नेपालगन्ज म्याराथन मङ्सिरमा
आठौं धारा नेपालगन्ज म्याराथन आगामी मङ्सिरमा हुने भएको छ । आयोजक क्रियटिभ ह्याण्ड्सले सोमबार प्रेस विज्ञप्ति निकाल्दै म्याराथन प्रतियोगिता मंसिर ३ गते शनिबार आयोजना गर्ने उल्लेख गरेको छ ।
दक्षिण अफ्रिकालाई सिरिज
घरेलु टोली इङ्ल्यान्डविरुद्ध तीन खेलको सिरिज पाहुना टोली दक्षिण अफ्रिकाले जितेको छ । साउथह्याम्पटनमा आइतबार राति भएको तेस्रो खेलमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई ९० रनले हरायो । यससँगै पाहुना टोली दक्षिण अफ्रिकाले सिरिज २-१ ले जित्न सफल भयो ।
महिला साफ च्याम्पियनसिप : नेपालको पहिलो खेल भुटानसँग
नेपालमा भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेभएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो खेल भुटानसँग भदौ २१ गते खेल्नेछ ।
पीएसजी फ्रेन्च सुपर कप च्याम्पियन
फ्रेन्च महारथि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च सुपर कप फुटबलको उपाधि जितेको छ । इजरायलमा आइतबार राति भएको खेलमा लिनवान प्रतिद्वन्द्वी नान्टेसलाई ४–० गोलले हराउँदै पीएसजी च्याम्पियन बनेको हो ।
इङ्ल्यान्डलाई महिला युरोकप उपाधि
आयोजक इङ्ल्यान्डले पहिलो पटक महिला युरोकप फुटबल उपाधि जितेको छ । घरेलु मैदान वेम्वली स्टेडियममा आइतबार राति भएको खेलमा इङ्ल्यान्डले आठ पटकको च्याम्पियन जर्मनीलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै उपाधि जितेको हो ।
साफ यू–२० च्याम्पियनसिप : भारतसँग नेपालको लज्जासपद हार
साफ यू–२० च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा नेपालले आयोजक भारतसँग लज्जासपद हार खेपेको छ । भुवनेश्वर स्थित कालिंगा रङ्गशालामा आइतबार साँझ भएको खेलमा नेपाल भारतसँग ८-० गोलले पराजित भयो ।
राखेपको आ.व. २०७९/०८० को कार्यक्रम र बजेट पारित
राष्ट्रिय खेलकुद परिषद (राखेप)को ११३औ बैठकले राखेपको आर्थिक वर्ष २०७९/०८० को बार्षिक योजना, कार्यक्रम तथा बजेट पारित गरेको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा आइतबार बसेको राखेप बोर्ड बैठकले बार्षिक योजना, कार्यक्रम तथा बजेट पारित गरेको हो ।
राखेपको बाँकी बोर्ड सदस्य टुङ्गो चाँडै लाग्ने
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय खेलकुद परिषद (राखेप) मा नियुक्त गर्नुपर्ने बाँकी सदस्यहरुको चाँडै टुङ्गो लाग्ने बताउनुभएको छ ।
ब्राजिल कोपा अमेरिका महिला च्याम्पियन
कोपा अमेरिका कप महिला फुटबलको उपाधि ब्राजिलले जितेको छ । कोलम्वियास्थित स्टेडियो अलफन्सो लोपेजमा आइतबार बिहान भएको फाइनलमा ब्राजिलले आयोजक कोलम्वियालाई १–० गोलले स्तब्ध बनायो ।
लिभरपुललाई कम्युनिटी शिल्ड उपाधि
कम्युनिटी शिल्ड फुटबलको उपाधि इङ्लिस क्लब लिभरपुलले जितेको छ । किङ्स पावरमा शनिबार राति भउको खेलमा लिभरपुलले बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई ३–१ गोलले हरायो ।
बायर्न च्याम्पियन
जर्मन सुपर कप फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । रेड बुल एरिना लेइपजिगमा शनिबार राति भएको खेलमा बायर्नले बुन्डेसलिगा प्रतिद्वन्द्वी घरेलु टोली आरबी लेइपजिगलाई ५–३ गोलले हरायो ।
सिद्धबाबालाई पुलचोक कपको उपाधि
तेस्रो पुलचोक कपको उपाधि सिद्धबाबा माध्यमिक विद्यालय तम्घास गुल्मीले उचालेको छ । पुलचोक स्पोर्ट्स क्लब तम्घासको आयोजनामा सञ्चालित तेस्रो पुलचोक जिल्लास्तरिय छात्रा फुटबल प्रतियोगितामा पालुखा माध्यमिक विद्यालय इस्मा गाउँपालिका–२ पालुखालाई ३–१ गोलले हराउँदै सिद्धबाबा माध्यमिक विद्यालयले उपाधि जितेको हो ।
