• १२ वैशाख २०८२, शुक्रबार

आवासीय चिकित्सकका माग पूरा गर्न सरकारी चिकित्सकको अपिल

blog

नेपाल सरकारी चिकित्सक संघ

काठमाडौँ, वैशाख १२ गते । नेपाल सरकारी चिकित्सक संघले आवासीय चिकित्सकका जायज मागलाई यथाशीघ्र पूरा गर्न अपिल गरेको छ ।

नेपाल चिकित्सक संघका हकहितका लागि बाध्ये भई उठाउका आन्दोलनका कार्यक्रम प्रति एक्यबद्धता जनाउँदै आवासीय चिकित्सकका जायज माग यथाशीघ्र पूरा गर्न अपिल गरेको हो ।

साथै, नागरिक समाजका अगुवा, बुद्धिजीवीलाई आन्दोलनमा साथ दिन संघका महासचिव डा.विजय कुमार शाहको अनुरोध छ । देशभरका स्वास्थ्य सेवा ठप्प पर्दा आम जनमानमा पर्न जाने असुविधा प्रति संघले दुःख व्यक्त गर्दै क्षमा मागेको छ । 

चिकित्सा शिक्षा आयोगको १६ औँ पूर्ण बैठकले गरेको निजी मेडिकल कलेजका आवासीय  चिकित्सकलाई सरकारी आठौँ तहको चिकित्सक सरह निर्वाह भत्ता पाउनुपर्ने निर्णय कार्यान्ययन नहुँदा एक महिनादेखि आवासीय चिकित्सक आन्दोलनमा छन् ।