आजबाट सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन
सन्तोष दहितदाङ, वैशाख ८ गते । घोराही उपमहानगरपालिकाले आजदेखि नियमित रुपमा सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई सञ्चालन गर्न निर्देशन दिएको छ । आइतबार उपमहानगरको नगरप्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले शैक्षिक क्यालेन्डर अनुसार वैशाख ८ गतेदेखि नियमित रूपमा विद्यालय सञ्चालन गर्न निर्देशन दिएको शिक्षा महाशाखाका प्रमुख नारायण पौडेलले जानकारी दिनुभयो ।उहाँले एक सूचना जारी गरेर वैशाख ८ गते देखि शैक्षिक क्यालेन्डर अनुसार विद्यालय नियमित सञ्चालन गर्न सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको दिनुभएको छ । वैशाख ८ गते देखि अनिवार्य विद्यालय सञ्चालन गर्न र सो को अनुगमन समेत हुने उहाँले सूचना मार्फत जानकारी दिनुभएको हो ।देशभरका शिक्षकहरू आन्दोलनमा होमिदाँ सामुदायिक विद्यालयको भर्ना अभियान समेत अन्योल भएको छ । संस्थागत विद्यालयमा धमाधम भर्ना अभियान चलिरहेको बेला जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरू भने सुनसानको अवस्थामा छ । वार्षिक परीक्षाको रिजल्ट आएको लामो समयसम्म सामुदायिक विद्यालयमा भर्ना अभियान नचलेपछि अभिभावकहरू रुष्ट बन्न थालेका छन् । पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चौधरीले शिक्षकहरू आन्दोलनमा होमिदा प्राइभेट विद्यालयहरूले मौकाको फाइदा उठाइरहेका बताउनुभयो । अहिले सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलनमा हुनुहुन्छ, उहाँले भन्नुभयो, यता संस्थागत विद्यालयका शिक्षकहरू भने घरदैलो गरेर व्यापक रूपमा भर्ना अभियान सञ्चालन गरिरहनुभएको छ । यसले सामुदायिक विद्यालयमा भर्ना अभियानलाई कस्तो असर पर्ला ?यसै पनि शिक्षकहरूले आफ्ना छोराछोरिहरुलाई प्राइभेट स्कुलमा पढाउँछन् , आफूले पढाउने स्कुलकै शिक्षामा विश्वास गर्दैनन् भन्ने आरोप छ उहाँले भन्नुभयो, यी यस्ता आरोपहरूलाई चिर्न आन्दोलनको स्वरूप परिवर्तन गरी भर्ना अभियानमा फर्किने पो हो कि । या प्राइभेट स्कुलको भर्ना अभियान पनि रोक्ने हो, बेलैमा शिक्षामुर्तिहरुले सोचौँ । नत्र प्राइभेट स्कुल सङ्ग मिलेमतो गरेको आरोप लाग्न पनि सक्छ । उहाँले वर्षामा धान नरोपे हिउँद कसरी बाली स्यहार्नु भनेर समेत प्रश्न गर्नुभएको छ ।
दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते
रेखीराम रानातानसेन, वैशाख ८ गते । पाल्पाको बगनासकाली–४, बेल डाँडामा जिप दुर्घटना हुँदा एक जना किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा जिल्ला कालीगण्डकी–३, बैघाकी १७ वर्षीया एलिजा सारु रहनुभएको छ । आइतबार बेलुकी ८ बजेतिर तानसेनबाट बगनासकाली खानीछाँप भालेबासका लागि छुटेको लु १ ज १७२४ नम्बरको जिप बगनासकाली गाउँपालिका वडा नं. ४ स्थित, बेल डाँडामा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परी सारूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये बगनासकाली–४, भालेबासकी ३५ वर्षीया निता दर्लामी गम्भीर घाइते हुनुभएको छ । घाइतेहरूको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिनुभयो ।
सडक दुर्घटनामा दुईको मृत्यु, १४ जना घाइते
डुम्रे-बेँसीसहर खण्डअन्तर्गतको भानु नगरपालिका–१० कालीमाटीमा आज माइक्रो बस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
बजेट निर्माणमा अर्थमन्त्रीको जिम्मेवारी
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सङ्घीय सरकारको बजेट निर्माण प्रक्रिया अघि बढेको छ ।
आर्थिक सदाचारको अपेक्षा
आर्थिक सदाचारको अपेक्षा
लोकतन्त्रका मूल्यमान्यता
लोकतन्त्र भनेको अराजकता किमार्थ हुन सक्दैन ।
भर्ना अभियानको सन्देश
शैक्षिक सत्रको आरम्भ ‘विद्यालय भर्ना अभियान’ बाट सुरु गरिन्छ ।
ज्येष्ठ नागरिकलाई आश्रय दिन निर्माण गरिएको भवन प्रयोगविहीन
निर्माण सम्पन्न भएको दुई वर्षसम्म पनि बागलुङ वृद्धाश्रम सञ्चालनमा आउन सकेको छैन । बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माण गरिएको बागलुङ वृद्धाश्रम अझैपनि सञ्चालना ल्याउन सकिएको छैन ।
कङ्गोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु
डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा १४३ जनाले ज्यान गुमाएका छन् भने धेरै जना अझै बेपत्ता रहेका छन् ।
भारतबाट आएका ३९ जनामा मलेरिया
सर्लाहीमा भारतबाट आएका ३९ जनामा मलेरियाको सङ्क्रमण देखिएको छ । मलेरियालाई औलो पनि भनिन्छ । स्वास्थ्य कार्यालय सर्लाहीका भेक्टर कन्ट्रोल निरीक्षक मनोजकुमार झाले चालु आर्थिक वर्षमा ३९ जनामा मलेरियाको सङ्क्रमण पुष्टी भएको जानकारी दिनुुभयो ।
लमजुङमा भेटियो द्वन्द्वकालमा राखिएको बम
लममजुङ सदरमुकाम बेँसीसहरमा द्वन्द्वकालमा राखिएको बम फेला परेको छ। सडक खन्ने क्रममा जमिनमा गाडिएको अवस्थामा बम फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ।
वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा
आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ ।
अध्यात्मको मार्गमा आह्वान
नेपाली साहित्यजगत्मा भर्खर जुर्मुराएका नवीन स्रष्टा हुन्, ऋषिराम पाण्डेय । सरकारी सेवामा कार्यरत पाण्डेयले ‘सकारात्मक जीवन प्रसङ्ग’ कृतिपछि ‘आत्माको अदालतमा’ दोस्रो औपन्यासिक कृति पाठकसमक्ष ल्याउनुभएको छ ।आध्यात्मिक चिन्तन आजको आवश्यकता हो । आध्यात्मिक ज्ञानले नै मानवीय जीवनलाई सार्थक बनाउन सकिन्छ । सत्यको ज्ञानपश्चात् नै अज्ञानतारूपी कालो बादल चिर्दै प्रेम, सद्भाव र शान्ति जस्ता शुद्ध भावसहितको व्यवहार गर्न स
वाम्बुले भाषा रक्षाको चिन्ता
अनकन्टारमा बोलिने वाम्बुले राई भाषा, साहित्य, संस्कृतिलाई लिएर प्रकाशन गरिएको ‘लिब्जु–भुम्जु’ पत्रिकाको तीन दशक यात्रा जहिल्यै द्रव्याभावमा गुज्रिँदै आएको छ । अल्पसङ्ख्यक समुदायले बोल्ने मातृभाषालाई लिएर गरिने छापा पत्रकारिता समर्पणले मात्र शताब्दी अङ्कसम्म आइपुगेको भन्ने लाग्छ ।शासनव्यवस्था बदलिएसँगै नेपालका मातृभाषाको लेख्य विकास भएको पाइन्छ । मुख्यतः २०४६ सालको राजनीतिक परिवर्तनले त्यो उभार ल्याएको हो । नेपाल अधिराज्यको संविधान, २०४७ को धारा–६ ‘राष्ट्रभाषा (१) देवनागरी लिपिमा नेपाली भाषा नेपालको राष्ट्रभाषा हो । नेपाली भाषा सरकारी कामकाजको भाषा हुने छ । (२) नेपालका विभिन्न भागमा मातृभाषाका रूपमा बोलिने सबै भाषा नेपालका राष्ट्रिय भाषा हुन् । धारा–१३ छापाखाना र पत्रपत्रिकासम्बन्धी हक (१) कुनै समाचार, लेख वा अन्य कुनै पाठ्य सामग्री प्रकाशित गर्न पूर्वप्रतिबन्ध लगाइने छैन । (२) कुनै समाचार, लेख वा अन्य कुनै पाठ्य सामग्री मुद्रण गरेबापत छापाखाना बन्द या जफत गरिने छैन । (३) कुनै समाचार, लेख वा अन्य कुनै पाठ्यसामग्री प्रकाशित गरेबापत कुनै समाचारपत्र वा पत्रिकाको दर्ता खारेज गरिने छैन । यसरी संविधानले पत्रपत्रिका प्रकाशन स्वतन्त्रता सुनिश्चित गरेपछि मुलुकका मातृभाषाहरू अभिलेखन उन्मुख भएका हुन् । आज गोरखापत्र दैनिकमा ४५ राष्ट्रभाषाको सामग्री प्रकाशन हुनु त्यसको प्रतिफल हो । पत्रपत्रिकाको आवश्यकता र प्रकाशनको महìव यसले झल्काउँछ । यतिखेर गोरखापत्र बहुभाषिक पृष्ठमा ४५ औँ भाषाका रूपमा प्रकाशन भएको वाम्बुले राई भाषाको विकासव्रmमबारे चर्चा गर्न लागिएको छ । वाम्बुले राई भाषा २०५० सालमा ‘लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिका प्रकाशन आरम्भ भएदेखि साहित्य विकास भएको हो । यो पत्रिका २०८१ सालमा शताब्दी अङ्क छापिएको छ । २०८१ माघ–चैत लिब्जु–भुम्जुको एक सयौँ शृङ्खला प्रकाशित छ । ‘लिब्जु–भुम्जु’ पहिलो अङ्कको सम्पादकीयमा छ, “..आवश्यकताले घचघच्याएको प्रतिफल स्वरूप नेपालको भाषिक बाटिकामा पल्लवित ‘वाम्बुले राई भाषा’ को परिचय, जगेर्ना र विकासका लागि लिब्जु–भुम्जु पत्रिकामार्फत यो प्रयासको थालनी गरिएको छ । नेपालका राईहरूमध्ये वाम्बुले राई पनि एक हो र उनीहरूको आफ्नै भाषा पनि छ भनेर बोध गराउनुको साथै यस भाषालाई इतिहासको विरासत स्वरूप विसर्जन हुन नदिन आवश्यक संरक्षण र विकास व्रmमिक रूपमा गर्नु यस प्रयासका मूलभूत उद्देश्य हुने छन् ।.. प्रथम प्रयास भएकाले प्रस्तुतिमा क्षमा प्रार्थी छौँ । आगामी अङ्कहरूमा स्तरीयता, विविधता तथा निरन्तरता ल्याउन मान्यजन तथा सम्बन्धित सबै पक्षको न्यानो माया र अमूल्य सुझाव तथा सहयोगको हार्दिक अपेक्षा गरेका छौँ ।”