अटेरी गर्दै सरकारको आदेश मान्दैनन् सहकारी
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजार क्षेत्रमै रहेका सहकारी संस्थाहरूले नगरपालिकाको ताकेतालाई समेत बेवास्ता गर्ने गरेका छन् ।
भाषा संरक्षणमा गुरुङ समुदाय
गुल्मीको इस्मा गाउँपालिका–४, दोहली कल्यारमा गुरुङ समुदायका ३६ घरपरिवारको बसोबास छ । बसाइँसराइले थुप्रै घरपरिवार सहर झरिसकेका छन् । गाउँमै बसेका पनि अधिकांशले गुरुङ भाषा बोल्दै
विद्यालय भद्रगोल हुँदा बिथोलियो विद्यार्थीको पढाइ
शिक्षा मानव जीवनको आधारशिला हो तर महोत्तरीको बर्दीबास नगरपालिका–१२, बिजलपुराको जुरी बजारमा अवस्थित जुरीमाई जनता आधारभूत विद्यालयपरिसर ‘पाठशालाबाट मधुशाला’ मा प
सहज छैन दाउन्नेको दलदलबाट निस्कन
नारायणगढ–बुटबल सडकखण्डमा सम्झौता अनुसार काम भएको भए बर्खा लाग्न थाल्यो, यात्रा कसरी गर्ने होला भनेर कसैले पनि चिन्ता लिन पर्ने थिएन । किनकि २०७९ साउन २२ गतेसम्ममा काम सक्ने गरी छ वर्षअघि चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिसँग २०७५ माघ २४ गते सम्झौता भएको थियो ।
हावाहुरीमा परी छ जना घाइते
जनार्जन खत्रीसर्लाही, जेठ ३ गते । सर्लाहीमा शुक्रवार बेलुकाको हावाहुरीमा परेर छ जना घाइते भएका छन् । हावाहुरी चलेपछि भाग्नेक्रममा हरिपूर्वा नगरपालिका ६ का ५० वर्षीया सुमीदेवी साह दुई तले घरको भुई तल्लाबाट लडेर घाइते हुनुभएको छ । साहको प्रादेशिक अस्पताल जनकपुरमा उपचार चलिरहेको प्रहरीले जनाएको छ । हरिपुर नगरपालिका २ सानोजतपुरमा हरिवन नगरपालिका ५ का १८ वर्षीय बलिराम महतोले चलाएको बा ४० प १५३० र हरिवन ५ कै गङ्गाराम महतोले चलाएको मधेस प्रदेश २–००७ प ८३८६ नम्बरको मोटरसाइकलमा रुखको हाँगा खसेर लाग्दा दुवै मोटरसाइकलका चालक घाइते भएका छन् । उनीहरू नमुना अस्पताल हरिवनमा उपचारपछि राति नै डिस्चार्ज भइसकेका प्रहरीले जनाएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत ईश्वरपुर नगरपालिका १२ बाँके जङ्गलको लच्का नजिकै पूर्व तर्फ गइरहेको मधेस प्रदेश ०४–००१ च ०२७७ नम्बरको पिक अप गाडी सडक छेउमा ढलेको रुखमा गएर ठोक्किँदा चालक घाइते भएका छन् । घाइते पिक अप चालक पर्सा गाउँपालिका ४ का ३५ वर्षीय राजनारायण महतो लाल बन्दीमा उपचारपछि डिस्चार्ज भइसकेका प्रहरीले जनाएको छ । हरिवन नगरपालिका ५ घुर्कौलीमा ७५ वर्षीया दलेमुन खातुन आफ्नै घरको किराना पसलमा बसिरहेको अवस्थामा पसलको जस्तापाता खसेर लाग्दा घाइते हुनुभएको छ । उहाँको नमुना अस्पताल हरिवनमा उपचार चलिरहेको प्रहरीले जनाएको छ । बागमती नगरपालिका २ धरहरामा ३८ वर्षीय नवराज राय क्षेत्री मकैबारीमा काम गर्नेक्रमा रुखको हाँगा भाँचिएर लाग्दा घाइते हुनुभएको छ । उहाँलाई नमुना अस्पताल हरिवनमा सामान्य उपचारपछि थप उपचारका लागि चितवनको भरतपुरतर्फ लगिएको परिवारले जनाएको छ । हावाहुरीबाट हरिवनस्थित इलाका प्रहरी कार्यालयभित्र राखिएको हरिवन प्रहरीकै नाममा रहेको बा. एसिसी ३४०९ नम्बरको मोटरसाइकल र अर्को नम्बर नखुलेको मोटरसाइकलमा रुख ढलेर किच्दा क्षति पुगेको छ । हावाहुरीले बरहथवा नगरपालिका ९ मुर्तियामा रुख ढलेर नयाँरोड–बरहथवा–मधुवनी सडक अवरद्ध भएकोमा डेढ घण्टापछि प्रहरी, वन कर्मचारी र यात्रु भएर ढलेको रुख हटाएपछि राजमार्ग सूचारु भएको छ ।