सिनेमा हल व्यवसायको फड्को
नेपालमा सिनेमा हलहरूको राम्रो विकास हुने वातावरण बन्न सक्यो भने हजारौँ मानिसका लागि रोजगारीको ढोका खोल्न सकिन्छ तर राज्यले उचित सहयोग नगर्दा यो क्षेत्र अहिले जर्जर अवस्थामा छ ।
मकैको खोस्टा र थाकलको पातबाट आत्मनिर्भर बन्दै महिला
बाँकेको राप्ती सोनारी गाउँपालिकाका महिलाले सुकेको मकैका खोस्टा र वन जङ्गलमा पाइने थाकलको पातबाट फूल लगायत विभिन्न आकर्षक सामग्री बनाएर आत्मनिर्भर बन्दैछन्।
आयुर्वेद चिकित्सालयलको सेवा बिहान ६ बजेदेखि
बिरामीको सहज उपचारका लागि दमौलीस्थित प्रदेश आयुर्वेद चिकित्सालयले बिहान ६ बजेदेखि सेवा सुरु गरेको छ । बढ्दो गर्मीसँगै बिरामी चाप बढेकोले बिहान १० देखि ३ बजेसम्म सेवा प्रवाह गरिँदै आएकोमा अब बिहान ६ बजेदेखि सेवा सुरु गरिएको आयुर्वेद चिकित्सालयले जनाएको ।
एक वर्षमा थपिए ७९१ जना औलोका बिरामी
सरकारले सन् २०२६ सम्ममा स्थानीय औलोका बिरामीको सङ्ख्यालाई शून्यमा पुर्याउने र सो स्थितिलाई कायम राख्ने लक्ष्य लिएको भए पनि यसको जोखिम कायम नै छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७९१ जनामा औलो पुष्टि भएको छ।
कान्ति लोकपथ १५ दिन बन्द हुने
हेटौँडा-काठमाडौँ जोड्ने कान्ति लोकपथ सडक खण्डमा सवारी आवागमन बन्द हुनेभएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी गर्दै मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन-बगुवा सडक खण्डमा सडकको चौडाइ विस्तारका लागि सवारी आवागमन बन्द हुने जानकारी दिएको हो।
बारपाकवासी भन्छन्, ‘भूकम्पपछि गाउँको मौलिक चिनारी बचाउन सकिएन’
गोरखा भूकम्पको ‘इपिसेन्टर’ गोरखाको बारपाक गाउँ वीरताको गाथा कोरिएको ऐतिहासिक एवम् पर्यटकीय गाउँ हो । जगदेखि छानोसम्म ढुङ्गा र काठबाट बनेका एकै स्वरुपमा जोडिएर रहेका एक हजार ३०० भन्दा बढी घर बारपाकको अर्को छुट्टै मौलिकता र चिनारी थियो ।
विष सेवनबाट तीन बालबालिकाको मृत्यपश्चात् आमाको पनि निधन
धनुषाको सहिद नगरपालिका–५ यदुकोहामा विष सेवनबाट गत सोमबार तीन बालबालिकाको मृत्युको घटनामा आमाको पनि चार दिनपछि निधन भएको छ । विष सेवनवाट गम्भीर हुनुभएकी आमा पवित्रा साहको जनकपुरधामस्थित रामजानकी अस्पतालमा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
२०७२ यता नेपालमा ८३७ पटक भूकम्प
केन्द्रका भूकम्पविद् तारा पोख्रेलले २०७२ साल वैशाख १२ गतेदेखि हालसम्म नेपालमा ८३७ पटक चार रेक्टर स्केलभन्दा माथिको भूकम्प गएको बताउनुभयो । उहाँले साना ठुला सबै गरेर नेपालमा ५५ हजारभन्दा धेरै पटक भूकम्प गएको उल्लेख गर्नुभयो ।
गाजामा खाद्यान्न, इन्धन र खोपको गम्भीर अभाव
प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्र राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजामा करिब ५० दिनदेखि जारी नाकाबन्दीका कारण खाद्यान्न, इन्धन, खोप र चिकित्सा सामाग्री जस्ता अत्यावश्यक वस्तुहरूको गम्भीर अभाव भएको जनाएको छ ।
आवासीय चिकित्सकका माग पूरा गर्न सरकारी चिकित्सकको अपिल
नेपाल सरकारी चिकित्सक संघले आवासीय चिकित्सकका जायज मागलाई यथाशीघ्र पूरा गर्न अपिल गरेको छ ।
