• १३ साउन २०८१, आइतबार

डा. भुषालसहितको टोलीद्वारा सगरमाथा आरोहण सुरु

blog

काठमाडौं, वैशाख २ गते । समसामयिक महत्वपूर्ण तीन सन्देशहरू सर्वोच्च शिखर सगरमाथामार्फत विश्वभर प्रवाह गर्न डा. प्रिती भुषालसहितको टोली शुक्रकार त्यसतर्फ लागेको छ ।

यात्राको पहिलो दिन डा. भुषालको टोली आज लुक्ला पुगेको छ । डा. भुषालले कोभिड-१९ को लडाइविरुद्ध अग्रपङ्तिमा रहेका चिकित्सक, फर्मासिष्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, सरसफाइमा खटिने मजदुर, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्तालगायतको योगदानको उच्च सम्मान गर्न सगरमाथा आरोहण गर्न लागेको बताउनुभयो ।

त्यस्तै, उहाँले प्रकृतिमा जलवायु परिवर्तनको असर कम गर्नुको विकल्प नरहेको सन्देश दिनु आफ्नो सगरमाथा आरोहणको दोस्रो लक्ष्य रहेको बताउनुभयो ।  हिमालय क्षेत्रमा बढ्दो प्रदुषण रोकौं भन्ने सन्देश विश्वभर छर्नका लागि एक जिम्मेवारी पर्वतारोहीको रूपमा आफू सगरमाथा आरोहण गर्ने अभियानमा जुटेको उहाँको भनाइ छ । हिमालयन सेपर्ड–इको टुरिजमको व्यवस्थापनमा हुन लागेको आरोहणमा भुषालसँगै चर्चित पर्वतारोही पेम्बा दोर्जे शेर्पा र लाक्पा नुरु हुनुहुन्छ ।

अर्घाखाँची स्थायी घर भएकी भुषाल हाल मेडिकल अफिसरको रुपमा ग्रयाण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत हुनुहुन्छ । हिमाल आरोहणमा विशेष राख्ने भुषालले छ हजार ११९ मिटर अग्लो लोबुचे शिखरको सफल आरोहण गरिसक्नुभएको छ ।