राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गर्नुभएको छ । आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
सुहाङलाई जिताउन अध्यक्ष ओलीको अपिल
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर २ मा एमालेले उम्मेदवार बनाएका युवा सुहाङ नेम्वाङलाई जिताउन यहाँका मतदाताहरुलाई अपिल गर्नुभएको छ ।
इजरायली आक्रमणले गाजामा हमासका पूर्वाधार नष्ट
मध्यगाजामा इजरायली सेनाले हवाई आक्रमण गरी रकेट लन्चर तथा हमासको आतङ्ककारी पूर्वाधार नष्ट गरेको छ । यसै क्रममा केही आतङ्ककारीहरूलाई पनि नष्ट गरेको इजरायली रक्षा बलले बुधबार जनाएको छ ।
एसिसी प्रिमियर कप : समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा
समूह ‘ए’को विजेता बन्दै नेपाल एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। समूह चरणको अन्तिम खेलमा बुधबार साउदी अरबलाई ६ विकेटले हराउँदै नेपाल चार खेलमा ८ अङ्क जोड्दै सेमिफाइनल प्रवेश गरेको हो।
नासाले मङ्गल ग्रहका नमुना फिर्ता गर्न नयाँ डिजाइन खोज्ने
अमेरिकी अन्तरिक्ष संस्था (नासा) ले मङ्गल ग्रहबाट पृथ्वीमा मूल्यवान् नमुनाहरू (सेम्पल) फिर्ता गर्न नवीन डिजाइनहरू खोजिरहेको छ । मङ्गल ग्रहबाट नमुना फिर्ता विगत दुई दशकदेखि अन्तर्राष्ट्रिय ग्रह अन्वेषणको दीर्घकालीन लक्ष्य हो ।
एमाले हुम्ला गाउँ कमिटी अधिवेशन जेठमा
तीन दिनअघि दसौँ जिल्ला अधिवेशन सम्पन्न गरेको नेकपा (एमाले) ले गाउँपालिका र वडा कमिटीको अधिवेशन आगामी जेठ २० गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।
एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो ७४ रनको चुनौती
एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा साउदी अरबले नेपाललाई ७४ रनको चुनौती दिएको छ।
नार्पाभूमिमा अझै पुगेन पाठ्यपुस्तक
चारवटा स्थानीय तह रहेको मनाङको नार्पाभूमिबाहेक अन्य तीन तहमा शैक्षिक सत्र सुरुवातसँगै पाठ्यपुस्तक उपलब्ध भएका छन् । नासो, चामे र मनाङ ङिस्याङमा पाठ्यपुस्तक उपलब्ध भएका हुन् ।
अर्थमन्त्री पुन र विश्व बैङ्कका दुई उपाध्यक्षबिच भेटवार्ता
अर्थमन्त्री वर्षमान पुनले विश्व बैङ्कका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गर्नुभएको छ । आकिहिको निसिओ विश्व बैङ्कका विकास वित्त (डीएफआई) परिचालन र ग्वाङ्झे चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुनुहुन्छ ।
वायु प्रदूषणले बिरामी बढ्दै
पछिल्लो समय वायु प्रदूषणले बिरामीको सङ्ख्या बढ्न थालेको छ । प्रदूषणले गर्दा श्वासप्रश्वासमा समस्या, रुघाखोकी, आँखा चिलाउने, पोल्ने समस्या लिएर आउने बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको नवलपुर जिल्ला अस्पतालले जनाएको छ ।
लुम्बिनीमा संसदीय समितिले पाए नेतृत्व
लुम्बिनीमा डेढ वर्षपछि संसदीय समितिले नेतृत्व पाएको छ। तीन ठुला राजनीति दलले विषयगत समितिको सभापतिका लागि भागबन्डा गरेका हुन्। सत्तापक्ष र विपक्ष दलको बिचमा सभापति बाँडफाँड भएको हो ।
