• १२ वैशाख २०८२, शुक्रबार

रुकुम पश्चिममा बस दुर्घटना : पाँच जना घाइते

blog

रुकुम पश्चिमको नुवाकोटदेखि नेपालगन्ज जाँदै गरेको फोर्स गाडी दुर्घटना । तस्बिर : प्रतीक भट्टराई

प्रतीक भट्टराई
सल्यान, वैशाख १२ गते ।
रुकुम पश्चिमको नुवाकोटबाट छुटेको बस सल्यानमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । शुक्रबार बिहान सल्यानको बागचौर नगरपालिका ५ को खालबोटमा लु २ ख ६२७१ नम्बरको हाउस गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनालाई हातखुट्टामा चोट लागेको छ भने दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि सल्यानको बागचौर लगिएको र हालसम्म चालक फरार रहेको प्रहरी चौकी सिमखोलीका इन्चार्ज कृष्ण शाहले जानकारी दिनुभयो । घाइतेहरूको विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।