सिकलसेलका लागि निःशुल्क भ्याक्सिन वितरण प्रक्रिया सुरु
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको थारू समुदायको प्रमुख स्वास्थ्य समस्या सिकलसेल एनिमिया तथा थालसिमियाका बिरामीका लागि निःशुल्क भ्याक्सिन वितरण प्रक्रिया आरम्भ भएको छ ।
ललितपुर महानगरको विकास कसैले रोकेर रोकिँदैनः प्रमुख महर्जन
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिको विकास कसैले रोकेर नरोकिने बताउनुभएको छ । २०७२ सालमा गएको भूकम्पको संस्मरणमा ललितपुर महानगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
दशौँ राष्ट्रिय खेलकुद अनिश्चित
सङ्घीय सरकारले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पटकपटक सारिसकेको छ । आगामी जेठ ३ देखि १० गतेसम्म कर्णाली प्रदेशमा तय गरिएको नेपाली खेलकुदको महाकुम्भ अन्ततः नहुने भएको छ ।
सिन्धुपाल्चोकको फुल्पिङ्कोट केन्द्रविन्दु भएर भूकम्प
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर ५७ मिनेट जाँदा फुल्पिङकोट आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको हो ।
आकस्मिकबाहेक सबै सेवा ठप्प गरेर आन्दोलनमा आउन चिकित्सकलाई आह्वान
नेपाल चिकित्सक सङ्घले शुक्रबार आकस्मिक तथा सघन उपचार सेवाबाहेक सबै सेवा ठप्प गरेर आन्दोलमा आउन आह्वान गरेको छ ।
रुकुम पश्चिममा बस दुर्घटना : पाँच जना घाइते
रुकुम पश्चिमको नुवाकोटबाट छुटेको बस सल्यानमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । शुक्रबार बिहान सल्यानको बागचौर नगरपालिका ५ को खालबोटमा लु २ ख ६२७१ नम्बरको हाउस गाडी दुर्घटना भएको हो ।
आतङ्कवादविरुद्ध हातेमालो
कुनै पनि राजनीतिक वा अन्य लक्ष्य पूरा गर्न हिंसाको प्रयोग महाअपराध हो ।
शिक्षक, शिक्षा र सरकार
नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ । निजी विद्यालयमा भर्ना प्रक्रिया सकिएर पठनपाठन सुरु भयो ।
अदालतको अवहेलनामा हाम्रो अभ्यास
हामी स्वतन्त्रताको चरम अभ्यास गर्न चाहने र गर्न सक्ने युगमा बाँचिरहेका छौँ ।
अदालतमा ‘कोर्ट रुम टेक्नोलोजी’
अहिलेको युग एक्काइसौँ शताब्दीको युग हो
गोरखा भूकम्पको दस वर्ष
विनाशकारी गोरखा भूकम्प गएको १० वर्ष पूरा भएको छ ।
‘लोकतन्त्र सुदृढीकरणका लागि सबै एकजुट हुनु जरुरी छ’
नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले लोकतन्त्र सुदृढीकरणका लागि सबै एकजुट हुनु जरुरी रहेको बताउनुभएको छ ।
गण्डकी प्रदेश स्वास्थ्यमन्त्री पाठकद्वारा दमौली अस्पतालको निरीक्षण
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले तनहुँको सदरमुकाम दमौलीस्थित प्रदेश अस्पताल दमौलीको बिहीबार आकस्मिक अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
कश्मीर आक्रमणकारीलाई ‘पृथ्वीको कुनाकुना’सम्म खोज्ने भारतीय प्रधानमन्त्रीको प्रतिज्ञा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार कश्मीरमा २६ जनाको ज्यान जाने गरी भएको भीषण आक्रमणका लागि जिम्मेवार सबैलाई सजाय दिने प्रतिज्ञा गर्नुभएको छ ।