पहिलो अङ्कमा लेखिएको छ, “विशेषतः लिब्जु र भुम्जु वरपर क्षेत्रमा मात्र सीमित रहेको तर सो क्षेत्रमा भने बाहुल्यता रहेको भाषा ‘वाम्बुले’ अर्थात् ‘चौरासिय’ नै हो । नेपाल राज्यभित्र अद्यावधि भाषिक अस्तित्वमा रहेका विविध किराँत भाषाहरूमध्ये यो पनि एक हो तापनि यस क्षेत्रमा बोलिने यो जुन भाषा हो परिचयात्मक व्रmममा अद्यापि अनौठो या अनभिज्ञ नै छ भन्नु पर्ला, त्यो के भनेदेखि जुन अन्य किराँती भाषीलाई सोध्दा हामी चाम्लिङ, बान्तवा, थुलुङ भन्ने जवाफ मिल्छ र अधिकांशले आफ्नो थर सगौरव जोड्छन् । त्यसरी नै उल्लिखित भाषाभाषीलाई सोधेमा अकमकिने बरु आआफ्ना पाछा (थर) भन्ने गल्ती गरिन्छ । नामको पछि ‘वाम्बुले’ त आजसम्म कसैले उपनामको रूपमा समेत लेखेको थाहा भएन, अब लेखे के जानौँ, राम्रै हुने भो । बरू अन्यत्रका किराँत दाजुभाइले नै पो यस क्षेत्रकालाई वाम्बुले भन्दा रहेछन्, जबकि यस क्षेत्रमा भने ‘वाम्बुले’ भन्नाले वाम्बुगाउँमा बस्नेलाई मात्र भनिन्छ । यसरी वाम्बुले राईको एकरूपता पहिचानसमेत यसै पत्रिकाले गरेको मानिन्छ । तथ्याङ्कमा वाम्बुले राईकिराँत राई जातिभित्र २६ भाषा बोल्ने समुदाय छन् । राष्ट्रिय जनगणना–२०७८ अनुसार राई जातिको जनसङ्ख्या छ लाख ४० हजार ६७४ रहेको छ । राष्ट्रिय जनगणना–२०४८ देखि विभिन्न जातजाति र भाषाभाषीको तथ्याङ्क सार्वजनिक गर्दै आएको भए पनि उक्त जनगणनाको तथ्याङ्कमा वाम्बुले भाषा उल्लेख थिएन । सरकारले २०५० सालमा बैरागी काइँलाको संयोजकत्वमा ‘राष्ट्रिय भाषा नीति सुझाव आयोग’ गठन ग¥यो । उक्त आयोगले मुलुकमा बोलिने मातृभाषाको सूचीसहित ५८ ब‘ँुदे सुझाव प्रतिवेदन बुझायो । सो सूचीमा वाम्बुले भाषासमेत परेको थियो । आयोगको प्रतिवेदनले वाम्बुले भाषा अस्तित्वमा रहेको औँल्याएपछि २०५४ सालमा वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्था स्थापना भयो । त्यसपछि राई जातिको साझा सामाजिक छाता संस्था किराँत राई यायोक्खाले राष्ट्रिय जनगणनामा बहुभाषिक किराँती राई भाषाको सूची उल्लेख हुनुपर्ने माग राख्यो । राष्ट्रिय जनगणना–२०५८ ले वाम्बुले भाषाको वक्ता सङ्ख्या चार हजार ४७० देखायो । राष्ट्रिय जनगणना–२०६८ ले वाम्बुले वक्ता सङ्ख्या १३ हजार ४७० देखायो । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले १५ हजार ९३२ जनाले वाम्बुले भाषालाई पुर्खाको भाषा उल्लेख गरेका छन् । यस्तै १५ हजार २८५ जनाले मातृभाषाका रूपमा उल्लेख गरेका छन् । जसमा पुरुष सात हजार ४९४ र महिला सात हजार ७९१ रहेका छन् । यसै गरी वाम्बुले भाषालाई दोस्रो भाषाका रूपमा बोल्नेको जनसङ्ख्या पाँच हजार २२७ रहेको छ । वाम्बुले भाषाको वक्ता सङ्ख्या पाँच प्रदेशमा रहेको देखिन्छ । प्रदेश–१ को सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी र उदयपुर जिल्ला गरी १३ हजार २१६ जना छन् । सबैभन्दा धेरै ओखलढुङ्गामा छ हजार ८५५ र खोटाङमा तीन हजार ३९५ जना छन् । उदयपुरमा एक हजार २०८ जना, सुनसरीमा ७१९ जना छन् । यस्तै बागमती प्रदेशको काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुली र चितवनमा एक हजार ७१८ जना छन् । यति थोरै वक्ता सङ्ख्या रहेको वाम्बुले राई समुदायको उत्थानमा ‘लिब्जु–भुम्जु’ पत्रिका समर्पित छ ।लिब्जु–भुम्जु शताब्दी अङ्कको सम्पादकीयमा लेखिएको छ, “..लिब्जु–भुम्जु पत्रिकाले वाम्बुले राई जातिको पहिचान उजागर गर्ने काम गरेको छ । वाम्बुले भाषा, साहित्य, संस्कृतिको प्रवर्धन गर्दै आएको छ । यो पत्रिका प्रकाशनपछि वाम्रास संस्था निर्माण भएको छ । यस संस्थाले ‘वाम्बुले राई शब्दकोश’ प्रकाशन गरेको छ । २५औं वर्षको वाम्बुले भाषाको कविता प्रतियोगिता सम्पन्न भएको छ । वाम्बुले भाषामा तीन गीति एल्बम, दुई चलचित्र, दुई वृत्तचित्र निर्माण, तीन दर्जन पुस्तक कृति प्रकाशित छन् । वाम्बुले स्रष्टाहरूको सिर्जना प्रकाशन गर्ने र उत्कृष्ट रचनालाई पुरस्कृत गर्ने गरिएको छ । त्यस निम्ति लिब्जु–भुम्जु पुरस्कार–२०५५ स्थापित छ । पत्रिका प्रकाशन गर्न सधैँ आर्थिक समस्या न्यूनीकरण गर्न लिब्जु–भुम्जु पत्रिका अक्षयकोष निर्माण गरिएको छ ।” वर्षभरि लिब्जु–भुम्जुमा छापिएकामध्ये उत्कृष्ट एक कविका कवितालाई पुरस्कृत गर्ने गरिएको छ । हालसम्म २४ जना वाम्बुले कविले लिब्जु–भुम्जु पुरस्कार पाएका छन् भने २५ जनाले प्रथम पुरस्कार हासिल गरेका छन् । यस पत्रिकाले वाम्बुले राई भाषा, साहित्य स्रष्टा जन्माउने काम गरेको छ । उनीहरूका विधागत कृति नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले प्रकाशन गर्दै आएको पाइन्छ । यसै गरी नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित ‘सयपत्री’ र ‘खुवालुङ’ पत्रिकामा वाम्बुले भाषाका सामग्री प्रकाशन हुँदै आएका छन् । मातृभाषा बालबालिकालाई पठनपाठन गर्न सके मात्र दीर्घजीवी बन्न सक्छ । त्यस निम्ति ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिकाको नौमध्ये छ वटा वडा र हलेसी तुवाचुङ नगरपालिकाको वडा नं.१ र २ मा वाम्बुले राईहरूको सघन बसोबास रहेको छ । सम्बन्धित मातृभाषा समुदायको मागलाई स्थानीय पालिकाले बेवास्ता गरेकाले हालसम्म वाम्बुले भाषामा पठनपाठनको व्यवस्था हुन सकेको छैन । अन्तमा भारतको बनारसबाट सन् १९३७ फब्रुअरीदेखि तीन दशकभन्दा बढी प्रकाशित ‘उदय’ मासिक साहित्यिक पत्रिकाका सम्पादक काशीबहादुर श्रेष्ठ (सन् १९११–१९९०) सँग महानन्द पौड्यालले १९८२ अगस्तमा लिनुभएको अन्तर्वार्ताको अंश मननीय छ । ‘उदय’ को प्रकाशनसम्बन्धी कामबाट उपलब्ध गरेका केही तिता मिठा अनुभव बताउनुहुन्छ कि ? भन्ने सवालको जवाफमा श्रेष्ठले भन्नुभएको छ, “तिता अनुभव त द्रव्याभाव आइ नै रहन्थ्यो । कतिपय एजेन्टले बिच बिचमा पैसा नपठाएर धुरुक्क रुवाउँथे र मलाई पैसाले फिट्फिटी पथ्र्यो । यसो हुँदा धेरै पटक एजेन्टहरूसित तितो पोखेर लेख्नु पनि प¥यो । मिठा अनुभव धेरै गरेँ । धेरै मित्रले मलाई वार्षिक ग्राहक बनाइदिएर सहयोग दिए । म कृतार्थ भएँ । नयाँ मित्रहरू बनाउने सौभाग्य मिल्यो । मलाया, बर्मादेखि लिएर भारत, नेपाल, सिक्किम सबैतिर नयाँ नयाँ शुभचिन्तक साथीहरू बनिए । ‘उदय’ ले खुबै नाम कमायो ।.. पुराना, नयाँ लेखकहरूले पनि मलाई पूरै आशीर्वाद दिए । त्यही आशीर्वादले आजसम्म जीवित छु । अरू आशीर्वाद पाए अरू बाँच्ने थिएँ (काशीबहादुर श्रेष्ठ स्मृतिग्रन्थ, २०५३)।” उक्त ‘उदय’ पत्रिकाका सम्पादक श्रेष्ठको निधनपछि केही वर्ष बन्द भयो र पछि उहाँकै छोरा दुर्गाप्रसाद श्रेष्ठले पुनः प्रकाशन गर्नुभयो । जम्मा १८३ अङ्क प्रकाशित भयो । नेपाली भाषीका निम्ति बनारस दूर हुन थालेपछि उक्त पत्रिका सधैँका लागि बन्द भइसकेको छ । यस्तै अनकन्टारमा बोलिने वाम्बुले राई भाषा, साहित्य, संस्कृतिलाई लिएर प्रकाशन गरिएको ‘लिब्जु–भुम्जु’ पत्रिकाको तीन दशक यात्रा जहिल्यै द्रव्याभावमा गुज्रिँदै आएको छ । अल्पसङ्ख्यक समुदायले बोल्ने मातृभाषालाई लिएर गरिने छापा पत्रकारिता समर्पणले मात्र शताब्दी अङ्कसम्म आइपुगेको भन्ने लाग्छ । उमेरले २४ वर्षको लक्का जवान छँदा थालेको वाम्बुले मातृभाषामा पत्रिका प्रकाशन यात्रा तीन दशकसम्म टिकाइरहनुको चुनौतीपूर्ण पक्ष हो । भाषिक साहित्यिक पत्रकारिता पुस्तान्तरण विषय बन्न सक्दैन, मात्र मातृभाषा लतले आफैँ हली, बाउसे, रोपाहारको अगुवाइ गर्ने व्रmम जारी छ ।
गणतन्त्रवादीमा एकता अपरिहार्य
लोकतन्त्र र राजतन्त्र सँगसँगै चल्न सक्दैन । संसारभर चलेको लोकतान्त्रिक व्यवस्थाको विकल्प राजतन्त्र हुन सक्दैन । सबै राजनीतिक शक्ति एक भएर कथित राजावादी आन्दोलन परास्त गर्नु पर्छ । त्यसो भनेर मात्रै सुख पाइँदैन । आमनागरिकका चाहना पूरा गर्ने दिशामा सत्ता र प्रतिपक्ष एक भएर अघि बढ्नु पर्छ ।नेपालमा २००७ सालमा जनव्रmान्तिबाट प्रजातन्त्रको प्रादुर्भाव भएको थियो । एक शताब्दीको राणातन्त्रको निरङ्कुशताबाट नेपाली जनताले मुक्ति पाएका थिए । नेपाली कांग्रेसको नेतृत्वमा सञ्चालित जनव्रmान्तिमा राजा त्रिभुवनको पनि सदासयता थियो । विसं १९०३ मा कोतपर्व मच्चाई जङ्गबहादुर राणाले सम्पूर्ण राजकीय कार्यकारिणी अधिकार राजा सुरेन्द्रवीरविव्रmम शाहबाट पञ्जा छाप लिई स्वेच्छाचारी र निरङ्कुश शासन प्रणाली सुरु गरिसकेका थिए । त्यसपछि राजालाई एउटा खोपीको देवताका रूपमा थापना गरी सम्पूर्ण राजकीय अधिकारको प्रयोग गरिरहेका थिए । राजा त्रिभुवनले पनि राणातन्त्र समाप्त गरी प्रजातन्त्र स्थापनाका लागि चिन्तित थिए । गोप्य रूपमा कांग्रेसलाई साथ दिइरहेका थिए । कांग्रेसले २००७ साल कात्तिक २६ गते जनव्रmान्ति सुरु गर्न लागेपछि त्रिभुवन पनि जनव्रmान्ति सफल पार्न भारत सरकारको सहयोगमा विशेष विमानद्वारा दिल्ली सवारी भयो । यता जनव्रmान्तिले व्रmमशः तीव्र गति लिइरहेको थियो । जिल्ला जिल्लाको सदरमुकाममा आव्रmमण गरी सत्ता कब्जासहित आफ्नो सरकार बनाउँदै लगेका थिए ।यसबाट आत्तिएर राणा प्रधानमन्त्री मोहनशमशेरले आफ्ना दूतद्वारा भारत सरकारका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूलाई शासन व्यवस्थामा सुधार गर्ने केही बुँदासहित पत्र पठाए । ती सुधारका बुँदामा केही थप गरी भारत सरकारले पुनः राणा प्रधानमन्त्रीलाई पठाए । त्यसपछि राणा सरकारले पनि ती थप बुँदामा सहमति जनाई पत्र पठाए ः(१) त्यसमा राजा त्रिभुवनलाई नै श्री ५ महाराजका रूपमा मान्यता दिई बालिग मताधिकारको आधारमा निर्वाचन गरी एक वैधानिक सभा गठन गरी सोमार्फत नेपालको नयाँ संविधान तयार गर्ने । (२) राणा प्रधानमन्त्रीको अध्यक्षतामा जनप्रतिनिधि – कांग्रेस) सहितको नयाँ सरकार गठन गर्ने (३) सबै राजनीतिक बन्दीलाई मुक्त गर्ने (४) राजनीतिक सङ्गठन बनाउने अधिकार प्रदान गर्ने ।यसरी राणा सरकारद्वारा प्रेषित सर्त अनुसार भारत सरकारले दिल्लीमा राजा त्रिभुवनसँग सल्लाह गरी त्यस अनुरूप कांग्रेस नेता बिपी कोइराला र सुवर्ण शमशेरसित फागुन १ गते सम्झौता भयो । जसलाई दिल्ली सम्झौता भनिन्छ । यसरी तीन वटै पक्षबिच सम्झौता भएपछि जनव्रmान्ति बन्द गरियो । राजा त्रिभुवन फागुन ४ गते नेपाल फर्किए ।