• १३ साउन २०८१, आइतबार

गजल

blog

विकट माटो किन नहोस् एकता देख्छु म

हर अनुहार र मुस्कानमा ममता देख्छु म

हाम्रो पाखुरा सौर्य हो पछि नै हट्नु छैन

उद्देश्यका पाइला पाइला धैर्य देख्छु म

मेची काली भव्य धरा मुटुका रक्षा कवच

शीर हो नेपालीत्व सफलता देख्छु म

बर्खे भेल हैन विकासका महानतम लक्ष्य

ऋणदेखि माथि उठ्दा स्वाधीनता देख्छु म

पर्खेकी छिन् नेपाल आमा देख्न समृद्धि

सिँगारौँ हाम्रो यो देश सहजता देख्छु म ।