गोडैता नगरपालिका–१२, मधुवनीगाउँमा सन्जिव पासवानले काठ र फुसले घर निर्माण गरेर रामनगर गाउँपालिका ७ का उमेश साहलाई होटल संचालन गर्न दिएकोमा शुक्रवार बेलुकाको हावाहुरीले घर नै भत्काएको छ । होटल संचालन भइरहेको फुसको घर पूर्णरुपमा ढल्दा ६० हजार रुपियाँ बराबरको क्षति भएको पीडितले बताएका छन् । सर्लाहीसहित आसपासका जिल्लामा शुक्रवार बेलुका तीव्रगतिमा हावाहुरीसहित वर्षा भएको थियो । हावाहुरीले भित्र्याउने बेला भएको र घोगा लाग्ने बेला भएको मकैमा व्यापक क्षति गरेको किसानले बताएका छन् । हावाहुरीले जताततै आँप र लिचीका चिचिला झारेर क्षति पुु¥याएको छ । केराको बोट तथा तरकारीको थाङ्ग्रा लढाएर लहरे तरकारीमा क्षति गरेको किसानले गुनासो गरेका छन् । केही स्थानीयको कच्ची घरका जस्ता, टायल र खपडा उडाएको गाउँलेले जानकारी दिएका छन् । शुक्रवार साँझ ६ बजेपछि करिव आधा घण्टा तीव्रगतिमा हावाहुरी चल्दा जनजीवन अस्तब्यस्त बनेको थियो । हावाहुरीपछिको वर्षाले भने विशेष गरी चुुरेवर्ती क्षेत्रका किसानलाई फाइदा पुगेको छ । पानी पर्न नसक्दा किसानले भर्खरै रोपेको सँठिया मकै, चैते धान र कोदो बाली सुकेर गइरहेको थियो । त्यस्ता किसानलाई हिजो बेलुकाको पानीले ठूलो राहत मिलेको छ । हावाहुरीपछि जिल्लाको विभिन्न स्थानमा बिजुलीको पोल ढल्दा ग्रामीण भेगमा शनिवार बिहानसम्म बिजुली बत्ती अवरुद्ध रहेको छ । विद्युत् तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका प्राविधिक शनिवार बिहानैदेखि मर्मतका खटिएका छन् ।
सत्य सम्प्रेषण पत्रकारिताको धर्म
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण पत्रकारिताको धर्म भएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीले प्रदान गर्ने ‘गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ समारोहमा उहाँले उक्त कुरा बताउनुभएको हो ।
सातौँ वार्षिक प्रतिवेदन पेस
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष महालेखा परीक्षकको कार्यालयले सातौँ वार्षिक प्रतिवेदन पेस गरेको छ । महालेखा प्रतिवेदनलाई बागमती प्रदेश प्रमुखको कार्यालयमा शुक्रबार
‘हिमालदेखि महासागरसम्म’ को सोच
सगरमाथा संवादको यस पहिलो संस्करणमा यहाँहरूलाई स्वागत गर्न पाउनु मेरानिम्ति गहिरो सम्मान र हार्दिक अवसर दुवै हो । नेपालको विश्वसँगको यो संवाद पहलकदमी, गहन विचार विमर्शका लागि प्लेटफर्म, सिद्धान्तनिष्ठ सहभागिताका लागि अवसर र हाम्रो समयका अत्यन्त गम्भीर चुनौतीलाई सम्बोधन गर्ने साझा प्रयास हो ।
