• १२ असोज २०८१, शनिबार

प्रदेश स्तरीय हाम्रो धरान भेट्रान फुटबल कप २०७९ हुने

blog

निशा राई

धरान, वैशाख २ गते । फुटबल विकासका लागि खेलप्रति आकर्षण बढाउन प्रदेशस्तरीय प्रथम हाम्रो धरान भेट्रान कप २०७९ आयोजना हुनेभएको छ । “हाम्रो धराने फुटबल विकासको लागि स्थानिय तहमा युवाहरुको सक्रियता” मुल नाराकोसाथ हाम्रो धरान भेट्रान फुटबल क्लबको आयोजना बैशाख ३ गतेदेखि १० गतेसम्म हुनेभएको छ । क्लबले पत्रकार सम्मेलन गर्दै धरानलाई खेलकुद हबको रुपमा विकास गर्ने उद्देश्यसाथ धरान उपमहानगरपालिकाद्वारा विभिन्न प्रतियोगितामा आर्थिक तथा भौतिकरुपमा सहयोग गर्दैआएको छ । 

फुटबलमा नै समर्पण गरी आफ्नो जिवन विताइरहेका खेलाडिहरुका लागि पनि यस क्लवले ३५ बर्ष कटेका भेट्रान खेलाडीलाई खेलको माध्यमबाट स्वास्थ राख्ने तथा सामाजिक विकृति हटाउने उद्देश्य पनि राखिएको क्लबका अध्यक्ष अशोककुमार राईले बताउनुभयो ।

प्रतियोगितामा प्रदेश १ भरिका विभिन्न १२ टिमले सहभागिता जनाउनेछ । प्रतियोगितामा सहभागी हुने टिममा ३८ बर्षको ३ जना, ४० बर्षका ८ जना अनिवार्य खेलाडी हुनुपर्नेछ । प्रतियोगिता धरान १६ स्थित रंगशालामा हुने अध्यक्ष राईले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता हुने टिमले नगद ८० हजार, ट्रफी, मेडल र प्रमाणपत्र  पाउनेछ भने दोस्रो हुने टिमले नगद ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र दिईने आयोजकले जनाएको छ । यस्तै, प्रतियोगिताका व्यक्तिगत विधामा समेत पुरस्कार दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा कुल ६ लाख ५५ हजार रुपियाँ खर्च हुने आयोजकको अनुमान छ ।