• १३ साउन २०८१, आइतबार

मोरङमा १५ देखि १५ वर्ष उमेरका बालबालिलाई टाइफाइडविरुद्ध खोप लगाइने

blog

हरि कोइराला
उर्लाबारी, वैशाख २ गते ।
मोरङको पथरीशनिश्चरे नगरपालिकामा १५ देखि १५ वर्ष उमेर समूहका बालबालिलाई टाइफाइडविरुद्ध खोप लगाइने भएको छ । यही वैशाख ११ देखि १८ गतेसम्म टाइफाइडविरुद्धको खोप लगाइने कार्यक्रम तय भएको नगर खोप समन्वय समितिले जनाएको छ ।

नगर खोप समन्वय समितिको बैठकले ५६ वटा खोप केन्द्र तय गरी टाइफाइडविरुद्धको खोप लगाउने निर्णय गरेको छ ।

एलर्जी, एचआइभी–एड्स, ज्वरोका विरामी र कोरोनासहितका अन्य खोप नलगाएका १४ महिना मुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन नमिल्ने स्वास्थ्य प्राविधिकले जनाएको छ ।