सातदोवाटो पौडी पाखरीमा ई–टिकटको सुरुवात
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरीमा ई–टिकटको सुरुवात गरिएको छ । विगतको झन्झटिलो टिकट प्रणालीलाई विस्थापन गर्दै रेकर्ड प्रणालीलाई चुस्त दुरुत र सरल बनाउन आइतबारदेखि ई–टिकटको सुरुवात गरिएको हो ।
जेनिथलाई बास्केटबल उपाधि
न्यु जेनिथ ‘बी’ ले प्रथम एन्जल्स एसइइ कप थ्री अन थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । मनमैजुस्थित आयोजक एन्जल्स हार्ट माविको कोर्टमा आइतबार भएको फाइनल खेलमा न्यु जेनिथ ‘बी’ ले ऋत एकेडेमीलाई १८–१५ ले हरायो ।
स्टकल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको चौथो खेलमा नेपालले अहिले घरेलु टोली स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । टिटवुड ग्लासगो मैदानमा स्टटल्यानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्न लागेको हो ।
युवा गल्फर सुवासलाई भारतमा छात्रवृत्ति
नेपालका नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले भारतको तरुण सरदेशाई गल्फ एकेडेमीमा छात्रवृत्ति पाउनुभएको छ । नेपाल गल्फ संघ र संघका अध्यक्ष तासी घलेको सहयोगमा गत महिना मात्र प्रशिक्षणका लागि उक्त एकेडेमीमा जानु भएका सुवासलाई एकेडेमीले लामो समयसम्म प्रशिक्षणको अवसर दिएको हो ।
नेपाल नामिबियासँग फेरि पराजित
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । स्कटल्यान्डमा जारी सिरिजमा शनिबार राति नेपाल नामिबियासँग ६३ रनले पराजित भयो । सिरिजको पहिलो खेलमा पनि नेपाल नामाबियासँग ४० रनले पराजित भएको थियो ।
नेपाललाई नामिबियाको २०० रनको लक्ष्य
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपाललाई नामिबियाले जितको लागि २०० रनको लक्ष्य दिएको छ । स्कटल्यान्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९.२ ओभरमा सबै विकेटको क्षतिमा १९९ रन बनाएको छ ।
‘एसियन गेम्सको विशेष प्रशिक्षण निरन्तर’
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले एसियाली खेलकुद (एीसयाड) स्थगित भएपनि भोली नै प्रतियोगिता हुन्छ भन्ने लक्ष्यका साथ खेलाडीको प्रशिक्षणलाई निरन्तरता दिने बताउनु भएको छ ।
ऋत र ग्रिनल्यान्ड सेमिफाइनलमा
ऋत एकेडेमी ‘ए’ र ग्रिनल्यान्ड ‘बी’ प्रथम एन्जल्स एसइइ कप थ्री अन थ्री छात्र बास्केटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । एन्जल्स हार्ट माबि र कलेजको संयुक्त आयोजनामा भएको प्रतियोगितामा ऋत ‘ए’ ले महामञ्जुश्रीलाई १०–८ ले हरायो । ग्रिनल्यान्ड ‘बी’ ले न्यु जेनिथ ‘ए’ लाई ८–७ ले हरायो ।
भक्तपुर स्पोर्ट्स युनियनमा रेस्लर भगवती
रेस्लर भगवती खड्का (युनिका) को नेतृत्वमा सात सदस्यीय भक्तपुर जिल्ला स्पोर्ट्स युनियन नेपालको गठन गरिएको छ । भक्तपुरमा शनिबार भएको भेलाले भगवतीको अध्यक्षतामा सात सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो ।
नामिबियाविरुद्ध बलिङ गर्दै नेपाल
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपालले अहिले नामिबियाविरुद्ध पहिलो बलिङ गर्ने भएको छ । स्कटल्यान्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा खेलिन लागेको खेलमा नामिबियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । नामिबियाविरुद्ध नेपालले टोलीमा एक खेलाडी परिवर्तन गरेको छ ।