नेपाल फर्किएपछि राजा त्रिभुवनले फागुन ७ गते शाही घोषणा गर्दै आज हाम्रो प्रजाको शासन अब उप्रान्त निजहरूले निर्वाचन गरेको एक वैज्ञानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानको अनुसार होओस् भन्ने अहिले हाम्रो इच्छा र निर्णय भएकाले, यो विधान तयार नभएसम्म अहिले हामीलाई हाम्रो कार्यसम्पादन गर्नमा मद्दत र सल्लाह दिनको निमित्त दुनियाँको विश्वास भएका दुनियाँका प्रतिनिधिसमेत सम्मिलित भएको एक मन्त्रीपरिषद् गठन होस् भन्ने हाम्रो इच्छा र निर्णय भएकाले घोषणाद्वारा हामीलाई हाम्रो कार्यसम्पादनमा मद्दत गर्न श्री ३ महाराज मोहनशमशेर प्रधानमन्त्री र अन्य नौ जना बनाएका छौँ । त्यसमा बिपी कोइरालालाई गृहमन्त्री बनाइएको थियो ।त्यसपश्चात् उक्त सरकारले तत्काल शासन चलाउन २००७ साल चैत १७ गते नेपाल अन्तरिम शासन विधान पारित गरियो तथा चैत २९ गते राजा त्रिभुवनद्वारा लालमोहर प्रदान गरी जारी गरियो । त्यस अन्तरिम विधानमा दुई वर्षभित्रै विधान सभाको चुनाव गराउने भन्ने उल्लेख थियो । दुई वर्षभित्र राजा त्रिभुवनले विधान सभाको चुनाव गराउने कुनै जाँगर देखाएनन् । राजनीतिक पार्टीले बेला बेलामा दबाब दिए पनि कुनै प्रतिव्रिmया देखाएनन् । उल्टै राजा त्रिभुवनले बिस्तारै अन्तरिम विधान संशोधन गरी सबै राजकीय अधिकार आफूमा निहित गरे । उक्त विधान नौ पटकसम्म संशोधन गरी राजा त्रिभुवनले २००७ सालको व्रmान्तिको भावना र अन्तरिम विधानमा व्यवस्था भएकोविपरीत कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार खोसे । जनव्रmान्तिले सार्वभौम सत्ता नेपाली जनतामा निहित गरी राजाको संवैधानिक नायकत्वमा बहुदलीय संसदीय प्रजातन्त्रको व्यवस्था गरिएको थियो । यसको विपरीत राजा त्रिभुवनले अन्तरिम विधान संशोधन गरी दरबारलाई शक्ति सम्पन्न तुल्याए । संशोधन २०१० साल माघ ७ गते राजा त्रिभुवनले अन्तरिम संविधानमा संशोधन गरी राजालाई सम्पूर्ण राजकीय शक्तिको स्रोतका रूपमा स्थापित गरे । उनले त्यही दिन नेपाल गजेटमा प्रकाशित गराई न्यायिक सर्वोच्चता न्यायिक स्वतन्त्रता एवं प्रधान न्यायालयले प्राप्त गरेका मूलभूत अधिकार हटाई आफँैमा निहित गराए । प्रधान न्यायालयको मानहानीसम्बन्धी मुद्दा हेर्ने व्यवस्था खारेज गरियो । प्रधान न्यायालय रहने २००८ मा व्यवस्था गरिएको “प्रधान न्यायालयको आदेश र फैसला अकाट्य प्रमाण भनी मान्य हुने छ,” भन्ने वाक्यांश हटाइयो । त्यो ऐनको दफा ३० लाई खारेज गरियो र प्रधान न्यायालयको रिट निवेदन सुनुवाइ गर्न पाउने अधिकार पनि खोसियो ।यसरी राजा त्रिभुवनले २००७ सालको जनव्रmान्तिले ल्याएको प्रजातान्त्रिक अधिकार खोसे । संविधान सभा निर्वाचन पनि विभिन्न बहानामा गरी टार्दै गए । २०११ साल फागुनमा उनको मृत्युपछि महेन्द्र राजा भए । उनले त झन् कठोर भई प्रजातन्त्रमाथि कुनै प्रहार बाँकी राखेनन् । सर्वप्रथम शासनसत्ता लिएपछि २०१२ साल माघ १५ गते मन्त्रीपरिषद्सम्बन्धी व्यवस्था हेरफेर गर्न चौथो पटक अन्तरिम विधान संशोधन गरियो । त्यसपछि २०१५ जेठ २, जेठ १९ तथा २०१६ असार १४ गते पनि संशोधन गरी बाँकी सरकार (मन्त्रीमण्डल) मा रहेका अधिकार पनि आफूमा निहित गरे र सर्वशक्तिशाली भए । राजा महेन्द्रले पनि संविधान सभाको निर्वाचन नगराई विभिन्न बहानामा पन्छाउँदै गए । संविधान सभा निर्वाचनको माग टारेर पछि आमनिर्वाचन घोषणा गरे । त्यो निर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याई सरकार गठन ग¥यो । प्रधानमन्त्री भएपछि कोइरालाले विकासनिर्माणमा जोड दिए । शताब्दीदेखिको सामन्ती प्रथामा आधारित बिर्ता उन्मूलन, भूमिसुधार, वनजङ्गलको राष्ट्रियकरण, सहकारी जस्ता व्रmान्तिकारी कदम चाले । असंलग्न परराष्ट्र नीति अँगाल्दै इजराइललगायत राष्ट्रसित दौत्य सम्बन्ध स्थापित गरे । मुलुकभित्र यातायातको क्षेत्रमा राजमार्गको सर्वेक्षण गराए । पूर्वपश्चिम राजमार्ग निर्माण, काठमाडौँ धुलिखेल बर्दीबास जनकपुर मार्ग धनगढी–डडेल्धुरा मार्ग काठमाडौँ–हेटौंडा रोप वे जस्ता मार्ग निर्माण गर्न सोभियत रुस, अमेरिका जस्त मुलुकसित सहयोगमा सर्वेक्षण गराए । बिपीका यही सुधारका कार्यव्रmम देखेर महेन्द्रमा इष्र्या पलायो र २०१७ सालको काण्ड भयो । नेपाली जनताका आशा निराशामा परिवर्तन भए । प्रवासमा रहेका कांग्रेसका नेताले सशस्त्र व्रmान्तिको आह्वान गरिसकेका थिए । २०३१ साल पुसमा ओखलढुङ्गा काण्डमा राम र लक्ष्मण जस्ता होनहार युवाले सहादत दिइसकेका थिए तापनि राजा वीरेन्द्रले निर्दलीय पञ्चायती व्यवस्थामा कुनै पन सुधारका सङ्केत दिएन । बरु पञ्चायती व्यवस्थामा दोस्रो संशोधन गरी झन् कठोर बनाए । गाउँ फर्क राष्ट्रिय अभियान नै चलाए । २०३३ साल पुस १६ गते करिब आठ वर्षको प्रवासबाट बिपी मेलमिलापको सिद्धान्तसहित नेपाल फर्किए । उनीमाथि सात वटा सङ्गठानिक मुद्दा थिए जसमा फाँसीको सजायसम्म हुने सम्भावना थियो । अदम्य साहसका धनी कोइराला ज्यानका बाजी लगाएर नेपाल फर्किए । बिपीको नेपाल आगमनले नेपाली राजनीतिमा एउट तरङ्ग पैदा गरेको थियो । उनलाई भेट्न दिनहुँ सयौँ कार्यकर्ता सुन्दरीजल जेलमा जान्थे । बहुदल टार्न जनमत सङ्ग्रह गरियो । बहुदल हराइयो । २०३९ साउन ६ गते बिपीको देहावसान भयो ।२०४६ सालको जनआन्दोलनबाट बहुदलीय संसदीय व्यवस्था स्थापना भयो । राजा महेन्द्रले २०१७ सालमा खोसिएको प्रजातन्त्रलाई ३० वर्षपछि उहाँकै छोरा राजा वीरेन्द्रले २०४६ साल चैत २६ गते प्रजातन्त्र फिर्ता दिन बाध्य भए । त्यसअघिका १८ वर्षको कार्यकालमा राजा वीरेन्द्रले पञ्चायती व्यवस्थामा कुनै सुधार गरेनन् । बुबा राजा महेन्द्रकै पद चिह्नमा हिँडे । २०४७ साल कात्तिकमा निर्माण भएको संवैधानिक राजतन्त्र र बहुदलीय संसदीय लोकतन्त्रले तय गरेको मार्गचित्रमा नै हिँडे । २०५८ साल जेठ १९ गते निधनअघि राजा वीरेन्द्र केही अपवादबाहेक संवैधानिक राजसंस्थालाई नै पालना गरे । त्यसपछि संयोगवश राजा बनेका ज्ञानेन्द्रबाट २०५९ साल जेठ ८ गते संसद् विघटन गरियो । त्यसपछि असोज १९ गते तत्कालीन जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी सम्पूर्ण राजकीय कार्यकारी अधिकार राजाले लिए । २०६२÷६३ को आन्दोलनले राजालाई घुँडा टेकायो । गिरिजाप्रसाद कोइरालाको प्रतिनिधि सभा पुनस्र्थापनाका माग सम्बोधन गर्न राजा तयार भए । त्यो बाटो नै गणतन्त्रको जगको ढुङ्गा बन्यो ।२०६५ साल जेठ १५ गते नवगठित संविधान सभाबाट बहुमत सभासद्ले करिब साठे दुई शताब्दीको निरङ्कुश राजतन्त्रलाई सधैँका लागि बिदा ग¥यो । त्यसपश्चात् विगत १६ वर्षदेखि लोकतान्त्रिक गणतन्त्रमा मुलुकको शासन सत्ता चलिरहेको छ । जनताले जनआन्दोलनबाट फालिएको राजतन्त्रलाई पुनस्र्थापना गर्ने राजावादीले गत चैत १५ गते विध्वंस मच्चाई धनजनको ठुलो क्षति गरे । एक पत्रकारसहित दुई युवाले सहादत प्राप्त गरे । कलङ्कको इतिहास बनिसकेको राजतन्त्रलाई पुनः बिउँझाउने राजावादीको दिवा सपना पूरा हुने छैन । सात सालदेखि अहिलेसम्म राजतन्त्रले लोकतन्त्रको स्थायित्व र विकासमा बाधा पु¥याइराखेको आमनागरिकलाई थाहा छ । विगत साढे सात दशकको इतिहासमा लोकतन्त्रको संस्थागत हुन नदिनुमा निरङ्कुश राजतन्त्रको प्रमुख भूमिका रहेको छ । लोकतन्त्र र राजतन्त्र सँगसँगै चल्न सक्दैन । संसारभर चलेको लोकतान्त्रिक व्यवस्थाको विकल्प राजतन्त्र हुन सक्दैन । सबै राजनीतिक शक्ति एक भएर कथित राजावादी आन्दोलन परास्त गर्नु पर्छ । त्यसो भनेर मात्रै सुख पाइँदैन । आमनागरिकका चाहना पूरा गर्ने दिशामा सत्ता र प्रतिपक्ष एक भएर अघि बढ्नु पर्छ । बोलीबाट होइन व्यवहारबाटै नागरिक चाहना पूरा भए भने पुनरुत्थानवादी शक्तिले टाउको उठाउन पाउने छैन । लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हुन्छ, राजतन्त्र होइन ।
रङ्गमञ्चमा उत्साह, चित्रकलामा भविष्य
चित्रकलाको भविष्य राम्रो छ भन्ने धेरै छन् । पहिला चित्रकलामा सन्दर्भ सामग्री जुटाउन गाह्रो हुन्थ्यो भने अहिले प्राविधिक विषयले धेरै सहज बनाएको छ । चित्रकलामार्फत नै समाजको वास्तविकतालाई प्रतिविम्बित गराउन सकिन्छ भन्ने विश्वासका साथ क्यानभासमा रङ पोत्न युवा जमात तनमन दिएर लागेको छ ।अघिल्लो वर्ष झैँ नेपाली नाटकघरहरूमा यस वर्ष पनि निकै उत्साह छायो । नयाँ पुस्ताको रङ्गमञ्चप्रतिको आकर्षण २०८१ सालमा झनै बढेको देखियो । रङ्गकर्मीहरू नाटक मञ्चनमा सधैँ झैँ सव्रिmय नै देखिए । फरक परिवेशमा फरक शैलीका नाटक मञ्चन भए । नाटकका कथामा अनेकन खालका विविधता देखियो । २०८१ सालमा मञ्चन भएका नाटकमध्ये ‘हरि हजुरबा’ अत्यधिक रुचाइएको नाटक बन्यो । त्यस्तै यस वर्ष मञ्चन भएको ‘लेम्लेम्मा’, ‘ढुकढुकी ७२ मेगाहर्ज’, ‘मुक्कुमलुङ’, ‘काँचो धागो’, ‘सोरठी’, ‘महासत्व’ जस्ता नाटकमा दर्शकको भरिभराउ उपस्थितिले रङ्गमञ्चलाई अझ माथि उठाउन मद्दत ग¥यो । मण्डला, सर्वनाम, शिल्पी र कौसीमा नियमित जस्तो नाटक मञ्चन भए । द्वन्द्वकालको पृष्ठभूमिमा आधारित यस नाटकले एक हजुरबाको प्रतीक्षाको कथामार्फत दर्शकको मन छुने काम ग¥यो । २०८१ सालमा नेपाली रङ्गमञ्चका लागि एक सकारात्मक वर्ष साबित भएको छ । विभिन्न नाट्य समूहको सहकार्यमा काठमाडौँ मात्र होइन, बाहिरका सहरमा पनि थुप्रै नाट्य गतिविधि सम्पन्न भए । २०८१ सालमा पनि युवापुस्तामा रङ्गमञ्चप्रतिको आकर्षण धेरै नै देखियो । कलाकार तथा नाटक निर्देशक अशान्त शर्मा कथावस्तु, प्रस्तुति तथा अभिनयका हिसाबले केही राम्रा नाटक मञ्चन भएको स्विकार्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “२०८१ साल नाटकका लागि मात्र नभई कलाका सबै विधामा दर्शकको राम्रो उपस्थिति रह्यो ।” उहाँका अनुसार २०८१ मा चलचित्रतर्फ ‘पूर्णबहादुरको सारङ्गी’ ले महाकुम्भ नै ल्यायो । जसले कला क्षेत्र चलायमान भएको बुझ्न सकिन्छ ।