सडेको अवस्थामा शव फेला
मोरङको लेटाङ–१ को जङ्गलमा एक जनाको शव फेला परेको छ । लेटाङ –१ को कात्तिके भन्न ठाउँ नजिकै सुँगुरलाई चारो खोज्न जङ्गल गएका स्थानीयले चेपाहा खोल्सीमा सडेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ गरेको छ ।
बालाजु बाइसधारा मेला वैशाख ११ गतेदेखि
काठमाडौँको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारामा पाँचदिने बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला यही वैशाख ११ गतेदेखि सुरु हुने भएको छ ।
अब एक सातासम्मको मौसम पूर्वानुमान
जल तथा मौसम विज्ञान विभागले अब एक सातसम्मको मौसम पूर्वानुमान गर्ने तयारी गरेको छ । विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल तीन दिनसम्मको मात्रै मौसम पूर्वानुमान गर्दै आएको छ ।
राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै जसपा
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिएको बताउनुभएको छ ।
पोलियो पल
सन् १९५२, गर्मीका दिन थिए । टेक्सासका पल अलेक्जेन्डरलाई सन्चो महसुस भइरहेको थिएन । उनको घाँटी र टाउकोमा चोट लागेको थियो तथा उच्च ज्वरोले जिउ थला परेको । केही दिनमै छ वर्षका पल हिँडडुल गर्न, बोल्न र निल्न पनि नसक्ने भए । उनलाई पोलियो सङ्क्रमण भएको थियो । घाँटीमुनि लगभग पक्षाघात जस्तो भएर थला परेका पल त्यसपछिका सात दशक ठूलो स्टिलको भेन्टिलेटर ‘आइरन लङ’ अर्थात् लौह फोक्सोको सहारामा बाँचे । गत मार्च ११ मा ७८ वर्षको उमेरमा उनले अन्तिम सास लिए । सन् १९४० र १९५० को दशकमा अस्पतालका पोलियो कक्ष (वार्ड)मा आम देखिने लौह फोक्सोमा बाँचिरहेका पल अन्तिम व्यक्ति थिए । अघिल्लो महिना मात्र उनी कोभिड–१९ बाट सङ्क्रमित भएका थिए तर पछि निको भए ।
प्रदेश सरकारको खर्च निराशाजनक
चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिना बाँकी हुँदा बागमती प्रदेश सरकारको चालु आवका लागि विनियोजित बजेटको एक तिहाइको हाराहारीमा मात्र खर्च भएको छ । हालसम्म प्रदेश सरकारको विनियोजित बजेटको ३५ प्रतिशतभन्दा कम खर्च भएको हो ।
सोह्र विद्यालय समायोजन
रुकुमपश्चिमको सानीभेरी गाउँपालिकाले विभिन्न १६ विद्यालयलाई समायोजन गर्ने भएको छ । गाउँ कार्यपालिकाको निर्णय अनुसार विद्यालयलाई समायोजन, तह तथा कक्षा घटुवा र विद्यालयको शाखा विस्तार गरिने भएको हो । गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर विष्टले यसै शैक्षिक सत्रदेखि लागु हुने गरी १६ वटा विद्यालय समायोजनको निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा ११–१२ सञ्चालित चार वटा विद्यालयलाई कक्षा १० सम्म कायम गरिएको छ । शीतल मावि पक्रैया, बालज्योति मावि गिठाकोट, सूर्योदय मावि बेल्टापु र जनज्योति मावि मेलचौरलाई कक्षा १० सम्म समायोजन गरिएको हो । बैठकले भेरी दोभान मावि चाइनाबगरलाई कक्षा ९–१२ बाट कक्षा ८ सम्म कायम गरेको छ ।
