• १३ साउन २०८१, आइतबार

सौन्दर्य व्यवसायीलाई प्रमाणपत्र प्रदान

blog

काठमाडौँ, वैशाख २ गते - सौन्दर्य व्यवसायमा संलग्न महिलाको क्षमता अभिवृद्धि गर्दै आएको छ, ‘ग्लो टु ग्लोः दी ब्यूटी स्टुडियो।’ कोभिड-१९ प्रकोपका कारण थलिएको व्यवसायलाई पुरानै अवस्थामा फर्काउने अभिप्रायले ‘ग्लो टु ग्लो’ले देशभरका ३ सय ४३ जना ब्युटिसियनलाई उच्चस्तरीय तालिम प्रदान गरेको छ। 

नयाँ वर्षको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा ‘ग्लो टु ग्लो’बाट ‘डिप्लोमा र मास्टर्स क्लास कोर्ष’ गर्ने महिलालाई संयुक्त अरब इमिरेट्स सरकारअन्तर्गतको ‘नलेज एन्ड ह्युमन डेभेलप्मेन्ट अथ्योरिटी (केएचडिए)’ बाट सम्बन्धन प्राप्त प्रमाणपत्र प्रदान गरिएको छ। 

‘ग्लो टु ग्लोः दी ब्युटी स्टुडियो’का संस्थापक विनिता शाहका अनुसार कार्यक्रममा १०८ जनाले प्रमाणपत्र लिएका छन्। उहाँले ‘ग्लो टु ग्लो’ले सौन्दर्य व्यवसायमा संलग्न महिलालाई उच्च स्तरीय तालिम प्रदान गरिरहेको बताउनुभयो। 

विविध विधामा पुरस्कृत

नयाँ वर्षका अवसरमा आयोजित कार्यक्रममा विभिन्न विधामा प्रतिस्पर्धा समेत गराइएको थियो। तालिममा सहभागी शिला सुब्बाले १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नुभयो।

सौन्दर्य कलासम्बन्धी प्रश्नोत्तर र खेलमा निर्मला धामी, आशा ओली र शर्मिला तामाङ पुरस्कृत हुनुभयो। छाला हेरचाहसम्बन्धी प्रश्नोत्तरमा सलिना मल्ल र शर्मिला तामाङ विजयी हुनुभयो। अन्य दुई खेलमा रोजिना श्रेष्ठ र दीपिका श्रेष्ठ विजयी हुनुभएको छ।