• ६ वैशाख २०८२, शनिबार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

blog

खेल रद्द भएपछि हात मिलाउँदै नेपाल र अफगानिस्तानका खेलाडी । तस्बिर सौजन्य : क्यान

काठमाडौँ, वैशाख ६ गते । आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ ।

मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा शनिबारका लागि तय भएको अन्तिम खेल टस नै नभइ रद्द भएको हो । अफगानिस्तानले नेपाललाई नेट रनरेटका आधारमा पछि पार्दै सन् २०२६ मा जिम्बावे र नामिबियामा आयोजना हुने विश्वकपमा छनोट भयो ।

बिहान ९:३० वजेदेखि सुरु हुनुपर्ने खेल मैदान भिजेका कारण टस समेत हुन सकेन । जसले गर्दा जित्ने पर्ने खेल रद्द हुँदा नेपालको विश्वकपमा छनोट हुने सपना अधुरै रह्यो ।

खेल रद्द भएसँगै नेपाल र अफगानिस्तानले एक एक अङ्क बाँडे । नेपाल र अफगानिस्ताले सात सात अङ्क बनाएपनि अफगानिस्तान नेट रन रेटमा अगाडि रह्यो । नेट रनरेटमा अफगानिस्तानको ४.८१ र नेपालको ३.५७ थियो ।

पाँच टोली सहभागि छनोट खेलमा यसअघि नेपालले संयुक्त अरव इमिरेट्स (युएई), हङकङ र ओमानलाई हराएको थियो ।