• १३ साउन २०८१, आइतबार

गर्मी बढेपछि हरिवनका विद्यालय चार दिन बिदा

blog

जनार्जन खत्री

सर्लाही, जेठ २८ गते । गर्मी अत्यधिक बढेपछि सर्लाहीको हरिवन नगरपालिकाले चार दिनका लागि विद्यालय बन्द गरेको छ । नगरपालिकाले सोमबार सूचना जारी गरी चर्को घाम, उच्च तापक्रम र तातो हावाका कारण पठनपाठन सञ्चालन गरिरहँदा विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएको भन्दै शुक्रबारसम्म नगरभित्रका सम्पूर्ण विद्यालय बन्द रहने जानकारी दिएको हो । 

हरिवन नगरपालिकाको शिक्षा शाखाका संयोजक रुसस्टालिन चौलागाईंले मङ्गलबारदेखि आगामी शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो । 

अत्यधिक गर्मी भएपछि हरिवन नगरपालिकाले मध्य जेठमा पनि केही दिन विद्यालय बन्द गराएको हाे । पानी परेर गर्मी कम भएपछि पठनपाठन सूचारु गरिएकोमा विगत केही दिनदेखि फेरि असाध्यै गर्मी हुन थालेपछि विद्यालय बन्द गर्ने निर्णय भएको शिक्षा अधिकृत चौलागाईंले बताउनुभयो । 

सर्लाहीसहित तराईका जिल्लामा विगत चार दिनदेखि अत्यधिक गर्मी बढ्दा जनजीवन आक्रान्त बनेको छ । गर्मीले विद्यालयमा विद्यार्थीको उपस्थिति कम हुन थालेको छ भने विद्यालय आएका विद्यार्थी आलश्य भएर बस्ने, गर्मीले बेहोस हुने जस्ता समस्या देखिन थालेको शिक्षकले बताउनुभएको छ ।