वन व्यवस्थापनका आधार
काठ, दाउरा, स्याउलासोत्तर र जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको आपूर्तिद्वारा स्थानीय जीविकोपार्जन तथा मुलुकको राष्ट्रिय अर्थतन्त्रको वृद्धिमा वन क्षेत्रको अहम् महत्व रहेको छ । कृषि अर्थतन्त्रको निर्माण, पर्यापर्यटन उद्यमशीलताको प्रवर्धन, जलस्रोतको दिगो विकास, जैविक विविधताको संरक्षण, प्राकृतिक सन्तुलन, स्वच्छ वातावरण तथा जलवायु परिवर्तनको न्यूनीकरण, अनुकूलन र समुदाय तथा पारिस्थितिकीय प्रणालीको उत्थानशीलता अभिवृद्धिमा पनि वन क्षेत्रको योगदान महìवपूर्ण छ । नेपाल पक्ष रहेको संयुक्त राष्ट्रसङ्घीय दिगो विकासका प्रस्तावित लक्ष्यको ८० प्रतिशत अंश जैविक विविधता क्षेत्रको संरक्षण, संवर्धन तथा विकासमार्फत हुने अध्ययनबाट देखिएको छ । यसै गरी नेपालले अनुमोदन गरेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन खाका महासन्धि तथा पेरिस सम्झौता अनुसारका लक्ष्य प्राप्तिका लागि एक तिहाइ योगदान प्रकृतिमा आधारित समाधानबाट प्राप्त हुने विषय प्रस्ट उल्लेख छ ।
रोकिएन असारे विकास
पुँजीगत खर्च कम भयो, पुँजीगत खर्च कसरी बढाउने भन्दै अर्ती उपदेश दिन्छौँ तर पुँजीगत खर्चको ठुलो हिस्सा ओगटेको सडक निर्माणको कार्यलाई असारको पानी कुरेर बस्छौँ । पानी दर्कन थालेपछि सुरु गर्छौं बाटो खन्न । पूँजीगत बजेटलाई खर्च गरेर विकासलाई व्यवस्थापन गर्न सक्नुपर्ने हो, खोइ त सकेको ? राष्ट्रिय बजेट खर्चले खर्चको ‘भ्यालु फर मनी’ कायम गर्न सक्नुपर्ने होइन र ? असारे विकासमा असारको पानीसँगै पुँजीगत बजेटको ठुलो हिस्सा बगाउने गरेका छौँ । असारे झरीमा पिच गरेको सडकमा एक महिनापछि साउने झरीले निकै ठुला ठुला खाडल बनाउँछ भने यो दोष झरीको होइन, हाम्रो
जेठ ३१ देखि मेलम्चीको पानी रोकिने
जेठ ३१ गतेदेखि मेलम्चीको पानी वितरण बन्द हुने भएको छ । जेठको दोस्रो सातादेखि नै मेलम्ची खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेदेखि आयोजनाको सुरुङमा पानी पथान्तरण रोकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । जेठ ३१ देखि नै नेपालमा मनसुन सक्रिय हुँदै छ । समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले मनसुन सुरु नहुँदै खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेबाट आयोजनाको सुरुङमा पानी पथान्तरण रोकिने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यही जेठ ३१ गतेबाट सुरुङमा पानी पथान्तरण बन्द गर्ने खानेपानी मन्त्रालयमा निर्णय भएको छ तर मनसुन भित्रिए पनि ठुलो पानी नपर्दासम्म पानी पथान्तरण बन्द गरिने छैन ।”
प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत प्रस्थान गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालका लागि आज अपरान्ह हुने शपथ ग्रहण कार्यक्रममा भाग लिन प्रधानमन्त्री प्रचण्ड नेपाली टोलीसहित दिउँसो त्यता प्रस्थान गर्नुभएको हो ।