सबै स्थानीय तहमा एमालेको अधिवेशन सम्पन्न
अछामका १० वटै स्थानीय तहमा नेकपा (एमाले) अछामले अधिवेशन गरेको छ । चार नगरपालिका र छ गाउँपालिकामा सर्वसम्मत नयाँ नेतृत्वमा पालिका कमिटी चयन गरिएको हो ।
मितेरी साइनोले बिगारेको प्रेमकथा ‘जार’
सुकृत नेपालकाठमाडौँ, जेठ ३ गते । अहिलेको युवापुस्ताले इतिहासका विषयमा खासै चासो दिएको पाइँदैन तर इतिहास बुझ्यो र जान्यो भने त्यसबाट धेरै ज्ञान पाइन्छ । दुई सय वर्ष पुरानो परिवेशलाई आधार बनाएर तयार गरिएको चलचित्र ‘जार’ ले मौलिक विषय उजागर गर्न खोजेको छ । त्यतिबेलाको समाज र जारप्रथाको इतिहास बुझ्न चलचित्रले सहयोग गर्ने देखिन्छ । भलै सबै कुरा मिल्दोजुल्दो नभए पनि ‘जार’ को सवालमा धेरै कुरा जान्न भने सकिन्छ । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित ‘जार’ फुर्वा छिरिङ लामाले निर्देशन गर्नुभएको चलचित्र हो । भारत सिक्किमको एउटा गाउँ जहाँ लाहुरे रुद्रमान (सौगात मल्ल) र गाउँकी ठुली (गीताञ्जली थापा) बिच मायाप्रेम बस्छ । दुवै प्रेमविवाह गर्नेसम्म पुग्छन् । यसै गरी ठुलीकी बहिनी र रुद्रमानकी बहिनीबिच पनि गहिरो मित्रता बसेको छ । दुवैको परिवारले उनीहरूको मित्रतालाई मितिनीमा परिणत गर्ने निर्णय गर्छन् । त्यसपछि ठुली र रुद्रमानको जीवनमा आउने अनेक उतारचढावको कथालाई चलचित्रमा देखाइएको छ । उनीहरूको विवाहदेखि लिएर ठुलीले रुद्रमानमाथि गरेको अविश्वासको कथावरपर नै चलचित्र रुमल्लिएको छ ।हाम्रो समाजमा बहिनीकी मितिनी पनि आफ्नी बहिनी हुन्छिन् भन्ने मान्यता छ । त्यसैले रुद्रमान र ठुलीको जीवनमा बाधा अड्चन आउनुको कारण मितेरी साइनो पनि हो । आफ्नी बहिनीले रुद्रमानकी बहिनीसँग मित लगाएको ठुलीलाई फिटिक्कै मन परेको छैन तर पनि घर र समाजका लागि उनी सबै कुरा सहेर बस्छिन् । अर्को गाउँमा प्रहरी जवान हर्षजित (अनुपविव्रmम शाही) बस्छन् र उनले पनि ठुलीलाई भित्रभित्रै मन पराएका हुन्छन् । परिवारको कारण भनौँ या ठुलीको राजीखुसीले, हर्षजित र ठुलीको विवाह हुन्छ । ठुलीले विवाह गरे पनि रुद्रमानले के यो कुरा सजिलै सहन सक्लान् त ? चलचित्रको कथाको ‘क्लाइमेक्स’ यही हो । चलचित्रको मूल कथा रुद्रमान, ठुली र हर्षजितवरपर घुमेको छ । रुद्रमान र हर्षजितको लडाइँ ठुलीकै कारणले हुन्छ र ठुलीले कसलाई साथ दिज्छिन् भन्ने कुराले दर्शकलाई हलमा केही घण्टा भए पनि बाँध्छ । चलचित्रको राम्रो पक्ष यसको गीतसङ्गीत र छायाङ्कन हो । झुमा लिम्बूले गाउनुभएको प्रायः गीत कर्णप्रिय र मन छुने खालका छन् । सिक्किमका मनमोहक दृश्यले दर्शकलाई लोभ्याउँछ । दुई सय वर्षअगाडिको समाजलाई निर्देशक लामाले दृश्यमा सुन्दर तरिकाले प्रस्तुत गर्न खोज्नुभएको छ । कुनै कुनै ठाउँमा केही गल्ती देखिए पनि दर्शकलाई दुई सय वर्षअगाडिको समाजमा लैजान निर्देशक लामा सफल हुनुभएको छ । नायिका गीताञ्जली थापाको अभिनयमा फरकपन