यस वर्ष नाटक महोत्सव पनि राम्रो स्थान पाए । वर्षको सुरुवातदेखि नै विभिन्न सहरमा नाटक महोत्सव आयोजना भएका थिए । चाहे त्यो पोखरामा आयोजित ‘पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव’ होस् या काठमाडौँमा सम्पन्न ‘छुनुमुनु नेपाल–भारत बालनाटक महोत्सव’ । यस्तै राष्ट्रिय नाचघरमा आयोजना गरिएको ‘राष्ट्रिय नाटक महोत्सव’ ले मुलुकभरका नाटककार, निर्देशक र कलाकारलाई एउटै छानामुनि ल्याउन मद्दत पनि ग¥यो । यसै वर्ष ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०२५’ काठमाडौँसँगै तीन वटा सहर बेलबारी, पोखरा र चितवनमा पनि सम्पन्न भयो । सर्वनामको आयोजना गरेको ‘पिपुल्स थिएटर फेस्टिभल’ इटहरी र धनकुटामा पनि भयो । २०८१ सालमा नै सङ्गीत नाट्य एकेडेमीले ‘नेपाल–भारत रङ्ग महोत्सव’ को आयोजना गरेको थियो । यस्ता खालका महोत्सवले नेपाली नाटकलाई विश्वमञ्चमा स्थापित गराउन ठुलो सहयोग गरेको छ । अन्तर्राष्ट्रिय महोत्सवले नेपाली रङ्गमञ्चलाई विश्वमञ्चमा चिनाउन अवश्य नै महìवपूर्ण भूमिका खेल्छ । रङ्गकर्मी सोमनाथ खनालका अनुसार नाटक हुनु मात्रै रङ्गमञ्च चलायमान हुनु होइन । नाटक सँगसँगै नाटकलाई विकास गर्ने अन्य गतिविधि भइरह्यो भने रङ्गमञ्च चलायमान भएको हो कि जस्तो महसुस हुन्छ । २०८१ सालमा विभिन्न खालका महोत्सव आयोजना भए जसले नेपाली रङ्गमञ्चको वातावरण अझ राम्रो बनाउँदै गएको खनालको बुझाइ छ । यहाँ राम्रो कमाइ नगरेको चलचित्रलाई पनि राम्रो ग¥यो भनेर गफ दिने चलन छ तर रङ्गमञ्चमा भने यस्तो नभएको उहाँको भनाइ छ । कलाकारको पारिश्रमिक र यता उता तिरोतारोले नै नाटकबाट कमाएको आम्दानी सकिन्छ । रङ्गकर्मी आकाङ्क्षा कार्की भन्नुहुन्छ, २०८१ सालमा एकदमै धेरै नाटक मञ्चन भए । यस वर्ष डिसेबल कलाकारसँग काम गर्ने मौका पायौँ । धेरै नाटक मञ्चन भएकाले कति आए कति गए भन्ने लेखाजोखा राख्न नसकेको उहाँको भनाइ थियो । उहाँले थप्नुभयो, “आशान्त शर्मा निर्देशित नाटक ‘काँचो धागो’ व्यापारिक हिसाबले कौसी थिएटरका लागि ठुलै बल्कबस्टर साबित भयो ।” समग्रमा २०८१ साललाई रङ्गमञ्चका लागि उत्साहजनक वर्षकै रूपमा लिन सकिन्छ । यस वर्ष थिएटरपिच्छे नयाँ नयाँ नाटक मञ्चन भएर काठमाडौँ उपत्यका रङ्गमञ्चमय बन्यो । रङ्गमञ्चमा प्रायः विदेशी नाटकलाई नेपालीमा अनुवाद गरेर देखाइन्थ्यो । अहिले नेपाली नाटकको व्रmेज र माग धेरै बढेको हुनाले नेपाली नाटकलाई दर्शकले रुचाउन थालेका छन् । आफ्नै गाउँघर, विभिन्न समुदायका संस्कृति कथामा नाटक मञ्चन हुन थालेका छन् जुन एक राम्रो परिवर्तनको संज्ञा पनि हो । यद्यपि यस वर्ष फरक जनरामा बनेका भूगोल र संस्कृतिमा आधारित नाटक दर्शकको रोजाइमा परे पनि व्यावसायिक हिसाबले भने थौरै नाटकले मात्रै दर्शकको साथ पाए ।२०८१ मा चित्रकलानेपाली कला क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद रह्यो । रङ्गमञ्च मात्र नभएर विभिन्न चित्रकारको कलाले २०८१ लाई कलरफुल बनाउन मद्दत ग¥यो । २०८१ सालमा अघिल्लो वर्षको तुलनामा चित्रकलालाई झन् माथि उठाउने काम भए । कुनै पनि कार्यशालामा होस् या ग्यालरीमा चित्र किन्न र हेर्न आउनेको जमात बढेको नै देखियो । ललितकला क्षेत्रका लागि २०८१ साल उत्साहजनक नै देखिएको छ । कलाकारको उपस्थिति, कलाभित्र हुने गतिविधि, प्रदर्शनी, कार्यशाला प्रशिक्षण गोष्ठी, अनुसन्धान २०८१ सालमा धेरै भए जो कला क्षेत्रका लागि उपलब्धिमूलक साबित भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केलीका अनुसार ललितकलाले चित्रकला बिव्रmीका लागि भन्दा पनि यसको प्रवर्धन, संरक्षण, अनुसन्धानको निम्ति अगाडि बढ्न प्रतिष्ठानले पहल गर्ने हो । व्यक्तिले या ग्यालरीले गरेको कामका डाटा ललितकलामा नहुने उहाँको भनाइ थियो । २०८१ साल पनि अघिल्ला वर्षझैँ उत्साहजनक साबित भएको थुम्केलीले बताउनुभयो । उहाँका अनुसार पहिला प्रतिष्ठानसँग चारदेखि पाँच सय कलाकार जोडिएका हुन्थे भने अहिले त्यो दोब्बर कलाकारसँग प्रत्यक्ष गतिविधिमूलक काम गरेका छौँ । भित्तेचित्र बनाउने कार्य २०८१ सालमा व्यापक ढङ्गले अगाडि बढेको उहाँले बताउनुभयो । २०८१ सालले चित्रकलालाई बजार पनि दिएको छ, सचेतना भर्ने काम पनि गरेको छ र कलाको महìव पनि बढाउने काम गरेको छ । २०८१ सालमा राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ पनि भयो जसले ललितकलाकर्मीलाई प्रोत्साहन र प्रवर्धन गर्न विशेष सहयोग गर्ने काम ग¥यो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ललितकलाको संरक्षण, संवर्धन र प्रवर्धन गर्न मुलुकमै पहिलो पटक प्रादेशिक ललितकला प्रदर्शनी गरी त्यस प्रदर्शनीबाट छनोट भएका उत्कृष्ट कलाकृति राष्ट्रिय ललितकला प्रदर्शनीमा राखेर एउटै छानामुनि विविध कलाको अवलोकन गर्ने अवसर दिएको थियो ।नेपाल आर्ट काउन्सिलका महासचिव विकासरत्न धाक्वा गुणस्तरको हिसाबले चित्रकला क्षेत्र एकदमै चलयामान तरिकाले अगाडि बढेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कला क्षेत्रको भविष्य उज्ज्वल छ । २०८१ सालमा राम्राराम्रा कलाकारले आफ्नो सिप देखाउनुभएको छ । चित्रकलाको बजार एकदमै राम्रो छ तर यो क्षेत्रमा सरकारको लगानी अझ पुगेको छैन । कला र संस्कृतिमा सरकारले जति लगानी गर्नुपर्ने हो त्यो एकदमै कम छ ।” २०८१ सालमा पनि चित्रकला प्रदर्शन हुने व्रmम बढ्यो तर यसको बजार कस्तो छ भन्ने अझै पनि प्रस्ट छैन । महँगो मूल्य र चित्रकलालाई नबुझ्नाले पनि यसको मौलिकता हराउँदै जाने हो कि भन्नेमा धेरैको चिन्ता छ । चित्रकलासहितको कलामा देखिएको आकर्षण तथा प्रदर्शनीमा आएको व्यापकताले अबको वर्ष उत्साहजनक हुने अपेक्षा गरिएको छ । पछिल्लो समय रङ्गमार्फत समाजलाई जस्ताको तस्तै उतार्ने माध्यम बनेको छ, चित्रकला । चित्रकारले हाम्रो मनमस्तिष्कले सोच्न नसकेका विषयलाई सुन्दर आकारले चित्रमा दिने गर्छन् । यतिबेला चित्रकलाको विस्तार भइरहेको छ । विभिन्न क्याफेमा कला प्रदर्शनी हुन्छ । यसबाहेक अपार्टमेन्ट र हाउजिङहरूमा पनि कला सजिन थालेका छन् । यसले कलाको महìव झन् बढेर गएको आभास हुन्छ । कलाको मौलिकता पनि बढेर गएको छ । अहिले भइरहेका विभिन्न प्रदर्शनीले कलाकारलाई माथि उठाउने काम गरिरहेको छ । कला प्रदर्शनी बढ्दो मात्र छैन बिक्दो पनि छ । कतिपय कलाकार आफ्नै ग्यालरीबाट चित्र बेच्दै आएका छन् । जसले यस वर्ष कला गतिविधिमा राम्रो उत्साह जगाउने काम गरेको छ । नेपालमा अहिले चित्रकलाले व्यावसायिक गति लिएको छ । यस वर्ष कला क्षेत्रमा नयाँ पुस्ताको आगमन बढ्दो छ । अहिले तीन वटा विश्वविद्यालयका चार ठाउँमा स्नातक तह चित्रकला पढाइन्छ । चित्रकलाको भविष्य राम्रो छ भन्ने धेरै छन् । पहिला चित्रकलामा सन्दर्भ सामग्री जुटाउन गाह्रो हुन्थ्यो भने अहिले प्राविधिक विषयले धेरै सहज बनाएको छ । चित्रकलामार्फत नै समाजको वास्तविकतालाई प्रतिविम्बित गराउन सकिन्छ भन्ने विश्वासका साथ क्यानभासमा रङ पोत्न युवा जमात तनमन दिएर लागेको छ । अहिले प्रायः आर्ट ग्यालरी खाली हुँदैनन् । त्यहाँ चित्रकलासम्बन्धी केही न केही गतिविधि भइरहेका हुन्छन् । जसका कारण सुन्दर चित्र बिव्रmी गर्न केही समस्या पर्दैन । त्यसैले पनि २०८१ सालमा राम्रो चित्रले धेरै राम्रो बजार पाएको थियो । यही गतिमा अघि बढे कलाको भविष्य उज्ज्वल छ तर सरकारको कला क्षेत्रप्रतिको दृष्टिकोणमा परिवर्तन आउन आवश्यक छ ।
भ्रूणहत्याले निम्त्याउने सङ्कट
भ्रूणको जन्मन पाउने अधिकार हनन हुनु नै मानव अधिकारको हनन हुनु हो । नैतिकता, इमानदारिता, सच्चरित्रता, सदाचारिता तथा वैधानिकता सबै समाजबाट हराउँछन् । सभ्यता, संस्कृति, स्वदेशाभिमानको ह्रास आउँछ भ्रूणहत्याले ।मनुष्यको भू्रण आदिम अवस्था हो । यो बुझ्न जरुरी छ । हामीले जीव के हो भनेर बुझ्न सोच्न जरुरी छ, भू्रण हत्या गर्नुभन्दा पहिला । भ्रूणको शरीरको रचना वयस्क मनुष्यको जस्तै टाउको, ब्रेन, आँखा, कान, नाक, अनुहार, गर्धन, पेट, मुटु, कलेजो, फोक्सो, फियो, मुत्र तथा प्रजनन प्रणाली, हात, खुट्टा आदि सबै तीन÷चार महिनाभित्रै बनेका हुन्छन् । भ्रूणको जन्मन पाउने अधिकार हनन गर्नु हुँदैन । ब्रेनको लिम्बिक सिस्टम जसले सम्झना, मनोभावना भाव, सिक्ने कार्य आदि सबै भ्रूणले ४९ दिनभित्रमा नै गर्छ ।