• १९ असोज २०८१, शनिबार

एरिकालाई युएसए ओपन कराँतेमा स्वर्ण र रजत पदक

blog

पदकसहित एरिका गुरुङ ।

काठमाडौँ, चैत १९ गते । नेपालकी कराँते स्टार एरिका गुरुङले युएसए ओपन अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण र रजत पदक जित्नुभएको छ ।

एरिकाले अमेरिकाको‌ टेक्ससमा जारी प्रतियोगितामा यु२१ इलाइट महिला ६८ केजी माथि तौल समूहमा स्वर्ण पदक जित्नुभएको हो । फाइनलमा उहाँले आयोजक अमेरिकाको खेलाडीलाई पराजित गर्नुभएको थियो । 

चीनमा गत असोजमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा नेपाललाई ऐतिहासिक रजत पदक दिलान सफल एरिकाले युएसए ओपन अन्तर्राष्ट्रिय कराँतेको ६८ केजी माथि (सिनियर) खुलातर्फ भने रजत जित्नुयो । यस स्पर्धाको फाइनलमा पनि उहाँ अमेरिकाको खेलाडीसँग ३–२ अङ्कले पराजित हुनुभयो । 

यस प्रतियोगितामा सहभागी नेपालका अर्का खेलाडी विप्लवलाल श्रेष्ठ पुरुष ८४ केजी मुनि तौल समूहको सेमिफाइनलमा पराजित हुनुभयो । चार सदस्यीय नेपाली कराँते टोलीको‌ प्रशिक्षकमा कुशल श्रेष्ठ र दीपक श्रेष्ठ रहनुभएको छ ।