देखिन्छ । अन्य चलचित्रमा भन्दा यसमा सौगात मल्लको चरित्र केही फरक छ । प्रायः एकैखाले बोली बोले जस्तो लाग्ने उहाँको संवादमा धेरै फरक पाइन्छ । लाहुरेको भूमिकामा उहाँ जम्नुभएको छ । अनुपविव्रmमको अभिनय पाटो खासै देखिँदैन तर चलचित्रमा ‘ट्विस्ट’ ल्याउने काम उहाँमार्फत हुन्छ । जार काट्नका लागि सात दिनको समय दिइएको हुन्छ तर हर्षजितले रुद्रमानलाई काट्न कति दिन जङ्गलमा लखेटे; त्यसलाई निर्देशकले प्रस्ट्याउन बिर्सेको देखिन्छ । जब रुद्रमान र हर्षजित आमनेसामने हुन्छन् तब हर्षजितले रुद्रमानलाई अब त काट्लान् भन्दाभन्दै चलचित्र सकिन्छ । चलचित्रको अन्त्य खासै प्रस्ट छैन । यसले दर्शकका मनमा अनेक कुरा उब्जन सक्छ ।
अब एक घण्टाभित्रै श्रम स्वीकृति
काठमाडौँ, जेठ ३ गते । वैदेशिक रोजगार विभागले अबको तीन÷चार दिनमा एक घण्टाभित्रमा श्रम स्वीकृति दिने गरी तयारी गरेको छ । विभागले शुव्रmबार पत्रकार सम्मेलनमार्फत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) प्रणालीमा सुधार गरी एक घण्टाभित्र श्रम स्वीकृति दिने गरी तयारी गरेको जानकारी दिएको छ । विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले एक साताअघिसम्म एक व्यक्तिले श्रम स्वीकृति लिन आठ-१० दिन लाग्ने गरेकामा अहिले तीन दिनमा झारेको र अबको तीन÷चार एक घण्टा गर्ने तयारी गरेको जानकारी दिनुभयो । वैदेशिक रोजगारीको काम कारबाहीलाई प्रविधिमैत्री बनाउन वैदेशिक रोजगार विभागले फेमिस प्रणाली प्रयोगमा ल्याएको हो । प्रणालीमा समय समयमा समस्या आउने गरेपछि श्रमिकहरू समस्यामा पर्ने गरेका छन् । वैदेशिक रोजगारीसँग सम्बन्धित संस्थागत उजुरी फस्र्याट, राहत तथा उद्धार र क्षतिपूर्ति समयानुकुल छुट्टै निर्देशिका÷कार्यविधि तर्जुमा गरी लागुु गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । विश्वको कुनै पनि कुनाबाट श्रम स्वीकृतिका लागि श्रमिकले आवेदन दिँदा एक घण्टाभित्रमा श्रम स्वीकृति दिन सक्ने गरी प्रणाली सुधार हुने उहाँको भनाइ छ । महानिर्देशक भट्टराईले वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, व्यवस्थित, मर्यादित र समयानुकुल बनाउने गरी विभागका उपमहानिर्देशकको संयोजकत्वको पाँच सदस्य समिति गठन गरी काम अध्ययन भइरहेको जानकारी दिनुुभयो ।
‘लोडसेडिङ हुँदैन’ : विद्युत प्राधिकरण
काठमाडौँ, जेठ ३ गते ।नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिहीबार र शुक्रबार आएको विद्युत् प्रणालीको समस्या प्राविधिक रहेको र यसमा लोडसेडिङको कुरै नरहेको बताउनुभएको छ । उहाँले प्राधिकरणमा नेतृत्व फेरिएकै कारण विद्युत् आपूर्तिमा समस्या नआएको पनि स्पष्ट पार्नुभएको छ ।काठमाडौँलगायत देशका विभिन्न स्थानमा शुक्रबार अवरुद्ध विद्युत् आपूर्तिबारे जानकारी दिन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिलेको मौसमका कारण समस्या आएको स्पष्ट पार्नुभएको हो ।