दुई हप्तामा स्पष्ट देखिने मुटुको धडकन भ्रूणको आफ्नै रगतले नै हो । ४३ दिनमा अनुसन्धेय गरिएका भ्रूणका ब्रेन वेबले पनि भ्रूण पूर्ण मनुष्य हो । ४५ दिनमा आमाको पेटमा भ्रूण चल्छ । बाह्र हप्तामा भ्रूणका सबै अङ्गले काम गर्छन् । भ्रूणले आफ्नो बचाउको हर प्रयास गरेको हामीले डा. बेनार्ड नाथेन्सको करुण व्रmन्दन (दी साइलेन्ट स्व्रिmम) भन्ने फिल्ममा देख्न सक्छौँ । जब बच्चा गर्भमा बास लिन्छ, त्यसै दिनमा उचाइ, स्वभाव, मनोभाव र समस्त जीवन एउटै सेलमा रहेको हुन्छ । यदि गर्भिणी हुँदा राम्रो हेरविचार पु¥याएको छ, रक्सी, चुरोट, ड्रग्स र धेरै दुध पिएको छैन भने बच्चा सकुशल जन्मन्छ । अब उसलाई १८ वर्ष नपुग्दासम्म राम्रोसँग हेरविचार र राम्रो स्वस्थ खाना खुवाइएन भने ऊ कहिल्यै पनि पूर्ण क्षमतावान् मनुष्य हुन सक्दैन । यो सानो बालकको आफ्नै प्रणाली छ । यहाँ सबैको आफ्नै महìवपूर्ण समय छ । अलौकिक शक्ति आत्माआमाका २३ र बाबुका २३ व्रmोमोजोमलाई संयोजन गर्ने परम अलौकिक शक्ति नै आत्मा हो । आत्माको चर्चा वृहदारण्य, छन्दोग्य, कठोपनिषद् र मुण्डक उपनिषद्मा विशेष रूपमा वर्णन पाइन्छ । ग्रीक दार्शनिकहरू पनि अर्थात् आफूलाई जान भन्दछन् । मान्छेको विराट् रूप र त्यसमा रहेको आत्मालाई बुझ्नेले भ्रूणलाई बुझ्छ । मानव शरीरका असङ्ख्य सेललाई संयोजन गर्न सक्ने परब्रह्म भ्रूणमा विराजमान छ । त्यसैले जसले नास्छ उसैको नाश निश्चित छ । ब्रह्महत्या र भ्रूणहत्याको प्रायश्चित छैन भन्छन्, हाम्रा प्राचीन मनीषिहरूले । भ्रूणमा चेतना हुने कुरा माथि नै ठाउँ ठाउँमा चर्चा गरियो । भ्रूणहत्यालाई हिन्दु, बौद्ध, इस्लाम, व्रिmश्चियन तथा पारसी धर्मले पनि महापातकी कुकृत्य मानेको छ ।मानवता कता ?सूचना प्रविधि, विज्ञान र जीव प्रविधि विज्ञानको दू्रत विकासले आजको मनुष्यले सबैभन्दा ठुला हाँकहरूको निरन्तर सङ्ग्राम बेहोर्नु परेको छ । समानता र स्वतन्त्रताका आधुनिक मूल्यमान्यतामा निकै डर धम्की देखा परेका छन् । यसको समाधानमा भूमण्डलीय सहयोगको खाँचो छ तर धर्म, संस्कृति राष्ट्रियताको वर्गीकरणले वैर भावना मनुष्यमा छ र भूमण्डलीय सहयोगको आशा गर्न सकिन्न । भौतिक शास्त्रका प्रोफेसर मिकियो काकुले ‘भविष्यको भौतिकशास्त्र’ भन्ने पुस्तकमा सोनोग्रामको प्रविधिको विकासले मुम्बईको एउटा भ्रूणहत्याको क्लिनिकमा आठ अजार भ्रूणहत्यामा सात हजार ९९३ बालिका रहेछन् । त्यस्तै चीन, दक्षिण कोरियामा पनि लिङ्ग छनोटको समस्या छ । दक्षिण कोरियामा तेस्रो जन्मने बच्चा ६५५ पुरुष हुन्छ । जोसुवा प्रागरको किताबमा लेखेको कुरा हो (सन् १९९२) यो २५ वर्षयता चार करोड बालबालिकाको भ्रूणहत्या अमेरिकामा भएको बताइएको छ । यो पृथ्वीमा भ्रूण एकतिहाइ जन्मनुभन्दा पहिला नै आमाको पेटमा मारिन्छन् । संसारभरमा प्रत्येक दिनमा जन्मने तीन लाख ५३ हजारमा करिब एक लाख २० हजार बालबालिका आमाको पेटमा नै हत्या हुन्छन् ।अब भनौँ भ्रूण के हो भन्ने नै नबुझी हत्या गर्नु कदापि राम्रो होइन । मनुष्यमा विवेक, यथार्थ ज्ञान, सहनशीलता, क्षमा, सत्य, इन्द्रीयलाई नियन्त्रण गर्ने शक्ति, मनोनिग्रह तथा सुख–दुःख, सृष्टि–प्रलय, भय–अभय तथा हिंसा–अहिंसा, स्वधर्मको आचरण, दान, कीर्ति–अपकीर्ति, मनुष्यमा आउने दैवी गुण सबै ह्रास हुन्छन् । भ्रूणको जन्मन पाउने अधिकार हनन हुनु नै मानव अधिकारको हनन हुनु हो । नैतिकता, इमानदारिता, सच्चरित्रता, सदाचारिता तथा वैधानिकता सबै समाजबाट हराउँछन् । सभ्यता, संस्कृति, स्वदेशाभिमानको ह्रास आउँछ भ्रूणहत्याले । नारीवादीको नाउँमा भ्रूणहत्या बढाइएको छ । भ्रूण नारीको अरी होइन यो त परमानन्दको द्योतक हो । परमानन्द नै भगवान् हो । भ्र्ूणहत्याले निम्त्याउने खतरापरिवार सभ्यताको आधार हो । भ्रूणहत्याले सभ्यताको आधारलाई नै खलल पार्छ । यस्तै भए अपाङ्गता भएका व्यक्ति वा असक्तलाई पनि हत्या गरे हुन्छ भन्ने आवाज आउन सक्छ । यसले बालहत्यालाई प्रोत्साहित गर्छ । आमा र बच्चाको अलौकिक सम्बन्धलाई नास्छ । बालहत्या र भ्रूणहत्यामा नीतिगत त्यस्तो सार्थक भिन्नता छैन । यस्तै संसारको सृष्टि सञ्चालन गर्न यौन प्रकृतिप्रदत्त वा दैवी गुण हो । यसले यौन दुर्गुण कस्मो, प्लेबोय, गे अर्थात् समलिङ्गीहरूको बिगबिगी समाजमा बढ्ने छ । मानसिक (यौन) रोगीका सङ्ख्या बढ्ने छन् । ड्रग्स सेवन बढ्ने छ । यौन शिक्षा सख्त जरुरत छ । यस्ता यौन विकृत नारीवादी बढेमा नारीहरूको पवित्रतामा नै घात पु¥याउने छन् । समाजमा धेरै किसिमका हिंसा बढ्ने छन् ।नारी ममतामयी जननी हुन् । नारी आमा नबनी पक्का नारी हुन्नन् । नारी–योनीमा आउनु नारीले सृष्टि धान्न हो, प्रलय गर्न होइन । भ्रूणहत्या प्रलय निम्त्याउनु हो । यस धर्तीमाताका सबै मानिसलाई (आदमबाहेक) नारीले नै जन्माएको तथा पालनपोषण गरेकी हुन् । नारी जस्तो सोच्छिन्, जसरी तिनीहरूको जीवन चलाउँछिन् त्यस्तै भएर राष्ट्र चल्छ । यसै गरी आजका भ्रूण नै भोलिका बालबालिका हुन् । यिनै बालबालिका राष्ट्रका कर्णधार हुन् । यिनैलाई मारे के राष्ट्र बच्ला ? सबैले एक मिनेट ध्यान दिएर सोचाँै । सबै पवित्र आत्मा धारण गरेका महामानव तथा मनिषीहरूसँग निवेदन छ, यो सृष्टिको पहिलो बिहान भएको देशमा भ्रूणहत्या रोकौँ ।यो धर्मको विषय पनि हो । संसारका सबै धर्मले जीवनलाई पवित्र रहस्यमय नै मानेका छन् । भ्रूणहत्या अधर्म र धर्मबिचको युद्ध चल्दै आएको छ । यो कुनै धार्मिक सम्प्रदायको मामिला होइन, समस्त मानव जगत्को मामिला हो । पृथ्वीमा भ्रूणहत्या बढ्नु एउटा तानाशाहको (हिटलर) र उनको डाक्टरको भनाइमा लाग्दा हो । गर्भपतन जस्तो ठुलो पाप अर्को छैन । भ्रूणहत्या गर्नेलाई ब्रह्महत्या गर्नेलाई भन्दा दुई गुणा बढ्ता पाप लाग्छ । भ्रूणहत्याले अति जीविततामा नै खतरा उत्पन्न गरेको छ । सर्भाइभलमा आजको विज्ञानको चमत्कारले मन्द विष दिएर वा कडा विष दिएर खतरामा पर्ने दोसाँधमा छ । कृत्रिम मनुष्य उत्पादन गर्ने, क्लोनिङ, आमहत्या बढाएर, इयुजेनिक्स, इथ्नुसिया, बालहत्या, मानव अङ्गका व्यापार, कृत्रिम गर्भाधान आदिले पनि मनुष्यको अति जिविततामा खतरा आउँछ । भ्रूणहत्याले हाम्रो न्याय निसाफको विवेक बुद्धिलाई नै अप्रचलित तुल्याउन सक्छ । भ्रूण पूर्ण निर्दोष मनुष्य हो, उसले यस धर्तीमा जन्मन पाओस्, न्याय पाओस्, खुसीसँग खेल्न पाओस् । भ्रूणहत्याले देशमा शान्ति हुँदैन । भ्रूणहत्याले महिलाको शारीरिक, मानसिक स्वास्थ्यमा ठुलो क्षति पु¥याउँछ । जनसङ्ख्यामा लैङ्गिक सन्तुलन हुन्न । बालबालिकाको असन्तुलनले राष्ट्र असन्तुलन हुन्छ । बालिकाको सङ्ख्या घट्दा युवकहरूले विवाह गर्ने युवती नपाउन सक्छन् । युवा बिदेसिन्छन् । देशमा उपयोगिता तथा जीविकाका सामान सबै विदेशी हुन्छन् । व्यापार गर्ने पनि तिनै विदेशी हुन्छन् । धनी पनि तिनै विदेशी हुन्छन् । यहाँका युवतीहरू पनि तिनै विदेशीसँग विवाह गर्छन् । नेपालमा नेपालीको भन्दा जनसङ्ख्या विदेशीको भएपछि देश कहाँ रहन्छ ? सचेतना आवश्यक गर्भपात गर्दा महिलाहरूलाई हुने खतरा पूरै बताउनु पर्छ । गर्भाशय छेदित हुन्छ । पुनः बच्चा नरहन सक्छ । अत्याधिक रक्तस्रावले आमाको मृत्यु हुन सक्छ । मासिक धर्म खराबी, कम्मर दुख्ने रोग लाग्न सक्छ आदि आदि । एउटा बालकलाई सबल सशक्त विशेष व्यक्तित्वको व्यक्ति बनाउन आमाको महìवपूर्ण भूमिका रहन्छ । सबैले पूर्ण सहयोग गर्नु पर्छ । सरकारले सुत्केरी महिलालाई एकबर्से तलबी बिदा दिनु पर्छ । सन्तान दुई वा तीनमा सीमित राख्न उचित हुन्छ । गर्भनिरोधका अनेकौँ उपाय हुँदा हुँदै गर्भपतनलाई परिवार नियोजनका रूपमा हेरिनु अमानवीय मर्यादाशून्य कार्य हो । काम ऊर्जालाई मानवीय कार्यमा सञ्चालन गर्नु पर्छ । जस्तै विद्या आर्जनमा पहिलो २५ वर्ष । अर्थ आर्जन र सन्तान उत्पादनमा दोस्रो २५ वर्ष । तिनकै हेरचाहमा अर्को २५ वर्ष । बाँकी जीवन इन्द्रीय संयममा रहनु राम्रो हुन्छ । त्यसैले हाम्रा सिद्ध पुरुषहरूले भनेका छन् ‘योगश्चित्तवृत्तिनिरोध’ । अन्त्यमा कवि शिरोमणि लेखनाथ पौड्यालको यो भनाइ अत्यन्त मार्मिक छ :चिन्ता छ के पालिनुको तँलाई ? पाल्न्या छ विश्वम्भर खुवाइ पियाइ । यस्तो नहुन्थ्यो त किन फेरी पैले दूध बन्दछ बालकका करैले ।।
सञ्चारिकाको अध्यक्षमा पन्थी
काठमाडौँ, वैशाख ६ गते । सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनबाट अध्यक्ष कमला पन्थी विजयी हुनुभएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिव (सर्वसम्मत) राधा खनाल, सचिव उर्वशी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ विजयी हुनुभएको हो ।त्यस्तै, सदस्यहरू कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी विजयी हुनुभएको हो ।सञ्चारिकाको नवौँ महाधिवेशनका अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार उद्घाटन गर्नुभएको थियो ।
कञ्चनजङ्घा हीरक महोत्सव सुरु
ताप्लेजुङमा शुक्रबारदेखि कञ्चनजङ्घा हीरक महोत्सव सुरु भएको छ। विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घामा मानव पाइला पुगेको अर्थात हिमाल आरोहण भएको ७० वर्ष पुगेको अवसरमा हीरक महोत्सव आयोजना गरिएको हो।
नेपाली श्रमिकको स्वास्थ्यका लागि सघाउन युएईसँग स्वास्थ्य मन्त्रीको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य युएईका अधिकारीसँग स्वास्थ्यका लागि सघाउन आग्रह गर्नुभएको छ।
आपतकालीन गोदाम घर प्रदेशलाई हस्तान्तरण
पोखराको पुरानो विमानस्थलभित्र निर्माण गरिएको आपतकालीन गोदाम घर गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ। शुक्रबार गृह मन्त्रालयद्वारा आयोजित कार्यक्रममा सङ्घीय गृहमन्त्री रमेश लेखकले गोदाम घर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गर्नुभएको हो।
‘व्यापार युद्ध’ को छायामा हाम्रो कूटनीति