नेपालको विकास गरी युवा फर्काउँछौँ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरु कामको खोजीमा विदेश गए पनि नेपाललाई बनाएर पुनः नेपाल फर्काइने बताउनुभएको छ । नेपालको विकास गरेर युवा जनशक्तिलाई यही रोजगारी सुनिश्चित गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
तिनाउ खोलामा डुबेर भारतीय नागरिकको मृत्यु
पाल्पामा डुबेर एक जना भारतीय पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत कानपुरका ३५ वर्षीय फहीम अहमद रहेको प्रहरीले जनाएको छ ।
पर्यटन प्रवर्द्धन गर्न चियाबारी–सिन्धुलीगढी पदयात्रा
आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–२ चियाबारीदेखि वडा नं. ३ स्थित ऐतिहासिक सिन्धुलीगढीसम्मको क्याप्टेन किनलक पदमार्गमा शनिबार पञ्चेबाजासहित पदयात्रा सम्पन्न भएको छ ।
राहुल गान्धी भारतको विपक्षी दलका नेता नियुक्त
प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख प्रतिद्वन्द्वी राहुल गान्धीलाई शनिबार संसदमा भारतको विपक्षीको नेतृत्व गर्न मनोनयन गरिएको छ ।
सुर्खेतमा श्रमाधान मेला: रोजगारी पाउने आसमा युवा
शनिबार दिउँसो दैलेखको नौमुले गाउँपालिकाका सविन थापा वीरेन्द्रनगरमा सञ्चालन भइरहेको श्रमाधान रोजगार मेलामा भेटिनुभयो । हुन त उहाँ वैदेशिक रोजगारीको सिलसिलामा विगत एक दशकदेखि मलेसिया जाने–आउने गर्नुभएको छ ।
रसिया पठाइदिने भन्दै १० लाखभन्दा बढी ठगी गर्ने पक्राउ
रौतहटको यमुनामाई गाउँपलिका वडा नं. २का विद्यार्थी भिसाम रसिया पठाइदिन भन्दै १० लाखभन्दा बढी रकम ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
आँधीखोला उत्खननमा रोक
वालिङ नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने आँधीखोला अस्वभाविक रुपले उत्खनन् गर्न थालेको भन्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले रोक लगाएको छ । प्रशासनले आँधीखोलाको वातावरणीय परीक्षण मूल्याङ्कन नगरी उत्खनन् नगर्न पालिकालाई अनुरोध गरेको हो ।
मकवानपुरमा मानव कङ्काल फेला
मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. १ झ्याङटार बुर्जडाँडा खोल्सामा मानव कङ्काल (अस्थिपञ्जर) फेला परेको छ । स्थानीय पानीको मुहान खोज्दै जाने क्रममा पहिचान हुन नसकेको कङ्काल फेला परेको हो ।
तत्काल एमालेसँग एकताको सम्भावना देखिएन: अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्काल एमालेसँग एकताको सम्भावना नरहेको बताउनुभएको छ ।
इजरायललाई ‘लज्जास्पद’ कालोसूचीमा राख्ने राष्ट्रसङ्घको निर्णय भ्रमपूर्ण
सशस्त्र द्वन्द्वमा बालबालिकाको अधिकार उल्लङ्घनको गरेको भन्दै संयुक्त राष्ट्र सङ्घले इजरायल र हमासलाई आफ्नो “लज्जास्पद कालोसूचीमा” राखेको द टाइम्स अफ इजरायलले जनाएको छ ।
जोखिममा रहेका ३७ जना बालबालिकाको उद्धार