विद्यार्थी घट्दा शिक्षक चिन्तित
बाजुराका अधिकांश विद्यालयलाई यो वर्षको नयाँ विद्यार्थी भर्ना अभियानमा कक्षा ६ र ९ मा विद्यार्थी कसरी ल्याउने भन्ने चिन्ता परेको छ । बुढीगङ्गा नगरपालिका र खप्तडछेडेदह गाउँपालिकालगायतका गाउँपालिकाले लिएको शैक्षिक सत्र २०८० को पालिकास्तरीय परीक्षामा कक्षा ५ र ८ का अधिकांश विद्यार्थी अनुत्तीर्ण भएपछि यो वर्ष यहाँका विद्यालयलाई ६ र ९ कक्षामा नयाँ विद्यार्थी भर्नाको चिन्ता परेको हो ।
सुशासन र समृद्धिको यात्रा
नेपालको संविधान जनताको आर्थिक, सामाजिक, व्यावसायिक तथा सांस्कृतिक हक अधिकारको प्रत्याभूति, आर्थिक विकास र समृद्धि एवं विकासको प्रतिफलको वैज्ञानिक बाँडफाँटको माध्यमबाट आर्थिक रूपान्तरण गर्दै जनताको जीवनस्तर उकास्ने दिशामा केन्द्रित छ । यस अर्थमा नेपाली जनताले प्रगतिशील, जनउत्तरदायी र प्रजातान्त्रिक संविधान पाएका छन् तर संविधानमा लेखेर मात्र जनउत्तरदायी शासन पद्धति भएको मान्न सकिँदैन । आवधिक निर्वाचनमा भोट दिने अधिकार हुँदैमा प्रजातान्त्रिक पद्धति मान्न कठिन हुन्छ । यो त नेतृत्वको आचरण र व्यवहार, उनीहरूले विकास गरेको शासकीय संस्कृति, राज्यका संयन्त्रहरूले निर्वाह गरेको भूमिका र जिम्मेवारी एवं सार्वजनिक निकायहरूले अवलम्बन गरेको सेवा प्रवाह पद्धति र प्राप्त भएको विकासको प्रतिफलका आधारमा जनताले अनुभूत ग
अभ्यासमा स्थानीय सरकार
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अन्तर्गत राज्यको पुनर्संरचना भई नयाँ स्वरूपमा तीन तहका सरकार सञ्चालन भएको करिब एक दशक हुन लागेको छ । स्रोतलाई विकेन्द्रित गरी जिल्ला विकास समितिमार्फत विकासको अभ्यास गरिएको पुरानो संरचनालाई विस्थापन गरी अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत वित्तीय स्वायत्तताका साथ स्थानीय तहहरूलाई अधिकार सम्पन्न तुल्याइएको छ । स्थानीय तहको शासन, विकास र सेवा प्रवाहका तमाम विषयहरूलाई सम्बोधन गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सम्पूर्ण पक्षहरूलाई समेट्न सकेको छैन । यसर्थ आधा दशकभन्दा बढी अभ्यासको अनुभवको आधारमा यसको परिमार्जन गर्ने काम अघि बढेको छ ।
सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु
मंगलबारबाट सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । मंगलबार दिउँसो अपराह्न ४ बजेबाट मच्छिन्द्र बहालदेखि आर्यालोकितेश्वरको मूर्तिलाई मन्दिरबाट बाहिर ल्याई भक्तजनको लावालस्कर साथ तीनधारा पाठशालामा निर्माण गरिएको शिखर शैलीको रथमा बिराज गराइएको हो ।
सङ्घीय प्रणालीका आधारमा बजेट ल्याउन सरकारलाई अर्थविद्को सुझाव
सरकारले आगामी आर्थिक वर्षको बजेट सङ्घीय प्रणालीमा रहेको अभास हुनेगरी ल्याउन अर्थविद्हरुले सुझाव दिएका छन् । मङ्गलबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा भएको प्रि–बजेट छलफलमा अर्थविद्हरुले सरकारलाई यस्तो सुझाव दिएका हुन् ।