तीन राष्ट्रलाई आईसीसी सदस्य
विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सदस्य राष्ट्र १०८ पुगेको छ । इङ्ल्यान्डको् बर्मिङ्गम भएको आईसीसीको वार्षिक साधरण सभाले तीन राष्ट्रलाई सदस्यता दिने निर्णय गरेसँगै आईसीसीमा आवद्ध राष्ट्र १०८ पुगेको हो ।
बङ्गलादेशले टी–२० विश्वकप आयोजना गर्ने
बङ्गलादेशले आगामी सन् २०२४ मा महिलाको टी–२० विश्व कप आयोजना गर्ने भएको छ । साथै इङ्गल्याण्डले सो खेलकूद सन् २०२६ मा आयोजना गर्ने भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले घोषणा गरेको छ ।
एन्फाको कुनै पदमा बस्न दबाब दिएको छैन : थापा
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रमुख कार्यकारी अधिकृत (सिईओ) बन्ने चर्चा चलेका बेला गौरव थापाले आफुले एन्फाको पदका लागि कसैलाई अनुरोध र दबाब नदिएको बताउनुभएको छ ।
क्यान अध्यक्ष चन्दलाई आईसीसी अवार्ड
नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलाई आईसीसीले ‘लङ सर्भिस अवार्ड’ प्रदान गरेको छ । इङ्ल्यान्डमा भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको वार्षिक साधारण सभामा चन्दलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
साफ यू–२० च्याम्पियनसिप : नेपाल र श्रीलङ्काको खेल बुधबार
साफ यू–२० च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले बुधबार (भोली) श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । भारतको भुवनेश्वरमा सोमबार देखि सुरु भएको च्याम्पियनसिपको पहिलो खेलमा माल्दिभ्समाथि ४–० गोलको जित निकालेको नेपाली युवा टोली लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ ।
चेस ओलम्पियाड टोलीको विदाइ
भारतको चेन्नईमा जुलाईको २८ देखि अगस्ट ९ तारिखसम्म आयोजना हुने ४४औं चेस ओलम्पियाडमा सहभागिता जनाउन लागेको नेपाली टोलीलाई मंगलबार विदाइ गरिएको छ । टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले विदाइ गर्नुभयो ।
भलिबल संघमा केन्द्रीय निर्वाचनको तयारी
नेपाल भलिबल संघ केन्द्रीय निर्वाचनको तयारीमा जुटेको छ । नयाँ नेतृत्व चयनका लागि संघको हालै भक्तपुरमा सम्पन्न कार्यसमिति बैठकले भदौ २२ गते केन्द्रीय निर्वाचन गर्ने निर्णय गरेको हो ।
लोकतान्त्रिक खेलकुद संघले राखेप भित्रको गतिविधीलाई निगरानी गर्ने
नेपाल लोकतान्त्रिक खेलकुद संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) भित्र भएका गतिविधीलाई एक एक गरी निगरानी गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनको अध्यक्षतामा नेपाली काँग्रेस पार्टी कार्यलय सानेपामा सोमबार बसेको केन्द्रीय कमिटिको बठकले उक्त निर्णय गरेको हो ।
नवौँ राष्ट्रिय खेलकुद : सुरु भयो पोखरामा तयारी
गण्डकी प्रदेशको राजधानी पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरिएको छ । कोरोना महामारी र पछिल्लोपटक स्थानीय तह निर्वाचनका कारण पटक–पटक मिति सर्दै आएको राष्ट्रिय खेलकुद आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेश र मुख्यगरी पोखरामा आयोजना हुने निश्चित भएपछि तयारीका काम अघि बढाइएको छ ।
सुदूरपश्चिम र बानालाई भलिबल उपाधि
बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा भएको पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुषतर्फ सुदूरपश्चिम टेक्सास र महिलातर्फ आयोजनक बाना च्याम्पियन बनेका छन् । आइतबार राति भएको फाइनलमा पुरुषतर्फ सुदूरपश्चिमले सिन्धु बुद्ध टिमलाई ३–१ को सेटमा हरायो ।
एथलेटिक्स परिवारमा नयाँ कार्यसमिति चयन
एथलेटिक्स परिवार नेपालको पहिलो साधारणसभा सोमबार सम्पन्न भएको छ । सोमबार काठमाडौंमा सम्पन्न साधारण सभाबाट अध्यक्षमा राजन खत्री निर्विरोध निर्वाचित हुनुभयो ।
यू–२० साफ च्याम्पियनसिप : नेपालको सुखद सुरुवात
भारतमा आजदेखी सुरु भएको यू–२० साफ च्याम्पियनसिप फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । भुवनेश्वर स्थित कालिंगा रंगशालामा सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोलले हरायो । नेपालको जितमा दीपेश गुरुङ, सुगम सुवाल, क्रितिशरत्न छुन्जु र मनग्य नकर्मीले एक एक गोल गर्नुभयो ।
यू–२० साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपालको एक गोल
