• १३ साउन २०८१, आइतबार

बेनीघाट-आरुघाट-लार्के भञ्ज्याङ सडक खण्ड ६ दिन बन्द

blog

गुणबहादुर रोका 

सुलीकोट, जेठ २८ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिकामाभित्र पर्ने बेनीघाट-आरुघाट-लार्के भञ्ज्याङ सडक खण्ड ६ दिनसम्म बन्द हुने भएको छ । धार्चे गाउँपालिका-७ स्थित न्याउली खोला भन्दा २०० मिटर दक्षिण तर्फको पहरा फुटाई नयाँ ट्रयाक सहित बाटो निर्माण गर्नु पर्ने भएकाले ६ दिन सम्म सडक बाटो बन्द हुने भएको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजीमान सुनारले जानकारी दिनुभयो ।   

उहाँका अनुसार गोरखा सडक योजना कार्यालको संघिय बजेट अन्र्तगतको ९४ लाख ५२ हजार रुपियाँमा सुशासन निर्माण सेवाले उक्त सडक खण्डमा पहिरो फुटाउनु पर्ने भएकाले २९ गते मंगलबार बिहान ६ बजेबाट बेलुका ८ बजेसम्म असार ३ गतेसम्म बाटो निर्माण हुने भएकाले सम्बन्धित सबैको जानकारीको लागि प्रमुख प्रशासकिय अधिकृतद्वारा हस्ताक्षारित सूचनामा भनिएको छ । 

बेनीघाट-आरुघाट-लार्के भञ्ज्याङ सडक खण्ड भएर उत्तरी गोरखाको विभिन्न ठाउँमा सवारीसाधन तथा पैदल यात्रुहरुमा वैकल्पिक मार्ग प्रयोग गर्न गाउँपालिकाले आग्रह गरेको छ। बाटोको कारण यात्रुलाई पर्न गएको असुविधा प्रति गाउँपालिका क्षमा प्राथी भएको बताइएको छ ।