शक्तिराष्ट्रबिच एकपछि अर्को गर्दै सृजित तनावपूर्ण वातावरणले विश्व बजारको लयलाई नै बिथोलेको छ । नेपाल जस्ता परनिर्भर अर्थतन्त्र भएका देशले यतिबेला शक्तिराष्ट्रको त्यो व्यापार युद्धको छायाबाट निस्किएर नयाँ ध्रुवीकरणमा जान सक्नुपर्ने पनि हुन सक्छ ।संयुक्त राज्य अमेरिकाको एकपछि अर्को निर्णयका कारण तरङ्गित विश्व केही दिनयता ‘कर युद्ध’ मा होमिएको छ । दोस्रो कार्यकालका लागि अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएसँगै डोनाल्ड ट्रम्पले जारी गरेका सयौँ ‘कार्यकारी आदेश’ ले विश्वलाई नै तरङ्गित पारेका थिए । खास गरी ट्रम्पले अख्तियार गरेको आप्रवासीप्रतिको कठोर र निर्मम निर्णयले सुरुवातमै सारा विश्वलाई उथलपुथल बनायो । आफ्नो भूमिमा लुकीछिपी रहेका लाखौँ आप्रवासीलाई आफ्नै देशमा ‘डिपोर्ट’ गर्ने अमेरिकी अभियान अहिले पनि जारी छ । त्यही सूचीमा परेका दर्जनौँ नेपालीलाई पनि अमेरिकाले फर्काइदिएको छ । केही दिनअघि अमेरिकी विमानले नै केही नेपालीलाई यहाँको विमानस्थलमा ल्याएर छोडिदियो । पहिलो चरणमा लगभग एक हजार ३६५ जना नेपालीलाई डिपोर्ट गर्ने भनेर यसअघि नै अमेरिकाले सूची जारी गरिसकेको थियो । खास गरी लुकीछिपी अर्थात् तल्लो बाटो अमेरिका जाने नेपालीको सङ्ख्या पनि पछिल्ला दिनमा निकै बढेको थियो । त्यसमा लाखौँ, करोडौँ रुपियाँ दलाललाई बुझाएर ज्यानमै जोखिममा राखेर महिनौँ दिनको हिँडाइपछि नेपाली अमेरिका छिरेका थिए । त्यसको लहर यस्तोसम्म चल्यो कि पश्चिम नेपालका कतिपय गाउँ नै अहिले रित्तिएका छन् । अहिले पनि लाखौँ नेपाली अमेरिकामा बिनाकागजात बसिरहेका छन् । योसँगै अमेरिकाले आफ्नो भूमिमा रहेका अनि आफ्नो नियन्त्रणमा रहेका विश्वका कैयौँ कुख्यात अपराधीलाई पनि डिपोर्ट गर्ने दुई सय वर्षभन्दा पुरानो आफ्नो ‘एलियन एनिमी एक्ट’ पनि ब्युँझायो । त्यसकै आधारमा उसले विश्वकै खतरनाक अपराधीलाई अर्को देशमा सारिरहेको छ । अमेरिका आफैँमा एक विश्व शक्तिराष्ट्र हो । यसमा कुनै दुई मत छैन । २१ औँ शताब्दीको सुरुवातसँगै विश्वमा अरू पनि शक्तिराष्ट्र उदाउने व्रmममा छन् । अमेरिकाले आफ्नो त्यही शक्तिको ‘साख’ जोगाइराख्न कैयौँ त्यस्ता पुरातन नियम कानुन ब्युँताएको छ । जसले अमेरिकीलाई ‘अमेरिकी पहिलो’ भन्ने ट्रम्पको नाराले सम्बोधन गरिरहेको भान हुन्छ । यस्तो अमेरिकाका रैथाने नागरिकमा एकप्रकारको उत्साह आउनु स्वाभाविक नै हो । तथापि त्यसले विश्वका कैयौँ देशलाई पनि प्रभावित तुल्याइरहेको छ । पछिल्ला दिनमा सबैभन्दा बढी उसको ‘कर नीति’ ले विश्व बजारलाई नै तरङ्गित बनाइदिएको छ । विश्व अर्थतन्त्रको सबैभन्दा ठुलो हिस्सा बोकेको अमेरिकाले आफ्नो देशमा भित्रिने सामग्रीमा लगाएको नयाँ करले विश्व बजारकै आपूर्ति चव्रmलाई समेत प्रभावित पार्ने सम्भावना बढेको छ । विश्व अर्थतन्त्रमा महाशक्ति बन्न खोजिरहेको चीनसँग अहिले अमेरिकाको जुन प्रकारको ‘कर युद्ध’ चर्किएको छ, यो तनावका कारण अर्थतन्त्रका कैयौँ सूचकमा ‘रातो बत्ती’ बल्ने व्रmम सुरु भएको छ । विश्वकै ठुलो अर्थतन्त्र भए पनि अमेरिकी उपभोक्ता बजारको लगभग ९० प्रतिशत हिस्ता आयातमै निर्भर छ । त्यसैलाई रोक्न र आफ्नो व्यापार घाटा कम गर्न अमेरिकाले अहिले विश्वका सबै देशलाई ‘भन्सार कर’ लगाउने घोषणा गरेको छ । यसको सबैभन्दा ठुलो मार चीन तथा युरोपेली तथा अरू उत्पादक राष्ट्रमा देखा पर्न गयो । चीनले त अमेरिकालाई निरन्तर एकपछि अर्को जवाफ दिइरहेको छ । यद्यपि अनेक कारण चीन र अमेरिकाबिचको सम्बन्धको तनाव नयाँ भने होइन । कुनै न कुनै विषयमा अमेरिका–चीन द्वन्द्व लामो समयदेखि उस्तै छ । अहिलेको कर नीतिमा पनि अमेरिकी राष्ट्रपति ट्रम्प चीनप्रति निर्मम र कठोर देखिएका छन् । अमेरिकाले सुरुमा विश्वका सबै राष्ट्रलाई न्यूनतम १० प्रतिशत कर लगाउने घोषणा गरेको थियो । चीनका हकमा भने उसले निकै कर वृद्धि गरिदियो । अमेरिकाले चीनमाथि २४५ प्रतिशत भन्सार कर पु¥याउँदा चीनले पनि अमेरिकी सामानमाथि १२५ प्रतिशत कर घोषणा गरेर करको जवाफ करबाटै दियो । अमेरिकाले भारतलाई ४६ प्रतिशत करसहित विश्वका अरू पनि देशलाई लगाएको भन्सार करलाई भने आगामी ९० दिनका लागि स्थगित गरेको छ । चीनमाथि भने उसले निरन्तर कर लगाइरहेको छ । चिनियाँ वस्तुका लागि अमेरिका विश्वको सबैभन्दा ठुलो बजार हो । चीन–अमेरिका व्यापारमा चीन नै अगाडि छ । अमेरिकी बजारमा लगभग एक हजारभन्दा बढी प्रकारका सामान पुग्छन् । चिनियाँ बजारमा अमेरिकी सामग्री भने निकै न्यून छ । यसमा व्यापार घाटा अमेरिकालाई नै छ । गत वर्ष मात्रै यी दुई शक्तिराष्ट्रबिच लगभग ५८५ अर्ब डलर बराबरको व्यापार भएको थियो । त्यसमा चीनले लगभग ४४० अर्बको चिनियाँ वस्तु र सामग्री अमेरिका पठाउँदा अमेरिकाबाट चीनले भने लगभग १४५ अर्ब जति मात्रै आयात ग¥यो । यसबाट अमेरिकालाई लगभग २९५ अर्ब डलर व्यापार घाटा भयो । अमेरिकी अर्थतन्त्रको लगभग एक प्रतिशत हिस्सा ओगट्ने यो व्यापार घाटा उसको अर्थतन्त्रका निकै विशेष ठानियो । यद्यपि ट्रम्पले हालै मात्र लगभग ४१ ट्रिलियन डलरभन्दा धेरै व्यापार घाटा पूर्ति गर्नुपर्ने बताउनुभएको थियो । आफ्नो सबैभन्दा ठुलो बजार भएको अमेरिकाले एकपछि अर्को गर्दै कर वृद्धि गर्दै जान थालेपछि अब चीनले आफ्ना सामान अमेरिकामा पठाउँदा खुद मूल्यको १४५ प्रतिशत कर तिर्नुपर्ने हुन्छ । त्यस्तो करको रकम भने उपभोक्ताले तिर्नुपर्ने छैन । त्यो भनेको सिधै अमेरिकी राजस्वमा जम्मा हुन्छ । ट्रम्पले दोस्रो कार्यकाल समालेदेखि नै कैयौँ त्यस्ता निर्णय गर्दै आउनुभएको छ, जहाँ उहाँका हरेक निर्णयले कतै न कतै विश्व व्यवस्थालाई छोइरहेको छ । उहाँले विदेशी सामग्रीमा लगाएको करका कारण अहिले सारा विश्व नै धु्रव्रीकृत हुन थालेको छ । चीनले अमेरिकाको यो कदमलाई व्यापारिक ‘दादागिरी’ भन्दै त्यसविरुद्ध एक हुन व्यापार साझेदार देशलाई आह्वान गरिरहेको छ । त्यसमा अहिले अस्ट्रेलियाले भने अमेरिकाविरुद्ध नजाने भन्दै चीनको प्रस्ताव अस्वीकार गरिसकेको छ । चीनले पटक पटक आफ्नो अडानलाई दोहो¥याउँदै पनि आएको छ । बाँकी विश्वले अहिले चीन–अमेरिकाको यो कर युद्धले कस्तो बाटो समाउला भनेर ‘पर्ख र हेर’ को अवस्थामा छन् । अहिले चीनले विभिन्न उपाय अपनाएर अमेरिकालाई अप्रत्यक्ष जवाफ दिइरहेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ यसबारे आफैँले नबोले पनि उहाँका प्रतिनिधित्व गर्ने चिनियाँ अधिकारी तथा सम्बन्धित निकायले एकपछि अर्को प्रतिव्रिmया दिइरहेका छन् । यसबिचमा चीनको वाणिज्य मन्त्रालयले कुनै पनि हालतमा चीन पछि नहट्ने र अन्तिमसम्म लडिरहने जनाएको छ । अमेरिकासँग भएका व्यापारसँग सम्बन्धित ‘श्वेतपत्र’ समेत सार्वजनिक गरेर चीनले विश्व खुला बजारको पक्षमा चीनको अडान सधैँ दृढ रहने जनाउँदै आएको छ । अमेरिकी बजारमा एकप्रकारको ‘प्रतिबन्ध’ झेलिरहेको चीनले भने अब आफ्नो अर्थतन्त्रको आकारलाई बढाउन नयाँ बजारको खोजी गरिरहेको छ । यही साता मात्रै चिनियाँ राष्ट्रपति सी चिनफिङले भियतनाम, मलेसिया र कम्बोडियाको एकसाथ भ्रमण गर्नुभएको छ । अमेरिकासँग निरन्तर तनाव उत्पन्न हुँदै गएपछि चीनले आफ्नो बजारको विकल्प खोजिरहेको यो सन्दर्भमा भएको उहाँको यो भ्रमणले केही नयाँ सन्देश पनि दिन खोजेको जस्तो देखिन्छ । जे भए पनि अमेरिकी राष्ट्रपतिको एकप्रकारको हठबाट सुरु भएको विश्वशक्ति राष्ट्रको यो करयुद्धले प्रत्यक्ष अप्रत्यक्ष रूपमा नेपाल जस्ता साना देश पनि पक्कै प्रभावित हुने छन्, भइरहेका पनि छन् । नेपालले पनि अमेरिकामा विभिन्न सामान निर्यात गर्दै आएको छ । नेपाल जस्ता देशका लागि भने अमेरिकाको न्यूनतम कर १० प्रतिशत मात्रै हुने छ । यद्यपि यसअघि नै अमेरिका पुग्ने नेपाली उत्पादनमा भन्सार कर नलाग्ने गरी एउटा सम्झौता भएको थियो । त्यो सम्झौताको अवधि पनि सकिन लागेको छ । गलैँचा, गार्मेन्टलगायत कृषि र रैथाने उत्पादनका लागि अमेरिका पनि नेपालका लागि ठुलो बजार नै हो । यद्यपि आधाभन्दा धेरै उपभोग्य वस्तुमा आयातमै निर्भर नेपाल जस्ता देशका लागि व्यापारको यो सानो हिस्सा मात्रै हो । तथापि यसको ठुलो प्रभाव रहन पनि सक्छ । गत वर्षको एउटा तथ्याङ्क अनुसार नेपालले लगभग १७ अर्ब ३१ करोड रुपियाँ बराबरको नेपाली सामग्री अमेरिका पठाएको थियो भने लगभग १९ अर्ब ५८ करोड बराबरको सामान आयात गरेको थियो । यो हिसाबले हेर्दा नेपाललाई अमेरिकासँग लगभग दुई अर्ब १६ करोड रुपियाँभन्दा धेरै व्यापार घाटा छ । यस्तो अवस्थामा दुई शक्तिराष्ट्रबाट घेरिएको एक भूपरिवेष्ठित राष्ट्र नेपालले पनि अब व्यापार कूटनीतिलाई फेरि एक पटक पुनः मूल्याङ्कन र समीक्षा गर्नुपर्ने भएको छ । अर्थतन्त्र आफैँमा एक प्राविधिक पक्ष हो । यसको कुशल व्यवस्थापनका लागि आफ्नै खालका रणनीतिक आयाम हुन सक्छन् । यस्तोमा शक्तिराष्ट्रसँग भिड्नुभन्दा पनि त्यसबिचबाट नेपालले आफ्नो व्यापार वृद्धिका लागि विकल्प खोजी गर्न जरुरी छ । यो कर युद्धबाट सृजित वैश्विक वातावरणको लाभ नेपालले पनि लिनसक्छ । त्यसका लागि नेपालले आफ्नै खाले मौलिक आर्थिक कूटनीति अपनाउनुपर्ने बेला भएको छ । यो उदार अनि खुला अर्थतन्त्रको वैश्विक युग हो । विश्व व्यापार सङ्गठन जस्ता वैश्विक मञ्चमा शक्तिराष्ट्रको यो कर युद्धबारे पनि चर्चा, बहस र चिन्ता सुरु भएका छन् । तथापि अमेरिका भने कैयौँ यस्ता वैश्विक मञ्च तथा सन्धि सम्झौताबाट आफूलाई अलग गराउँदै आएको छ । यसले विश्वका अन्य सदस्य राष्ट्रलाई पनि सिधै प्रभावित गर्छ । ९० को दशकमा तत्कालीन राष्ट्रपति विल क्लिन्टनले अपनाएको खुला र उदार अर्थनीतिले विश्वलाई नै एउटा व्यापारचव्रmमा बाँधेको थियो । त्यसले २१ औँ शताब्दीसम्म आइपुग्दा नेपाल जस्ता राष्ट्र पनि विश्व शक्तिराष्ट्रसँग त्यही चव्रm अन्तर्गत गाँसिन पुगेका हुन् । विश्व बजार अनि विश्व अर्थतन्त्रको अबको स्वरूप कस्तो होला अहिले नै यकिन गर्न कठिन छ । शक्तिराष्ट्रबिच एकपछि अर्को गर्दै सृजित तनावपूर्ण वातावरणले विश्व बजारको लयलाई नै बिथोलेको छ । नेपाल जस्ता परनिर्भर अर्थतन्त्र भएका देशले यतिबेला शक्तिराष्ट्रको त्यो व्यापार युद्धको छायाबाट निस्किएर नयाँ ध्रुवीकरणमा जान सक्नुपर्ने पनि हुन सक्छ । यस्तो अवस्थामा नेपालले निकै सन्तुलित तथा प्रभावकारी आर्थिक कूटनीति अपनाउनुपर्ने आवश्यकता छ ।