विगतका वर्षमा पनि चैतदेखि जेठसम्म यस प्रकारका समस्या आउने गरेको बताउँदै उहाँले वर्षा सुरु हुनुअघि केही दिन हावाहुरी र पानीका कारण समस्या आए पनि अन्य समयमा सामान्य हुने बताउनुभयो । बत्ती जानुमा अहिले अन्य कारण केही नभएको दाबी गर्नुभयो ।समस्या आइसकेपछि कराउने नभई समयमै सुधार्नुपर्ने उहाँको भनाइ छ । समस्याको पहिचान भएको र त्यसलाई सुधार्नेतर्फ आफू लागि परेको उहाँको भनाइ थियो ।प्राविधिक समस्याले विद्युत् आपूर्तिमा गडबडी हुँदा लोडसेडिङ नै भयो भनेर हल्ला नफिजाउन आग्रह गर्दै कार्यकारी प्रमुख शाक्यले समस्या समाधानका लागि आपूmले जानेका सबै कुरा गर्ने स्पष्ट पार्नुभयो ।उहाँले भन्नुभयो, “पश्चिमको लाइन ट्रिप भएका कारणले २ घण्टा विद्युत् प्रसारण अवरोध भएको हो । करिब ८ बजे मात्र ढल्केबर–मजफरपुर प्रसारण लाइन नियमित भएसँगै विद्युत् आपूर्ति सहज भयो । त्यसैले ढल्केबर–मजफरपुर लाइन कति महìवपूर्ण छ भन्ने कुरा हिजोको घटनाले पनि पुष्टि गरेको छ ।” उहाँले यस प्रकारका सानातिना समस्यामा चिन्ता नलिन र विगतको भन्दा राम्रो गर्ने गरी काम भइरहेको बताउनुभयो ।
तलब वृद्धि गर्न माग
नेपाल निजामती कर्मचारी सङ्गठनले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा न्यूनतम तलबमान ४० हजारलाई आधार मानी कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको तबलमान निर्धारण गर्न आग्रह गरेको छ ।
निर्यातको नगद अनुदान पुनरवलोकन सुझाव
काठमाडौँ, जेठ ३ गते । निर्यातमा उद्योगी व्यवसायीलाई दिँदै आएको नगद अनुदान र अन्य सहुलियत दिने व्यवस्थालाई पुनरवलोकन गर्नुपर्ने सुझाव महालेखा परीक्षकको कार्यालयले दिएको छ । महालेखाको ६२ औँ प्रतिवेदनमा एउटै उद्योगले दोहोरो सुविधा प्राप्त गरेकाले सुविधा दिने परिपाटीलाई पुनरवलोकन गर्न आवश्यक रहेको उल्लेख छ । “उत्पादनमा सहुलियत, कर छुट सुविधा र सोही उत्पादन गरेमा पुनः नगद अनुदान दिनुले एक उद्योगले एकभन्दा बढी सुविधा पाउने अवस्था रहेकाले उत्पादित वस्तु निर्यात गर्ने उद्योगलाई दिँदै आएको कर सुविधाका अतिरिक्त नगद अनुदानसमेतको व्यवस्था गरी एकै उद्योगले भिन्न भिन्न सुविधा र सहुलियतलाई पुनरवलोकन गर्न आवश्यक रहेको” प्रतिवेदनमा उल्लेख छ । निर्यात नगद अनुदान कार्यविधिका आधारमा प्रोत्साहन दरमा पटक पटक परिवर्तन गरी राज्यकोषबाट अनुदान दिएकोमा उल्लिखित कार्यविधिलाई संसद्बाट निर्मित कानुनले मार्ग दर्शन गरेको नदेखिएकाले राज्यकोषबाट नियमित दायित्व रहने खर्च स्वीकृत गर्दा संसदीय नियन्त्रण रहने गरी कानुनी मापदण्ड तय गर्नुपर्ने समेत प्रतिवेदनमा उल्लेख छ । सरकारले स्वदेशी वस्तुको निर्यात प्रवर्धन गरी व्यापार घाटा न्यूनीकरण गर्ने उद्देश्यसहित निर्यातमा नगद अनुदानको व्यवस्था गरेको छ । आर्थिक वर्ष २०६८-६९ को बजेटमार्फत निर्यातमा नगद अनुदानको व्यवस्था गरिँदै आएको थियो । सुरुको वर्ष