काठमाडौँ महानगरपालिकाको बाल उद्धार टोलीले १९ जना बालिका र १८ जना बालक गरी ३७ जना बालबालिकालाई जोखिमबाट उद्धार विभिन्न ६ वटा संरक्षण गृहहरुमा संरक्षण दिएको छ ।
राष्ट्रिय सडक सञ्जालसँग अझै जोडिएन सिमकोट
जिल्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग अहिलेसम्म पनि जोडिन सकेको छैन । कर्णाली कोरिडोरअन्तर्गत सडक निर्माण सम्पन्न भए पनि खार्पुनाथ गाउँपालिकास्थित दोजाम कर्णाली नदीमाथि पुल नहुँदा सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन नसकेको हो ।
नारायणघाट-बुटवल सडकको दुरावस्थाले घटे लुम्बिनी जाने पर्यटक
विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा जाने पर्यटक नारायणघाट-बुटवल सडकको दूरावस्थाका कारण घट्न थालेको लुम्बिनी विकास कोषले जनाएको छ ।
ढकमक्क जरबेरा फूल
सूर्यविनायक नगरपालिका–७ गुण्डु कार्की गाउँमा किसान कुश कार्कीले गरेको जरबेरा फूल खेती । जरबेरा फूल खेतीबाट आम्दानी राम्रो हुन थालेपछि यहाँका किसान फूल खेतीतर्फ आकर्षित भएका छन् ।
जसपा महाधिवेशन : पदाधिकारी र सदस्यको उम्मेदवारका लागि मापदण्ड तय
जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पदाधिकारी तथा केन्द्रीय सदस्यको उम्मेदवार बन्न योग्यताको व्यवस्था गरेको छ ।
सामुदायिक वनको पौडीपोखरी सुचारु
हरियाली सामुदायिक वन उपभोक्ता समूहले मोरङको पथरीशनिश्चरे –२ मा पर्यापर्यटन कार्यक्रम अन्तर्गत व्यवस्थित पौडीपोखरी सञ्चालनमा ल्याएको छ ।
बाघलाई जङ्गल कि खोर
बाघ मांसाहारी प्राणी हो । जङ्गलको राजा बाघ बरु भोकै मर्न सक्छ तर कहिल्यै घाँस खाँदैन भन्ने नेपाली उखान नै छ । अरूले मारेको सिनो नखाने विशेषतासँग बाघको आनीबानीलाई जोडिने गरिन्छ । जङ्गलमा भएका जोकोहीको पनि उसले सिकार गर्छ; चाहे ती साना जनावर हुन् वा हात्ती, गैँडा जस्ता ठुला जनावर । शक्ति, सामथ्र्यले भ्याएसम्म बाघले जङ्गलमा भेटिएका सबै जनावरको सिकार गर्छ र आफू बाँच्न खोज्छ । त्यसैले बाघलाई जङ्गलको राजा भनिएको हो । ज्यान ठुलो हुने हि
बिच पेटीमा सभ्य मान्छे ! (कथा)
उसलाई घाँस खुवाउने विचार थियो । मैले निर्णय गर्न सकिरहेको थिइनँ । मेरो झोलामा एक मुठा पालुङ्गो र एक मुठा चम्सुर थियो । त्यो झिकेर म उसको मुखैनिर लगेर भन्न सक्थेँ, “लौ खाऊ घाँस ।” तर तह परेन । उसैलाई मात्र घाँस खुवाउने लक्ष्य किन लिनु प¥यो भन्ने सोचेँ । म मार्केट गएर फर्कंदा ऊ एक्कासि एटिएमबाट पैसा झिकेर पेटीमा निस्केको थियो । पैसा पाइयो वा पाइएन त्यो मैले देख्न पाइनँ । एटिएमतिर जाने काम मेरो परेको थिएन तथापि यहाँ नयाँ स्थापित एटिएम छ भन्ने मलाई थाहा थियो ।
रङहरूको रहस्य (कविता)
रङहरूको उत्पत्तिको रहस्य छ । रङहरूको अध्यात्म र विज्ञान छन् । रङको मिथक पढ्न रङहरूसँग रङ्गिएर सम्भव छैन । इतिहासमा
गजल
विकट माटो किन नहोस् एकता देख्छु म हर अनुहार र मुस्कानमा ममता देख्छु म हाम्रो पाखुरा सौर्य हो पछि नै हट्नु छैन उद्देश्यका पाइला पाइला धैर्य देख्छु म