• १३ साउन २०८१, आइतबार

मकवानपुरमा मानव कङ्काल फेला

blog

मानव कंकाल । फाइल तस्बिर

अनिल पराजुली
हेटौँडा, जेठ २६ गते । 
मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. १ झ्याङटार बुर्जडाँडा खोल्सामा मानव कङ्काल (अस्थिपञ्जर) फेला परेको छ । स्थानीय पानीको मुहान खोज्दै जाने क्रममा पहिचान हुन नसकेको कङ्काल फेला परेको हो ।

कङ्कालसँगै निलो रङ्गको ज्याकेट र भ्यान्टा रङ्गको कुहिएको टिसर्ट फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

पुरुषको जस्तो देखिने र कङ्काल अन्दाजी १७–१८ फिट तल टाउको जस्तो देखिने खप्पर फेलापारी घटनास्थल मुचुल्का गरी अस्थिपञ्जरलाई इलाका प्रहरी कार्यालय मनहरि ल्याइएको छ । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।