आव २०६८-६९ मा २४ करोड ८१ लाख नगद प्रोत्साहन अनुदान हुँदा निर्यात भने ७७ अर्ब ३५ करोडको रहेको थियो । आव २०८०-८१ मा आएर निर्यात अनुदान एक अर्ब ५५ करोड वितरण हुँदा निर्यात एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपियाँको रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । सरकारले १२ वर्षको अवधिमा सामान निर्यात गर्ने उद्योगी व्यवसायीलाई नगद अनुदानबापत सात अर्ब ८९ करोड ९२ लाख रुपियाँ वितरण गरेको छ । स्वदेशी उत्पादनलाई निर्यातमुखी बनाई निर्यात प्रवर्धन गरी वैदेशिक व्यापार असन्तुलन कम गर्ने लक्ष्यसहित निर्यातमा अनुदानको व्यवस्था गरिएको थियो तर बर्सेनि निर्यातमा नगद अनुदान बढ्दै गए पनि सो अनुपातमा निर्यात बढ्न नसकेको तथ्याङ्कले देखाएको छ ।व्यापार विज्ञ रविशङ्कर सैंजुले प्रक्रियागत झन्भट र पाउनुपर्ने उद्योगी व्यवसायीले अनुदान पाउन नसक्दा नगद अनुदान प्रभावकारी बन्न नसकेको बताउनुभयो । कागजमा मूल्य अभिवृद्धि (भ्यालु एडिसन) भन्दा पनि ५० प्रतिशत भ्यालु एडिसन गरेर निर्यात गर्नेलाई अनुदान रकम दिनुपर्ने उहाँको भनाइ छ ।गार्मेन्ट उद्योग सङ्घका पूर्वअध्यक्ष चण्डीप्रसाद अर्यालले प्रक्रियागत झन्झट भएकाले अनुुदान रकम लिन कठिन भएको बताउनुभयो । उद्योगीलाई अनुदान लिन आवश्यक पर्ने कागजपत्र देखाउँदा पनि रकम लिन कठिन भएकाले प्रक्रिया सरलीकरण गर्न आवश्यक रहेको उहाँको भनाइ छ । वस्तु तथा सेवा निर्यात गर्दा भ्यालु एडिसन अनुसार न्यूनतम चार प्रतिशतदेखि अधिकतम आठ प्रतिशतसम्म निर्यात अनुदान दिने व्यवस्था छ । सरकारले निर्यात प्रवर्धनमार्फत मुलुकको व्यापार घाटा न्यूनीकरण गर्दै अर्थतन्त्र सबल बनाउन नेपालबाट निर्यात हुने हस्तकला, सिमेन्ट, कृषिजन्य उत्पादन, चिया, पस्मिना, प्लाइउडलगायतका वस्तुको निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदानको व्यवस्था गरी निर्यात प्रोत्साहन गर्दै आएको छ ।
एक सातामा पचपन्न जना पुगे सगरमाथा चुचुरो
सन् २०२५ को वसन्तयाममा सगरमाथा आरोहणका लागि अनुमति लिएका ४६८ जनामध्ये एक सातामा ५५ जनाले सगरमाथाको चुचुरो टेकेका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहण
पुँजीगत खर्च एक तिहाइ मात्र
काठमाडौँ, जेठ ३ गते । सरकारको विकास खर्चको गति अत्यन्त सुस्त रहेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को १० महिनामा पुँजीगत खर्च लभभग एक तिहाइ मात्र खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार चालु आवका लागि पुँजीगत शीर्षकमा रु. तीन खर्ब ५२ अर्ब ३५ करोड बजेट छुट्याएकामा वार्षिक विनियोजनको ३४.१६ प्रतिशत मात्र खर्च भएको छ । त्यो भनेको रु. एक खर्ब २० अर्ब ३७ करोड बराबर मात्रै खर्च हो । चालु शीर्षकमा भने वार्षिक लक्ष्यको ६७.७९ प्रतिशत खर्च भएको छ । चालुतर्फ रु. ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन भएकोमा रु. सात खर्ब ७३ अर्ब २२ करोड बराबर खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा हालसम्मको खर्च ७१.९६ प्रतिशत बराबर छ । यो शीर्षकमा रु. तीन खर्ब ६७ अर्ब २८ करोड बराबर विनियोजन भएकामा वैशाख मसान्तसम्ममा रु. दुई खर्ब ६४ अर्ब २८ करोड खर्च भएको छ ।यसरी चालु आवको उक्त अवधिसम्मको कुल बजेट खर्च ६२.२४ प्रतिशत बराबर छ । यस वर्ष रु. १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याइएकामा सुरुवाती १० महिनामा रु. ११ खर्ब ५७ अर्ब ८९ करोड बराबर खर्च भएको छ ।खर्चको तुलनामा राजस्व सङ्कलन निकै कम हुँदा यो अवधिमा घाटा बजेट रु. दुई खर्ब नाघेको छ । वैशाख मसान्तसम्ममा सरकारले रु. नौ खर्ब ४९ अर्ब ७६ करोड बराबर मात्रै राजस्व उठाएको छ, अर्थात् यो अवधिमा सरकारको आम्दानीभन्दा खर्च रु. दुई खर्ब आठ अर्ब १३ करोडले बढी छ । चालु आवका लागि सरकारले कुल रु. १४ खर्ब ७१ अर्ब ६२ करोड राजस्व उठाउने लक्ष्य राखेको थियो । हालसम्मको राजस्व सङ्कलन वार्षिक लक्ष्यको ६४.५४ प्रतिशत बराबर हो । यस्तै चालु आवका लागि रु. ५२ अर्ब ३२ करोड बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेकामा हालसम्म लक्ष्यको ३०.८ प्रतिशत मात्रै लिइएको छ । वैशाख मसान्तसम्ममा रु. १६ अर्ब ११ करोड ८९ लाख बराबर वैदेशिक अनुदान भित्रिएको हो ।कर राजस्वतर्फ रु. १२ खर्ब ८४ अर्ब २० करोडको वार्षिक लक्ष्य रहेकामा हालसम्म ६४.५५ प्रतिशत अर्थात् रु. आठ खर्ब २८ अर्ब ९४ करोड उठेको छ । यस्तै गैरकर राजस्वतर्फ रु. एक खर्ब ३५ अर्ब नौ करोड उठाउने वार्षिक लक्ष्य रहेकामा हालसम्म ६९.२ प्रतिशत अर्थात् रु. ९३ अर्ब ४९ करोड बराबर गैरकर राजस्व उठेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
मेलम्चीको पानी बितरण विस्तार
काठमाडौँ, जेठ ३ गते । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय ९पिआईडी० ले काठमाडौँको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरेको छ ।आयोजना कार्यान्वयन निर्देशनालय ९पिआईडी० ले काठमाडौँ महानगरपालिका–१६ अन्तरगत बालाजु, बसपार्क, चापाकोट, च्याङली, लाजिमपाट, बेलकोटे, शिवपुरी, खोकन तथा नागार्जुन नगरपालिका अन्तरगतको वडा नं १ र २ का कागेश्वरी मनोहरा, नागार्जुन वन, वृन्दावन महादेव लगायतका क्षेत्रमा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरेको हो ।काठमाडौँ उपत्यकामा पानीको आपूर्तिमा थप सुधार गर्नु र नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने उदेश्यले बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरिएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीले जानकारी दिनुभयो ।उहाँले भन्नुुभयो, “काठमाडौँ उपत्यकामा मेलम्चीको पानी बितरण गर्ने अभियान र मन्त्री ज्युको निर्देशन पश्चात हामीले उक्त कार्यका लागि बोलपत्र समेत आह्वान गरेका छौँ । नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने हाम्रो उदेश्य हो ।”