एजेण्डामा प्रवेश नगरी एन्फा बैठक स्थगित
काठमाडौं, साउन ५ गते। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को दोस्रो कार्यसमिति बैठक एजेन्डामा प्रवेश नगरी पुनःस्थगित भएको छ। एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र अरू पदाधिकारीबीच असहमति भएपछि बैठक स्थगित गरिएको हो। यसअघि सोमबार बस्ने भनिएको उक्त बैठक एन्फा अध्यक्ष नेम्वाङ बिरामी भएको कारण स्थगित भएको थियो।एन्फा अध्यक्षले सबैलाई हाजिरी गरेर बैठक सञ्चालन हुने जानकारी दिएसँगै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत अन्य पदाधिकारी र सदस्यले उपस्थितिमा दस्तखत नगरेपछि बैठक एजेण्डामा प्रवेश नगरी अध्यक्ष नेम्वाङले बैठक स्थगित भएको जानकारी गराउनुभएको थियो। बैठक स्थगित भएपछि कार्यसमितिको पहिलो बैठकले नियुक्त गरेको अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेलाई विधानविपरीत नियुक्ति गरेको भन्दै तत्काल बरर्खास्त गर्न वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजङग शाही र दीपक खतिवडासहित १२ जनाले निवेदन दर्ता गर्नुभएको थियो। बैठकले एन्फा प्रवक्ता, प्रमुख कार्यकारी अधिकृत, तीन सहमाहसचिव नियुक्ति एवं महिला साफ च्याम्पियनसिपलगायतको विषयमा निर्णय लिने बताइएको थियो।
एन्फा कार्यसमिति बैठक स्थगित
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को दोस्रो कार्यसमितिको बैठक स्थगित भएको छ । ललितपुरस्थित एन्फा मुख्यालयमा बिहीबार बसेको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको हो ।
न्युजिल्यान्डलाई एक खेल अगावै सिरिज
पाहुना टोली न्युजिल्यान्डले आयरल्यान्डविरुद्धको टी-२० सिरिज एक खेल अगावै जितेको छ । बेलफास्टमा बुधबार राति भएको खेलमा न्युजिल्यान्डले घरेलु टोली आयरल्यान्डलाई ८८ रनले हरायो । यससँगै न्युजिल्यान्डले तीन खेलको सिरिज २-० ले जितेको छ ।
‘१९औं एसियाडमा सुखद नतिजाको अपेक्षा’
नेपालले चीनका हुने १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा सुखद नतिजा ल्याउने अपेक्षा गरेको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बताउनुभएको छ ।
एसियन शारीरिक सुगठनमा उमेशलाई रजत
नेपालका उमेश राईले मालदिभ्समा जारीे ५४औं एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा रजत पदक जित्नुभएको छ । राईले ८० केजी तौलमा रजत पदक जितेको नेपाली टोलीका ब्यवस्थापक एवं संघका अध्यक्ष दिनेश राजभण्डारीले जानकारी दिनुभयो ।
सेपाकताक्रो टोली थाइल्यान्ड जाँदै
थाइल्यान्डको बैंककमा साउन ८ देखि १५ गतेसम्म आयोजना हुने ३५औं किङ्स कप विश्व सेपाकताक्रो च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ ।
फुल कन्ट्याक्ट कराते भदौमा
राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता भदौ ४ गते बनेपामा हुने भएको छ । नेपाल केनशिनकान कराते संघको आयोजनामा हुन लागेको प्रतियोगितामा विभागीय टोली, विभिन्न कराते संघ र डोजोबाट गरी करिव दुई सय ५० खेलाडीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
नेपालको प्रशिक्षक छाडेसँगै पुबुदु क्यानडाको प्रशिक्षक
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दसानायकले क्यानडाको प्रशिक्षकमा नियुक्त हुनुभएको छ । प्रशिक्षक पुबुदु दसानायकेले बुधबार मात्र पत्रकार सम्मेलन गर्दै नेपाली टोलीको प्रशिक्षक पद छाडेको घोषणा गर्नुभएको थियो ।
सदस्य सचिव र कतार राजदूतबीच भेट
नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलले बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङसँग भेटवार्ता गर्नुभएको छ । राजदूत युसुफ त्रिपुरेश्वरस्थित सदस्य सचिव घिसिङको कार्यकक्षमा भेटवार्ता गर्नुभएको हो ।
नवौं राष्ट्रिय खेलकुदका लागि उपसमितिहरु तय
गण्डकी प्रदेशको राजधानी पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न १४ उपसमिति तय गरेको छ ।
पुबुदुद्वारा प्रशिक्षक पदबाट राजीनामा
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले पदबाट राजीनामा दिनुभएको छ ।
एन्फा बैठक बिहीबार
अखिल नेपाल फुटबल संघ (एन्फा) को स्थगित बैठक बिहीबार बस्ने भएको छ । यसअघि सोमबारका लागि तय भएको बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ अस्वस्थ भएपछि बैठक स्थगित गरिएको थियो ।
संकटमा नेपालको एक दिवसीय मान्यता