भारतलाई हराउँदै फाइनल पुग्ने नेपालको योजना
साफ यू–२० च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा नेपालले आइतबार घरेलु टोली भारतसँग प्रतिस्पर्धा गर्दैछ । भुवनेश्वर स्थित कालिंगा रंगशालामा जारी प्रतियोगितामा नेपाल लगातार तेस्रो जित निकाल्दै फाइनलमा पुग्ने योजनामा छ ।
अनाथलयलाई जुडो प्रेमीको सहयोग
किवानिज क्लब अफ एभरेष्टले सञ्चालन गर्दै आएको जुडो फर किड्स कार्यक्रमअन्तर्गत गोठाटारमा रहेको अनाथलय श्रृजनशील बाल गृहलाई शनिबार सहयोग हस्तान्तरण गरिएको छ ।
साफ यू–१७ को समूह विभाजन
श्रीलंकामा सेप्टेम्बर ५ देखि १४ तारिखसम्म आयोजना हुने साफ यू–१७ फुटबल च्याम्पियनसिपको समूह विभाजन सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार सार्वजनिक गरेको समूह विभाजनका नेपाल ‘बी’मा परेको छ ।
आहा रारा गोल्डकप घाटामा
पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको २०औँ संस्करणमा आयोजकलाई तीन लाख ४७ हजार आठ सय रुपियाँ घाटा लागेको छ ।
महिला साफ च्याम्पियनसिप : नेपाल समूह ‘बी’ मा
नेपालमा भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल समूह ‘बी’ मा परेको छ । दक्षिण एसियाली खेलकुद महासंघ (साफ) ले शनिबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल समूह ‘बी’ मा परेको हो ।
नेत्रहिन क्रिकेट संघमा फेरि घिमिरे
नेत्रहिन क्रिकेट संघ, नेपालको १७औं साधारण सभा एवं छैटौं चुनावी अधिवेशनबाट पवन घिमिरे अध्यक्षमा निर्वाचित हुनुभएको छ । घिमिरे यसअघि पनि अध्यक्ष हुनुहुन्थ्यो ।
सोतोकान कराते टोलीको बिदाइ
१५औं विश्व सोतोकान कराते च्याम्पियनसिपमा सहभागी हुन जापान जाने २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोलीलाई बिहीबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शनिबार जाने टोलीलाई सफलताको शुभकामना दिदै एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।
फुटबल विवाद उत्कर्षमा : एन्फामा तीन गुटको रस्साकस्सी
निर्वाचनपछि एन्फामा पदाधिकारीबीचको गुटबन्दी र रश्साकस्सी बेजोडले मौलाएको छ । एन्फा पदाधिकारी अहिले तीन गुटमा विभाजन भएका छन् । २१ सदस्य रहेकाे कार्यसमितिमा चार जना सदस्यको बराबरी मत आएका कारण दुई जना सदस्य चयन हुन बाँकी छ । तर, अध्यक्षसहित १९ जना निर्वाचित पदाधिकारी तीन गुटमा विभाजित छन् ।
जर्मनी महिला युरोकपको फाइनलमा
जर्मनी इङ्ल्यान्डमा जारी महिला युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा जर्मनीले फ्रान्सलाई २–१ गोलले पन्छाउँदै फाइनलमा स्थान बनाएको हो ।
ओलम्पिक छात्रवृत्तिका लागि १० खेलाडी छनोट
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने गृष्मकालीन ओलम्पिक गेम्सको छात्रवृत्तिका लागि १० खेलका १० खेलाडी छनोट गरेको छ ।
बज्र केसीलाई राखेपको विदाइ
राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा अनिवार्य अवकाश प्राप्त वरिष्ठ अधिकृत बज्रबहादुर केसीलाई विदाइ गरेको छ । केसीलाई बुधबार राखेप सदस्य सचिव टंकलाल घिसिङ, कर्मचारी र प्रशिक्षकहरुले विदाइ गर्नुभएको हो ।
साफ यू–२० च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित
नेपालले साफ यू–२० च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित निकालेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी प्रतियोगिताको दोस्रो खेलमा बुधबार नेपालले श्रीलंकालाई ३–० गोलले हरायो ।