वितरण सञ्जाल सुधार कार्य, रिङ रोड, बलाजु अन्तरग कुल पाइप लम्बाइ तीन हजार आठ सय ११ मिटर रहने जनाइएको छ । बालाजु ट्याङ्कीबाट नागरिकलाई सफा र प्रशोधन गरिएको पानी आपूर्ति गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय ले जनाएको छ ।उक्त सेवा सञ्चालन पश्चात मेलम्ची परियोजना अन्तर्गत २७० मिलियन लिटर पानी प्रतिदिन काठमाडौँको विभिन्न भागमा आपूर्ति गर्न सकिने अनुमान गरिएको छ ।काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका अनुसार, पानीको वितरणमा आएको ढिलाइलाई अब अन्त्य गर्दै, काठमाडौँमा पानीको आपूर्ति प्रक्रिया व्यवस्थित रूपमा अघि बढाइ काठमाडौँ उपत्यका भित्रको पानी सङ्कटलाई एक हदसम्म समाधान गर्न मद्दत पु¥याउने खानेपानी मन्त्रालयले जनाएकोे छ । उक्त प्रक्रिया सूचारुसँगै काठमाडौँ महानगरपालिका बालाजु र नागार्जुन नगरपालिकाका नागरिकहरूले आगामी दिनहरूमा नियमित रूपमा मेलम्चीको प्रशोधित पानी प्राप्त गर्ने छन् ।
आजको मौसमः चट्याङ्गसहित वर्षा
काठमाडौँ, जेठ ३ गते । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।महाशाखाका अनुसार हाल मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
सन्तुलित र समावेशी बजेट ल्याउन सुझाव
कर्णाली प्रदेश सभाका सदस्यहरूले सन्तुलित र समावेशी बजेट ल्याउन सुझाव दिनुभएको छ । शुव्रmबार बसेको प्रदेश सभा बैठकमा सरकारले पेस गरेको आगामी आर्थिक वर्ष
मदन–आश्रित स्मृति दिवस : दुर्घटना स्थलमा अध्ययन केन्द्र निर्माण हुँदै
तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र पार्टीका सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय दुर्घटना भएको स्थानलाई अध्ययन केन्द्र बनाउने कामको थालनी भएको छ । पोख
बढी भार बोक्ने सवारीका कारण अर्बौंको क्षति
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको चोरमारास्थित गिरुबारीखोलाको पुल सोमबार राति भाँचिँदा नारायणगढ–बुटवल सडक अवरुद्ध भयो । होङ्सी सिमेन्ट कम्प
सङ्घीय निजामती विधेयकमा सहमति
निजामती तथा अन्य सरकारी सेवाबाट अवकाश पाएको दुई वर्षसम्म अवकाशप्राप्त कर्मचारीले संवैधानिक तथा सरकारी नियुक्ति लिन नपाउने भएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले दुई वर्षको ‘कुलिङ पिरियड’ मा सहमति गरेको हो ।
‘जलवायु सङ्कट नेपालको मात्र होइन’
सर्वोच्च शिखर सगरमाथासहित हिमालहरू संरक्षणमा दिगो पहलका लागि आवश्यक बहसको सुरुवातसँगै नेपाल सरकारले विश्वव्यापी मञ्चका रूपमा आयोजना गरेको सगरमाथा संवाद शुव्रmबारदेखि काठमाडौँमा सुरु भएको छ ।
विदेशी पाहुनाको नजरमा सुन्दर नेपाल
सगरमाथाको देश नेपाल । यहाँका हिमाल, प्राकृतिक सौन्दर्य र सम्पदाहरूले विश्वको ध्यान खिच्न सफल भएको छ । सगरमाथा संवादमा सहभागी हुन आउनुभएका विदेशी पाहुनाले नेपालको हिमालसँगै