कोरोनाको महामारी अघिसम्म नेपाली क्रिकेट विश्व जगतमा चर्चाको शिखरमा थियो । नेपालका क्रिकेट खेलाडी, प्रशिक्षक र ब्यवस्थापनको मन मिलेको थियो । टोलीको लक्ष्य टी–२० विश्वकपफेरी खेल्ने, नेपालको एक दिवसीय मान्यता कायम राख्दै एक दिवसीय विश्वकप खेल्ने र नेपाललाई टेस्ट राष्ट्रमा पुर्याउने ।
१९औं एसियाडको नयाँ मिति घोषणा
ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले यसअघि कोभिड–१९ महामारीका कारण स्थगित गरिएको १९औं एसियाली खेलकुदको नयाँ मिति घोषणा गरेको छ । ओसिएले आयोजक चीनसँगको सहमतिमा मंगलबार एसियाड सन् २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हाङझावमा गर्ने उल्लेख गरेको छ ।
फुटसलमा एनएसजेएफ विजयी
बेल्जियममा रहेको नेपाली समुदायद्वारा स्थापित अन्नपूर्ण ब्रसेल्स क्लब (एबीसी) र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)बीचको मैत्रीपूर्ण फुटसलमा एनएसजेएफ विजयी भएको छ । च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा मंगलबार भएको खेलमा एनएसजेएफले एबीसीलाई ५–४ गोलले हरायो ।
अध्यक्ष नेम्वाङ अस्वस्थ भएपछि एन्फा बैठक स्थगित
अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबारका लागि तय भएको बैठक स्थगित भएको छ । एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ अस्वस्थ भएपछि बैठक स्थगित गरिएको एन्फाले जनाएको छ ।
नेपाल टी–२० लिगको चार टोली घोषणा
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा असोज ८ देखि कात्तिक ५ गतेसम्म हुन लागेको नेपाल टी–२० क्रिकेट लिगका लागि चार टोलीको घोषणा गरिएको छ । क्यानले सोमबार चार टोलीको नाम सार्वजनिक गरेको हो । लिगमा ६ टोलीको सहभागिता रहने र बाँकी दुई टोलीको घोषणा र मालिक छिट्टै सार्वजनिक गरिने क्यानले जनाएको छ ।
एसियन शारीरिक सुगठनमा राजुलाई कांस्य
नेपाली शारीरिक सुगठन खेलाडी राजु राईले मालदिभ्समा आयोजना भइरहेको ५४औं एसियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् अन्तरगत फिटनेश फिजिकमा कांस्य पदक जित्नुभएको छ । राजुले १७० सेमि सम्मको समूहमा कांस्य जित्नुभएको टिम ब्यवस्थापक दिनेश राजभण्डारीले जानकारी दिनुभयो ।
मन्त्री अथकद्वारा मुलपानी क्रिकेट मैदानको अनुगमन
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले निर्माणाधिन मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको अनुगमन गर्नुभएको छ । निरिक्षणकालागि सोमबार बिहान मुलपानी पुग्नुभएका मन्त्री अथकले निर्माणाधिन मैदानको निर्माण कार्य युद्धस्तरमा अघि बढाउन निर्देशन पनि दिनुभएको छ ।
यू–२० साफ च्याम्पियनसिप टोलीको घोषणा
भारतको भुवनेश्वरमा जुलाई २५ देखि आयोजना हुन लागेको यू–२० साफ च्याम्पियनसिप फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) २३ सदस्यीय नेपाली खेलाडी टोलीको घोषणा गरिएको छ । टोलीका प्रशिक्षक मेघराज केसीले सोमबार बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट अन्तिम २३ जना खेलाडीको नाम घोषणा गर्नुभएको हो ।
गल्फर शुक्रलाई आर्थिक सहयोग
भारतीय ब्यवसायिक गल्फ टुर (पीजीटीआई) मा भाग लिईरहनु भएका नेपालका नम्बर एक प्रोफेसनल गल्फर शुक्रबहादुर राईलाई गल्फ खेलमा आवद्ध ब्यक्तित्वहरुले आर्थिक सहयोग गरेका छन् । शुक्रलाई सोमबार एक कार्यक्रमबीच आठ लाख ५० हजार रुपियाँ सहयोग प्रदान गरिएको हो ।
ब्याटिङ नचल्दा स्कटल्यान्डसँग नेपालको लज्जासपद हार
कमजोर ब्याटिङले निरन्तरता पाएपछि आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको चौथो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डसँग लज्जासपद हार खेपेको छ ।
नेपालद्वारा स्कटल्यान्डलाई एक सय २९ रनको झिनो लक्ष्य
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको चौथो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई जितको लागि एक सय २९ रनको झिनो लक्ष्य दिएको छ । टिटवुड ग्लासगो मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३५.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय २८ रन बनायो ।
सातदोवाटो पौडी पाखरीमा ई–टिकटको सुरुवात
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरीमा ई–टिकटको सुरुवात गरिएको छ । विगतको झन्झटिलो टिकट प्रणालीलाई विस्थापन गर्दै रेकर्ड प्रणालीलाई चुस्त दुरुत र सरल बनाउन आइतबारदेखि ई–टिकटको सुरुवात गरिएको हो ।