भारतको भुवनेश्वरमा जारी यू–२० साफ च्याम्पियनसिप फुटबलमा नेपालले अहिले उद्घाटन खेलमा माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । खेलको पहिलो हाफमा नेपालले १–० गोलको अग्रता समेत लिएको छ ।
लुम्बिनी अल स्टार्सको लोगो सार्वजनिक
नेपाल टी–२० लिगमा सहभागी टोली लुम्बिनी अल स्टार्सले आफ्नो लोगो सार्वजनिक गरेको छ । लुम्बिनीले सोमबार काठमाडौंमा आयोजित कार्यक्रमबीच टोलीको आधिकारिक लोगो सार्वजनिक गरेको हो । लोगोमा लुम्बिनी झल्किने गरेर बनाइएको छ ।
विश्व लेजेन्ड्स क्रिकेटमा पारस
नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले विश्व लेजेन्ड्स लिग क्रिकेट खेल्ने हुनुभएको छ । आयोजक लेजेन्ड्स लिग क्रिकेटले आइतबार पारसले लिग खेल्ने जानकारी दिएको हो ।
नवौं राष्ट्रिय खेलकुद : कीर्तिमान रच्नेलाई ५० हजार पुरस्कार
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नयाँ कीर्तिमान बनाउने खेलाडीलाई सरकारले छुट्टै ५० हजार रुपियाँ पुरस्कार प्रदान गर्ने भएको छ ।
दीपेन्द्र र प्रतिज्ञालाई स्वर्ण
विश्व तेक्वान्दो कल्चर एक्स्पोको १५औं संस्करणको सिनियर पुरुष ८० केजीमाथि तौल समूहमा दीपेन्द्रबहादुर नेपालीले भारतलाई पराजित गर्दै स्वर्ण पदक जित्नुभएको छ ।
नेपालको लक्ष्य उपाधि : प्रशिक्षक केसी
नेपाली राष्ट्रिय युवा फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले नेपालले यू–२० साफ च्याम्पियनसिपको उपाधि जित्ने दावी गर्नुभएको छ । भारतको भुवनेश्वरमा सोमबारदेखि सुरु हुने च्याम्पियनसिप अघि आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक केसीले नेपाली टोलीको सम्पूर्ण तयारी पूरा भएको र नेपालले उपाधि जित्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
आर्सनलसँग चेल्सीको फराकिलो हार
इङ्लिस प्रिमियर लिगको प्रिसिजनको मैत्रीपूर्ण खेलमा आर्सनलले बलियो प्रतिद्वन्द्वी चेल्सीमाथि फराकिलो जित निकालेको छ । अमेरिकामा आइतबार बिहान खेलिएको खेलमा आर्सनलले चेल्सीलाई ४–० गोलले हरायो ।
म्यान्चेस्टर युनाइटेड र एस्टन भिल्लाबीचको खेल बराबर
इङ्ग्लिस प्रिमयर लिगका दुई क्लब म्यान्चेस्टर युनाइटेड र एस्टन भिल्लाबीच शनिबार भएको खेल २–२ ले बराबरीमा सकिएको छ। यस नतिजासँगै प्रिसिजनमा म्यान्चेस्टर युनाइटेडको विजयी यात्रा रोकिएको छ।
भारतको वेस्ट इन्डिजविरुद्ध लगातार छैटौँ जित
भारतले शनिबार पहिलो एकदिवसीय खेलमा घरेलु टिम वेस्ट इन्डिजविरुद्ध रोमाञ्चक तीन रनको जित हात पारेको छ। क्विन्स पार्क ओभलमा भएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा ३०८ रनको विशाल स्कोर तयार पारेको थियो। वेस्ट इन्डिजले जवाफमा छ विकेटको क्षतिमा ३०५ रन बनायो। भारतको वेस्ट इन्डिजमाथि यो लगातार छैटौँ जित हो। सन् २०१८ पछि वेस्ट इन्डिजले भारतलाई एकदिवसीय क्रिकेटमा हराउन सकेको छैन।
जुडो टोली स्वदेश फिर्ता
थाइल्यान्डको बैङ्ककमा भएको एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी भई नेपाली जुडो टोली स्वदेश फर्किएको छ । साउन १ गतेदेखि सुरु प्रतियोगिताको क्याडेटमा दुई तथा जुनियरमा दुई गरी चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए । क्याडेटको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेलले पहिलो चरणमा थाइल्यान्डका खेलाडीबाट वाकओभर पाउनुभयो । त्यसपछि उहाँ काजाकिस्तान र ताइपेईका खेलाडीसँग पराजित हुनुभयो । महिला ४८ केजीमुनि निशा श्रेष्ठ पदकनजिक पुग्नुभएको थियो । रिपाचेजमा निशा काजाकिस्तानकी खेलाडीसँग चुक्नुभयो । सो भिडन्त जितेको भए निशाको कांस्य पदक पक्का हुने थियो । रिपाचेजअघि निशा उज्वेकिस्तानकी खेलाडीसँग पछि पर्नुभएको थियो ।
विश्व तेक्वान्दोमा अशोक खड्का निर्णायक
विश्व तेक्वान्दो च्याम्पियनसिपमा सेकेन्ड क्लास अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गर्ने हुनुहभएको छ । उक्त प्रतियोगिता बुल्गेरियाको सोफियामा हुनेछ ।
कुमार थापा साफ महिला टोलीको प्रशिक्षकमा नियुक्त
सहिद स्मारक ए डिभिजन लिग क्लब एपिएफका प्रशिक्षक कुमार थापालाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिपमा सहभागी हुने महिला टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।