• १६ भदौ २०८१, आइतबार

अलङ्कार र पदकबाट पत्रकार विभूषित

blog

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख १ गते। राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारिता क्षेत्रमा लागेर आ-आफ्नो क्षेत्रमा विशिष्ट योगदान पुर्याउने वरिष्ठ पत्रकार तथा पत्रकारलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्नुभएको छ। 

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहमा गोरखापत्रका पत्रकार प्रकृति अधिकारी प्रवल जनसेवाश्री पदवीबाट विभूषित हुनुभएको छ। यसैगरी, राष्ट्रिय समाचार समितिका वरिष्ठ समाचारदाता मोहम्मद सदरुल र सह–समाचारदाता भीष्मराज ओझा प्रबल जनसेवाश्री विभूषणबाट तथा फोटो पत्रकार रोशन सापकोटा प्रवल जनसेवाश्री विभूषणबाट सम्मानित हुनुभएको हो।

यसैगरी, नेपाल टेलिभिजनका चार पत्रकार/सञ्चारकर्मीले प्रबल जनसेवाश्री पदक सम्मानित हुनुभएको छ। राष्ट्रपतिले टेलिभिजनबाट नीता सापकोटा, गोविन्द धिताल, शालिक सुवेदी र अनिता विन्दुलाई प्रबल जनसेवाश्री पदकबाट विभूषित गर्नुभएको छ। सामारोहमा पत्रकार बद्री सिग्देल, अजयबाबु शिवाकोटीलगायतका विभूषित हुनुभएको छ। 

संविधान दिवसका अवसरमा सुप्रबल जनसेवाश्री मानपदवी पाउने गरी तारानाथ दाहाल, सुरेशप्रसाद आचार्य, हरिविनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतीक पन्त र हरिबहादुर थापाको नाम घोषणा गरिएको थियो। 


यसैगरी, कीर्तिमय राष्ट्रद्वीप पाउनु हुने पत्रकारमा ओम शर्मा, गुणराज लुइँटेल र महेश्वर दाहाल हुनुहुन्छ। यस्तै, प्रवल जनसेवाश्री पाउने पत्रकार÷सञ्चारकर्मी÷कार्टुनिष्टमा ऋषि धमला, नेत्रकुमार के.सी., मुकुन्द दाहाल, दिलभूषण दाहाल, समा थापा, विश्वमणि पोखरेल, कविर राणा, रविन सायमी, रवी मिश्र, डा. बालकृष्ण चापागाई, माधव ढुंगानाको पनि नाम सार्वजनिक भएको थियो। 

यसैगरी, जनसेवाश्री पाउने पत्रकार÷फोटोपत्रकार/सञ्चारकर्मीमा भरतबन्धु थापा, भुवन शर्मा, दीपक खरेल, गिरिजाप्रसाद अधिकारी, प्रभातकुमार झा, नारायण अमृत, चन्द्रशेखर कार्की, किसन राई, खगेन्द्र अधिकारी, सुनील महर्जन, विष्णु खड्का, रेखा भुसाल, बृजकुमार यादव, आंकाक्षा शाह, नरेन्द्रकुमार साउद, लीला बराल, राममाया भट्टराई, भवानी कार्की, बृजलाल पासवान, डम्बरबहादुर अधिकारी र दीपेन्द्र श्रेष्ठको नाम पनि घोषणा गरिएको थियो। के कति पत्रकारले पदक लिनुभयो भन्ने यकिन तथ्याङ्क आइसकेको छैन।