान्ति शर्मा, चन्द्रा रेग्मी लगायतले पार्टीमा स्वागत गर्नुभयो ।  

खड्कालाई स्वागत गर्दै एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माले एमालेले दैलेखका ११ वटै स्थानीय तहमा आफ्नो विजय सुनिश्चित हुनेगरी काम गरिरहेको बताउनुभयो ।