समृद्ध कीर्तिपुर अभियान
कीर्तिपुर नगरपालिकासँग आर्थिक विकास, पूर्वाधार विस्तार तथा वातावरणीय दिगोपनका लागि अपार सम्भावना छन् । योजनाबद्ध सहकार्य, दीर्घकालीन रणनीति तथा प्रभावकारी कार्यान्वयनमार्फत कीर्तिपुरलाई दिगो, हरित, समावेशी तथा समृद्ध नगरका रूपमा विकास गर्न सकिन्छ । कीर्तिपुर नेपालको ऐतिहासिक, सांस्कृतिक, शैक्षिक तथा आर्थिक दृष्टिले महìवपूर्ण नगर हो । परम्परागत सम्पदा, धार्मिक स्थल तथा शिक्षण संस्थाको उपस्थितिले कीर्तिपुरलाई आर्थिक तथा सामाजिक विकासका लागि सुनौलो अवसर प्रदान गरेको छ । यहाँ रहेका सांस्कृतिक सम्पदा, ऐतिहासिक धरोहर, विश्वविद्यालय, उद्योग तथा पर्यटन व्यवसायले कीर्तिपुरलाई काठमाडौँ उपत्यकाको एक महìवपूर्ण नगरका रूपमा चिनाएको छ । इतिहासलाई हेर्दा कीर्तिपुर आफ्नै विशेष पहिचान बोकेको नगर हो । नेवार समुदायको प्रमुख बसोबास रहेको यस नगरले मल्लकालदेखि नै कला संस्कृति तथा परम्परागत सम्पदाको संरक्षणमा विशेष ध्यान दिँदै आएको छ । कीर्तिपुरले नेपालको राजनीतिक परिवर्तनमा समेत महìवपूर्ण योगदान पु¥याएको छ । विभिन्न प्रजातान्त्रिक आन्दोलनमा कीर्तिपुरको भूमिका सदैव उल्लेखनीय छ । यो नगर खुला दिसामुक्त, पूर्ण साक्षर र पूर्ण खोपयुक्त घोषणा भइसकेको नगरपालिका हो । विसं २०५३ मा नगरपालिका घोषणा गरिएपछि यस नगरलाई व्यवस्थित विकासतर्फ उन्मुख गराउने प्रयास निरन्तर भइरहेका छन् । सांस्कृतिक र प्राकृतिक सम्पदायुक्त, शैक्षिक तथा पर्यटन केन्द्रका रूपमा सहरको पहिचान स्थापित गर्न खोजेको नगरले ‘सफा, हरियाली, समावेशी र समृद्ध सहर’ को दूरदृष्टि लिएको छ, जसलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने दिगो आर्थिक समृद्धि हासिल गर्न स्थानीय सरकार, निजी क्षेत्र तथा अन्य सरोकारवालाबिच सशक्त बहुपक्षीय सहकार्य आवश्यक छ ।कीर्तिपुरको आर्थिक सम्भावना उच्च छ । विशेष गरी पर्यटन, उद्योग, व्यवसाय, हस्तकला, कृषि तथा शिक्षासँग सम्बन्धित क्षेत्रलाई प्रवर्धन गरेर कीर्तिपुरलाई एक आर्थिक केन्द्रका रूपमा स्थापित गर्न सकिन्छ, विशेष गरी लघु तथा मध्यम उद्योग, हस्तकला, जडीबुटी, वस्त्र उद्योग, तथा सहरी कृषि प्रवर्धनका क्षेत्रमा । काठमाडौँ उपत्यका विकास प्राधिकरणले कीर्तिपुरलाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने सम्भावनालाई औँल्याएको छ । जोखिम संवेदनशील भूउपयोग योजना अनुसार व्यवस्थित सहर विस्तार, भूमि एकीकरण कार्यव्रmम र सहरी कृषि प्रवर्धनले कीर्तिपुरको स्थानीय उत्पादन र खाद्य सुरक्षालाई बल पु¥याउने छ साथै हस्तकला तथा घरेलु उद्योगको प्रवर्धन गरी स्थानीय रोजगारी सिर्जना गर्न सकिन्छ । पर्यटन कीर्तिपुरको प्रमुख आर्थिक सम्भावना क्षेत्र हो । यहाँका ऐतिहासिक सम्पदा बाघभैरव मन्दिर, चिलन्चो स्तूप, पुराताìिवक सम्पदा तथा नेवारी वास्तुकलाले धार्मिक, सांस्कृतिक एवं अध्ययन पर्यटनका लागि आकर्षण बढाउन सक्छन् । खेल पर्यटनको प्रवर्धन गर्न कीर्तिपुर अन्तर्राष्ट्रिय व्रिmकेट मैदानलाई थप व्यवस्थित बनाउन आवश्यक छ । यहाँका धार्मिक स्थल, प्राचीन मठमन्दिर तथा सांस्कृतिक सम्पदा पर्यटकलाई आकर्षित गर्न सक्ने महìवपूर्ण साधन हुन् । यदि यी सम्पदाको संरक्षण, पुनर्निर्माण तथा प्रवर्धनमा लगानी गरियो भने कीर्तिपुरलाई एक प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिन्छ । सम्पदा पर्यटन, साहसिक पर्यटन तथा पर्यावरणीय पर्यटन प्रवर्धन गर्न आवश्यक छ । बाघभैरव मन्दिर, उमामहेश्वर मन्दिर तथा अन्य सांस्कृतिक सम्पदालाई व्यवस्थित रूपमा प्रवर्धन गर्नु पर्छ । पदयात्रामार्ग, साइकल ट्रेल तथा साहसिक पर्यटन तथा खेलकुदका कार्यव्रmम विकास गर्न सकिन्छ । चम्पादेवी जङ्गल, टौदह ताल तथा जलविनायक क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विस्तार गर्नु पर्छ । स्थानीय संस्कृति, जात्रा, पर्व तथा परम्परालाई पर्यटन व्यवसायसँग जोडेर दिगो आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । पारिस्थितिक पर्यटन, जलस्रोत व्यवस्थापन तथा दिगो आवास परियोजना कार्यान्वयन गरी कीर्तिपुरलाई हरित सहरका रूपमा विकसित गर्न सकिन्छ ।कीर्तिपुरमा उद्योग तथा व्यवसायको विकासका लागि विभिन्न सम्भावना छन् । हस्तकला, पस्मिना, ढाका कपडा तथा स्थानीय उत्पादनलाई प्रवर्धन गरेर रोजगारी सिर्जना गर्न सकिन्छ । साथै स्थानीय उद्योग तथा व्यवसायलाई आधुनिक प्रविधिसँग जोडेर उत्पादन शक्ति वृद्धि गर्न सकिन्छ । स्थानीय उत्पादन प्रवर्धन गर्न ‘एक वडा एक उत्पादन’ तथा ‘एक घर एक उत्पादन’ जस्ता कार्यव्रmम लागु गर्नु पर्छ । चोभार औद्योगिक क्षेत्र तथा अन्य स्थानमा साना तथा मध्यम उद्योगलाई प्रवर्धन गर्न सकिन्छ । स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने रणनीति अपनाउनु आवश्यक छ । स्थानीय उद्योग तथा व्यवसाय प्रवर्धन गरी रोजगारी सिर्जना गर्न आवश्यक छ । सांस्कृतिक, पर्यावरणीय तथा साहसिक पर्यटनलाई एकीकृत विकास गर्नु पर्छ । नगरपालिकाले निजी क्षेत्रसँग सहकार्य गरी पूर्वाधार विकासमा लगानी गर्नु पर्छ ।कृषि तथा हरित अर्थतन्त्र कीर्तिपुरका लागि अर्काे महìवपूर्ण क्षेत्र हो । यहाँ जैविक कृषि, जडीबुटी खेती तथा हरित सहर विकास कार्यव्रmमलाई प्रवर्धन गर्न सकिन्छ । जैविक कृषि तथा सहकारी खेतीलाई प्रवर्धन गर्न आधुनिक प्रविधिको उपयोग गर्नु पर्छ । त्रिभुवन विश्वविद्यालय तथा राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरेर अनुसन्धान तथा नवीनतम प्रविधिलाई स्थानीयस्तरमा कार्यान्वयन गर्न सकिन्छ । युवा रोजगारी सिर्जना गर्न सिप विकास तालिम सञ्चालन गर्नु पर्छ । शिक्षा र अनुसन्धानमा लगानी गर्दै स्थानीय युवालाई नवप्रवर्तनशील उद्यमशीलताको अवसर प्रदान गर्नु पर्छ । समृद्धि निर्माणका लागि कीर्तिपुरमा वातावरणीय दिगोपन कायम राख्दै आर्थिक विकासका अवसर सिर्जना गर्नु अपरिहार्य छ । सहरी हरियाली प्रवर्धन, सहरी वन विस्तार, फोहोर पुनः चव्रmण तथा व्यवस्थापन, हरित भवन प्रवर्धन र नवीकरणीय ऊर्जाको उपयोगमार्फत कीर्तिपुरलाई एक आदर्श हरित सहर बनाउने प्रयास गर्नु पर्छ । कीर्तिपुरको विकासलाई दिगो विकास लक्ष्यसँग जोडेर अघि बढाउनु आवश्यक छ । समावेशी आर्थिक वृद्धि, दिगो सहरीकरण, जलवायु परिवर्तन न्यूनीकरण तथा भूउपयोग जस्ता लक्ष्यलाई आत्मसात् गर्दै कीर्तिपुरको योजनाबद्ध विकासमा ध्यान दिनुपर्छ । कीर्तिपुर नगरपालिकासँग आर्थिक विकास, पूर्वाधार विस्तार तथा वातावरणीय दिगोपनका लागि अपार सम्भावना छन् । योजनाबद्ध सहकार्य, दीर्घकालीन रणनीति तथा प्रभावकारी कार्यान्वयनमार्फत कीर्तिपुरलाई दिगो, हरित, समावेशी तथा समृद्ध नगरका रूपमा विकास गर्न सकिन्छ ।
अनैतिक आन्दोलन
स्वार्थ समूह र सम्बन्धित दबाबसामु सङ्गठनका कुरा सुन्नु पर्छ तर स्वार्थ समूहकै दबाबमा झुक्ने राज्यले समग्र समाजको स्वार्थको रक्षा गर्न असमर्थ हुन्छ । जब यस्ता स्वार्थ समूहले आफ्नो भूमिकाको सीमा नाघेर हस्तक्षेप गर्छन्, त्यतिबेला उनीहरूसँग राज्यले पनि कठोर व्यवहार गर्नु पर्छ ।झन्डै दुई सातादेखि शिक्षकहरू सडकमा छन् । तिनले सरकारको सन्नीमा समात्न भन्दै एसइईको कापी जाँच्न रोकेका छन् । वैशाख १२ गतेका लागि निर्धारित १२ कक्षाको परीक्षाको काममा सामेल नहुने घोषणा गरेका छन् र विद्यालयमा चार दिनअघिबाट निर्धारित नयाँ शैक्षिक सत्रमा विद्यालय भर्नालगायतका काम ठप्पै पारेका छन् । उनीहरू हाकाहाकी राज्य सञ्चालनका आधारभूत सिद्धान्त तय गरेको संविधानलाई पनि नमान्ने भन्दै जोरजुलुम गर्दै छन् । सरकार र राजनीतिक दलहरू यस्तो आन्दोलनका अगाडि झुक्दै गएको देखिएको छ । केही दिनअघि म शिक्षकका मागमा आँखा डुलाउँदै थिएँ । १८ बुँदामध्ये विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र सरकारले सार्वजनिक शिक्षामा साधारण मानिसको पहुँच बढाउन तथा सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्न के अपनाएका नीतिलाई भने पूरै बेवास्ता गरेका छन् । विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक एउटा कम्पोनेन्ट मात्र हो, विद्यार्थी, अभिभावक, पाठ्यव्रmम, पाठ्यसामग्री, भौतिक पूर्वाधार अरू कम्पोनेन्ट तर शिक्षक केवल एउटा कम्पोनेन्टका कुरा उठाएर राज्यलाई झुकाउन खोज्दै छन् । २०३७ र २०३८ सालका शिक्षक आन्दोलनमा सामेल भएको र २०४३ सालमा कास्कीको शिक्षक सङ्गठनको कार्यसमिति सदस्यका रूपमा काम गरेकाले म शिक्षकप्रति केही झुकाव राख्छु तर म अहिले शिक्षकले गरेका आन्दोलनका मागमा सहमत हुन सकिनँ । खास गरी त्यसको मर्ममा जसले विद्यालय व्यवस्थापनसम्बन्धी अधिकार अभ्यास गर्ने निर्वाचित स्थानीय सरकारको संविधानप्रदत्त अधिकारलाई चुनौती दिन्छ, आफूलाई अभिभावकभन्दा एक तहमाथिको भन्ने घमण्ड गर्छ । यो एकप्रकारले अनैतिक आन्दोलन पनि हो ।