• १३ साउन २०८१, आइतबार

रोल्पाको गुम्चाल गाउँ

blog

रोल्पाको लुङ्ग्री गाउँपालिका–६ को गुम्चाल गाउँ । तस्बिरः कुलदीप न्यौपाने/रासस

रोल्पा, जेठ २८ गते । रोल्पाको लुङ्ग्री गाउँपालिका–६ को गुम्चाल गाउँ । यो गाउँ रोल्पा जिल्लाको उपल्लो गुम्चाल, गुम्चाल पूर्वी रोल्पामा समुद्री सतहबाट १७ सय मिटर उचाइमा रहेको छ । यहाँ लगभग तीन सय घर धुर रहेको छ ।

रोल्पाको पूर्वी व्यापार केन्द्र मानिने सुलिचौरबाट नागबेली कच्ची सडक हुँदै एक घण्टामा पुगिने यो गाउँबाट रोल्पाको प्रख्यात धार्मिक स्थल रूपमा चिनिने हिउँको आवरणले सजिएको जलजला निक्कै सुन्दर देखिन्छ ।