• १२ साउन २०८१, शनिबार

माओवादी केन्द्रमा गठबन्धनको व्यवहारिक कार्यान्वयनबारे छलफल

blog

काठमाडौं, वैशाख २ गते । नेकपा (माओवादी केन्द्र) को शुक्रबार कोटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी समिति सदस्यहरुको बैठकमा निर्वाचन सम्बन्धमा विशेष छलफल भएको छ ।

माओवादी केन्द्रका नेता लीलामणि पौडेलले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनबीच चुनावी तालमेल हुने सैद्धान्तिक निर्णय भइसकेको अवस्थामा अब यसलाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्नेबारे बैठकमा छलफल भएको जानकारी दिनुभयो ।

उहाँले आजको बैठकबाट ठोस निर्णयभन्दा पनि तलको रिपोर्टिङ लिने र गठबन्धनलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने विषयमा छलफल भएको बताउनुभयो ।

यसअघि प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालगायत गठबन्धन दलका शीर्ष नेताहरुबीच चुनावमा गठबन्धनका दलरुबीच मात्रै तालमेल गर्ने निर्णय भएको थियो ।

 शुक्रबार बिहान ८ बजेदेखि सुरु भएको बैठकमा ती  विषयमा करिब दुई घण्टा छलफल भएको थियो ।