राज्यले संविधान बनेको १० वर्ष पुग्न लाग्दासम्म शिक्षासम्बन्धी संविधानको आशय र व्यवस्थापनसम्बन्धी सिद्धान्तलाई व्यवहारमा लागु गर्न अनिवार्य सर्तका रूपमा रहेको शिक्षा ऐन नल्याएर दुनियाँलाई उल्लु बनाएको कुराको जति विरोध गरे पनि कम हुन्छ तर यसको अर्थ शिक्षक सङ्गठन अर्थात् ट्रेड युनियनका अनावश्यक दबाबसामु झुुक्दै राज्यलाई घँुडा टेक्न लगाउने राजनीतिक नेतृत्वको शैलीलाई पटक्कै समर्थन गर्न सकिन्न । हालै सङ्घीय निजामती ऐनको प्रस्तावित विधेयकमाथिको छलफलका व्रmममा संसदीय उपसमितिले निजामती कर्मचारीलाई उनीहरूले अवकाश लिएको दुई वर्षसम्म अर्को राजनीतिक नियुक्तिमा जान नपाउनेसम्बन्धी प्रस्ताव उल्ट्याएर त्यस्तो कुलिङ पिरियड नराख्ने सहमति गरेको समाचार आएको थियो । सङ्घीय निजामती कर्मचारीसम्बन्धी ऐन नबनेर सङ्घीय प्रणालीकै बदनाम भइरहेका बेला पनि मुख्य राजनीतिक दलहरूको ढुलमुलेपन र अवसरवादी सोचाइका कारण कर्मचारी ऐन निर्माणमा हाबी हुँदै गए । यसको परिणाम अहिलेसम्म पनि सङ्घीय प्रणाली अनुरूपको निजामती सेवा व्यवस्थापन भएको छैन । यसमा पनि कर्मचारी सङ्गठनको दबाबसामु राजनीतिक दलको नेतृत्व झुक्दै गएकैले यो समस्या आइरहेको बुझ्न कठिन छैन । यो समस्याले नेपाल वायुसेवा निगम, सिमेन्ट उद्योगलगायतका संस्थान, विश्वविद्यालय, निजी क्षेत्रका व्यावसायिक प्रतिष्ठानसमेतको हुर्मत लिने काम भएको छ । विश्वविद्यालय त भिसीलगायत पदाधिकारीको नियुक्तिमा विद्यार्थी, कर्मचारी र प्राध्यापक सङ्घ सङ्गठनको दबाबकै कारण डुबेका छन् । यस्तो लाग्छ ट्रेड युनियनहरू आफैँ कार्यरत संस्थामा आगो झोसेर खरानी पोको पार्दै घरतिर दौडिन हतारमा हुन्छन् र राजनीतिक नेतृत्व उनीहरूले ल्याउने खरानीमा आफ्नो आङ सेकाउन व्यस्त छ ।ट्रेड युनियनको ऐतिहासिक भूमिकाट्रेड युनियन आन्दोलन पँुजीवादी उत्पादन पद्धतिकै सहउत्पादन हो । निजी प्रतिष्ठानले श्रमको अत्यधिक शोषण गरेर आफ्नो मुनाफा वृद्धि गर्ने जस्तोसुकै हतकन्डा पनि अपनाउने, कुनै पनि बेला कामदारलाई कामबाट निकाल्ने, उसलाई केवल बाँच्न र उसको मृत्युपछि आवश्यक पर्ने श्रम गर्ने उत्तराधिकारी जन्माउन सक्ने गरी मात्र ज्याला दिने गर्थे । यस्ता प्रतिष्ठानमा काम गर्ने श्रमिकको दयनीय र अमानवीय अवस्थाबारे फ्रेडरिक एङ्गेल्सले आफ्नो प्रसिद्ध कृति ‘कन्डिसन अफ वर्किङ क्लास इन इङ्ल्यान्ड’ मा विस्तारमा चर्चा गरेका छन् । यस्तो अवस्थाबाट मुक्त हुन मजदुरहरू सङ्गठित हुन थालेपछि नै ट्रेड युनियनको स्थापना र विश्वव्यापी विस्तार भएको हो । बेलायतको चर्चित चार्टिस्ट आन्दोलन ट्रेड युनियन आन्दोलन सङ्गठित उद्योगमा भएका पहिलो चरणको मजदुर आन्दोलनको अभिव्यक्ति थियो । पछि गएर अरू पेसा र व्यवसायका कामदारमा यस्ता सङ्गठन विस्तार हुँदै गए ।निश्चय नै खास गरी मजदुर, किसान र विद्यार्थी सङ्गठनको विश्वको राजनीतिक आन्दोलनमा अग्रणी भूमिका छ तर राजनीतिक रूपले कुनै अधिनायकवादी व्यवस्थालाई विस्थापित गरेर लोकतान्त्रिक पद्धतिको विकास भएका देशमा ट्रेड युनियनको भूमिका आफ्नो पेसागत हक हितका पक्षमा प्रतिष्ठानलाई निरन्तर दबाबमा राख्न सीमित रहन्छ । यस्ता सङ्गठन वरपर हजारौँ लाखौँको सङ्ख्यामा सङ्गठित रहने कामदारको मतले चुनावमा अर्थपूर्ण हस्तक्षेप गर्न सक्ने भएकाले राजनीतिक दल पनि यस्ता सङ्गठन बनाउन या उनीहरूका मागबारे सकारात्मक पक्षपोषण गर्न बाध्य हुन्छन् । यसले विश्वका विकसित पुँजीवादी प्रजातन्त्र भएका देशमा समेत अर्थपूर्ण भूमिका खेलिरहेकै छ । ट्रेड युनियन र विद्यार्थी सङ्गठन मूलतः राजनीतिक प्रकृतिका संस्था हुन् । यस्ता सङ्घ सङ्गठनसँग मूलतः चार वटा शक्ति हुन्छन् । पहिलो, यिनीहरू सङ्गठित हुने भएकाले राजनीतिक दलको प्रचारप्रसार र प्रतिपक्षी शक्तिलाई कमजोर बनाउन यस्ता सङ्गठन काम लाग्छन् । दोस्रो, तलब र सुविधा मात्र होइन, संस्थाको दोहन गरेरसमेत यसका पदाधिकारीले कमाउन सक्ने भएकाले उनीहरू राजनीतिक दलका लागि दाता सरह हुन्छन्, लेबी र चन्दा सहयोगको स्रोत बन्छन् । तेस्रो, दबाब सिर्जना गरेर सम्बन्धित संस्था (विद्यालय, विश्वविद्यालय, संस्थान र सरकारमातहतका कार्यालय) को नीति निर्माणमा हस्तक्षेप गर्छन् । चौथो, दबाबका माध्यमबाट नेतृत्व छनोटमा राजनीतिक दलका हितको सुरक्षा गर्छन् । साना हुन् या ठुला दल सङ्घ सङ्गठनका उपरोक्त भूमिकाबाट राजनीतिक लाभ हासिल गर्न लालायित हुन्छन्, जसले अन्ततोगत्वा राज्यलाई र सम्बन्धित संस्थालाई पनि हानि गर्छ ।पुच्छरले हल्लाइरहेको शरीरविराटनगर जुटमिलमा २००४ सालमा भएको मजदुर आन्दोलनदेखि नै नेपालमा थालनी भएको ट्रेड युनियनले आन्दोलन २०३६ सालपछि शक्ति आर्जन गर्दै गएको हो । यस्ता सङ्गठनको निर्माणमा नेपालका कम्युनिस्ट र उदारवादी दुवै खाले राजनीतिक दलको सव्रिmय भूमिका रहेको छ । २०४६ सालको आन्दोलनपछि राजनीतिक दलको नेतृत्वमा सरकार बन्न थालेदेखि नै खास गरी कर्मचारी, शिक्षक र प्राध्यापकका सङ्गठन, संस्थानका ट्रेड युनियन थप प्रभावकारी मात्र बनेनन्, आफ्ना पेसागत हितमा सीमित नरहेर उनीहरू आफू कार्यरत संस्थालाई नै ट्रेड युनियनको स्वार्थ अनुरूप चलाउन सव्रिmय भए । यसले हाम्रो शासनप्रणालीमा उत्तरदायित्वको अभाव हुर्काउन मद्दत गरेको छ । सुशासन र सेवा प्रवाहलाई सहज बनाउन यस्ता सङ्गठनले कहिल्यै योजनाबद्ध र सङ्गठित प्रयास गरेको थाहा पाइएको छैन । कर्मचारी सङ्गठनमा काम गरेकै कारणले उनीहरुको पहुँच सिधै प्रधानमन्त्री र मन्त्रीसम्म हुने र कतिपय अवस्थामा मन्त्रालयका सचिव र सहसचिवसम्मको सरुवा बढुवामा समेत यिनीहरूको हात बलियो हुने भएकाले प्रशासनमा उल्टो सोपान निर्माण भएको छ । टिप्पणी तलबाट माथितिर सर्ने प्रकृतिको हुन्छ भने निर्णय चाहिँ माथिबाट हुने र तलकाले लागु गर्ने पद्धति हुन्छ तर राजनीतिक शक्तिका आडमा सचिवलाई पहिले निर्णय गर्न लगाएर पछि टिप्पणी उठाउन बाध्य पार्ने र सचिवले सुब्बासँग या शाखा अधिकृतसँग खुसामद गर्नुपर्ने अवस्था सिर्जना भएको छ भनिन्छ ।गत फागुनमा हाम्रो आमा र बाको अन्तिम संस्कार लगातार जस्तो गर्नु परेको थियो । त्यसव्रmममा कर्मचारीदेखि शिक्षक र पत्रकारदेखि राजनीतिक व्यक्तित्वसम्म भेटघाटका लागि आएका थिए । यसरी आउनेमध्ये भएका राजनीतिक कुराकानीमा केही महìव पाएको विषय सुशासनको अभावबारे थियो । सिंहदरबारमै कर्मचारीका रूपमा कार्यरत केही साथीका अनुभवमा एउटै निष्कर्ष थियो, अहिलेको समस्याको ८० प्रतिशत कारण नेपालको नोकरसाही संयन्त्र हो । यसलाई सही लिकमा ल्याउन सके सुशासन र विकासले गति लिन्छ (केहीले त जोड दिएरै यो विषयमा कलम चलाउन मलाई आग्रहसमेत गरेका थिए) । यसका पछाडि ट्रेड युनियनको दबाब र त्यसको बाटो दीक्षित भएर हुर्केको नेतृत्वको हात छ भनेर विश्वास गर्न सकिन्छ । मसँग यस सम्बन्धमा कुरा गर्ने ९० प्रतिशतले कर्मचारी संयन्त्र र १० प्रतिशत जतिले मात्र राजनीतिक नेतृत्वलाई दोष दिने गरेका छन् (यसको सत्यापनमाथि पूरा दाबी गर्ने अनुसन्धान भए÷नभएको मलाई थाहा छैन) ।ट्रेड युनियनहरू आधुनिक लोकतन्त्रका अभिन्न अंश हुन् । कतिसम्म भने पञ्चायत जस्तो अधिनायकवादी व्यवस्थाले समेत आफ्ना समर्थक सङ्गठन बनाउने गथ्र्यो । कम्युनिस्ट आन्दोलनमा त ट्रेड युनियन राजनीतिका मुख्य आधार नै हुन् । अझ भन्दा मजदुर सङ्गठन साम्यवादी दलका लागि मातृसंस्था सरह हो । यस्ता दबाब समूहको अभावमा सत्ता या राज्य निरङ्कुश बन्ने जोखिम रहन्छ । यसै गरी खास गरी निजी प्रतिष्ठानले मजदुरको श्रमको अत्यधिक शोषण गर्ने र त्यसबाट सामाजिक, आर्थिक असमानता बढ्ने, अर्थतन्त्रमा प्रभावकारी मागमा कमी आउने र समग्रमा सामाजिक असन्तोष र विद्रोह हुने सम्भावना पनि बढ्न सक्छ तर यसको भूमिका पुँजीपतिको प्रतिष्ठानकै व्यवस्थापनमा हस्तक्षेप गर्ने, के उत्पादन गर्ने, कति उत्पादन गर्ने र बजारमा कसरी लाने भन्नेसम्मको विषयमा दखल दिन थाल्यो भने चाहिँ यो उत्पादक शक्तिको विकासमा बाधक हुन सक्छ । यस्तो हुनु विद्रोहको अवस्था हो, शान्तिपूर्ण राजनीतिक अवस्था होइन । अहिले त यस्तो देखिँदै छ, संविधान र कानुन हातमा लिने तर कुनै जिम्मेवारी वहन नगर्ने शक्तिलाई सरकार र राजनीतिक दलले पुठोमा हात लगाएर उचालिरहेका छन् । हाम्रो राज्य प्रणाली जति यस्ता सङ्गठनको दबाब अनुरूप ऐन बनाउन, नीति नियम बनाउन थाल्छ, त्यसपछि राज्यले समग्र समाजको नेतृत्व गर्ने आधार र नैतिक बल दुवै गुमाउँछ । यहाँनिर उठाउन खोजिएको कुरा यति हो कि राजनीतिक नेतृत्वले राज्यका आधारभूत नीति बनाउने र त्यसलाई कार्यान्वयन गर्न आवश्यक ऐन बनाउने हो । यसमा स्वार्थ समूह र सम्बन्धित दबाबसामु सङ्गठनका कुरा सुन्नु पर्छ तर स्वार्थ समूहकै दबाबमा झुक्ने राज्यले समग्र समाजको स्वार्थको रक्षा गर्न असमर्थ हुन्छ । जब यस्ता स्वार्थ समूहले आफ्नो भूमिकाको सीमा नाघेर हस्तक्षेप गर्छन्, त्यतिबेला उनीहरूसँग राज्यले पनि कठोर व्यवहार गर्नु पर्छ । यसतर्फ हाम्रो सरकार र राज्यका निकायको ध्यान जाओस् ।