नेपाललाई नामिबियासँग बदला लिने मौका
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा आज (शनिबार) नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । स्कटल्यान्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा दिउँसो ३:४५ बजे सुरु हुने खेलमा नेपाल नामाबियासँग अघिल्लो खेलमा हारेको बदला लिने दाउमा छ ।
म्यान्चेस्टर युनाइटेडको फराकिलो जित
म्यान्चेस्टर युनाइटेडले शुक्रबार ‘ए’ लिग क्लब मेलबर्न भिक्टोरीलाई ४–१ ले हराएर प्रिसिजनअन्तर्गत अस्ट्रेलियाको भ्रमणमा विजयी सुरुवात गरेको छ । मेलबर्न क्रिकेट मैदानमा भएको सो भिडन्त हेर्न रङ्गशालामा ७४ हजार १५७ दर्शकको उपस्थिति रहेको थियो । तीन दिनअघि थाइल्यान्डको बैङ्ककमा भएको मैत्री खेलमा म्यान्चेस्टर युनाइटेडले लिभरपुललाई पनि ४–० को फराकिलो अन्तरले हराएको थियो । नयाँ प्रशिक्षक इरिक टेन ह्यागको रेखदेखमा रहेको म्यान्चेस्टर युनाइटेड खेलको पाँचौँ मिनेटमा घरेलु टिमका खेलाडी क्रिस इकोनोमिडिसको गोलबाट पछाडि परेको थियो ।
जुडो टोलीको बिदाइ
नेपालले एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा भाग लिने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ र तालिम तथा प्रशिक्षण विभागका उप–निर्देशक हिमालराज दाहालले शुक्रबार थाइल्यान्डको बैङ्ककमा हुने प्रतियोगितामा सहभागी हुने टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । नेपाली जुडो टोलीमा चार खेलाडी र चार अफिसियल छन् ।सदस्य–सचिव घिसिङले राष्ट्रलाई सम्झेर उच्च मनोबलका साथ प्रदर्शन गर्न खेलाडीको हौसला अभिवृद्धि गर्नुभयो ।
खेलाडीलाई भविष्यको चिन्ता
अध्ययन, अध्ययनपछि आकर्षक तलबसहितको काम तथा उच्च जीवनस्तरको लालशाले विदेश जाने नेपाली दिन प्रतिदिन बढ्दैछन् । नेपालीका लागि विदेश जानु भनेको एउटा ‘संस्कार’ नै बनिसक्यो भन्दा फरक पर्दैन । अमेरिका, अस्ट्रेलिया, युरोपेली देश तथा खाडीलगायत मुलुकमा धेरै नेपाली जाने गरेका छन् । यसरी जानेहरू कोही उतै पलायन हुन्छन् भने कोही स्वदेश फर्कन्छन् । अमेरिका, अस्ट्रेलिया र युरोपेली देश जानेमध्ये धेरै उतै बस्छन् भने अन्य मुलुकमा जानेहरू स्वदेश फर्कन्छन् । विशेषगरी काम र अध्ययनका लागि नेपाली विदशे जाने गर्छन् । यसरी विदेश जानेमा नेपाली खेलाडी पनि पर्छन् । नेपालमा खेलेर के नै हुन्छ र ! भन्ने नकारात्मक सोच र असन्तुष्टिले नेपाली खेलाडी विदेश पलायन हुने गरेका छन् ।
एन्जिला लिनिङको सद्भावना दूत
नेपालको महिला राष्ट्रिय फुटबल टिमकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा शुक्रबार अन्तर्राष्ट्रिय खेलकुद सामग्री तथा पोसाक कम्पनी लिनिङको सद्भावना दूतमा नियुक्त हुनुभएको छ । पाकिस्तानको राष्ट्रिय लिगमा मासा युनाइटेडबाट व्यावसायिक फुटबल खेलिसकेकी एन्जिला र लिनिङको नेपालका लागि आधिकारिक बिक्रेता चाइना ट्रेड लिङ्क कम्पनी प्रालिका सीईओ राजन महर्जनबीच शुक्रबार प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एन्जिला दुई वर्षका लागि लिनिङको सद्भावना दूत बन्नुभएको हो ।
राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी टिम च्याम्पियन
लुम्बिनी प्रदेशले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै बिहीबार १२औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा भएको प्रतियोगितामा दोस्रो भएको बागमती प्रदेशले १६ स्वर्ण, नौ रजत र २० कांस्य पदक हात पा-यो । तेस्रो स्थानको सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण, नौ रजत
स्कटल्यान्डविरुद्ध नेपालको ऐतिहासिक जित
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डको न्युकाम्बुस्डन क्रिकेट मैदानमा नेपाललाई घरेलु टिमले सजिलै हराउने अपेक्षा गरिएको थियो । सो मैदानमा गत आइतबार स्कटल्यान्डले नामिबियाविरुद्ध शानदार जित हात पारेको थियो भने नेपाललाई नामिबियाले नराम्ररी पछारेको थियो तर सबै समीकरणलाई उल्ट्याउँदै नेपालले स्कटल्यान्डविरुद्ध पाँच विकेटको ठूलो सफलता हात पारेको छ । नेपाल र स्कटल्यान्डबीचको यो पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेल हो । त्यसैले पनि नेपालका लागि यो जित ऐतिहासिक बनेको छ ।
खेलाडी बिदेसिने क्रम रोक्न जोड
अखिल नेपाल फुटबल खेलाडी सङ्घले बिहीबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई पछिल्लो समय अवसरका खोजीमा खेलाडी बिदेसिने क्रम बढेकाले त्यस विषयमा गम्भीर हुन अनुरोध गरेको छ । खेलाडी सङ्घले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै घरेलु प्रतियोगिता नहुँदा खेलाडीहरू विदेश जाने क्रम बढेको र यसलाई रोक्न यथाशीघ्र क्लब फुटबलको कार्यक्रमलाई सार्वजनिक गर्न ध्यानाकर्षण गराएको छ । खेलाडी सङ्घले एन्फासँग फुटबलको विकासमा हातेमाले गरेर सहकार्य गर्ने इच्छा जाहेर गरेको छ । सो अवसरमा खेलाडी सङ्घले पछिल्ला समय खेलाडीको राष्ट्रिय योगदानका अवमूल्यन भइरहेको र गतिविधि र कार्य सन्तोषजनक नभए
नरैनापुरमा अत्याधुनिक रङ्गशाला निर्माण सुरु
बाँके जिल्लाको नरैनापुर गाउँपालिकामा एक अर्बभन्दा बढीको लगानीमा अत्याधुनिक रङ्गशाला निर्माण सुरु भएको छ । नरैनापुर–४ मा पाँच बिघा क्षेत्रफलमा सो रङ्गशाला निर्माण सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।रङ्गशाला निर्माणका लागि पहिलो चरणमा माटो पटान र पर्खाल लगाउने कार्य सुरु भएको जनाउँदै गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले त्यसका लागि युवा तथा खेलकुद मन्त्रालयले पाँच करोड रुपियाँ बजेट उपलब्ध गराएको बताउनुभयो ।उहाँले केन्द्र र प्रदेश सरकारले दिएको बजेटअनुसार भौतिक संरचना निर्माण गर्दै जाने योजना रहेको जनाउँदै सो रङ्गशाला बहुवर्षीय योजनाअन्तर्गत निर्माण गरिने बताउनुभयो ।
थोनबुरीविरुद्ध एनआरटीलाई सफलता
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तेस्रो स्थान हात पारेको न्युरोड टिम (एनआरटी)ले बुधबार प्रिसिजनअन्तर्गतको विदेश भ्रमणमा पहिलो जित हात पारेको छ । नेपालले बुधबार थाइल्यान्डको तेस्रो डिभिजनको क्लब थोनबुरी युनाइटेडलाई २–१ ले हरायो ।
स्कटल्यान्डविरुद्ध नेपाल पाँच विकेटले विजयी
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध सानदार जित निकालेको छ । स्कटल्यान्डको ग्लासगोस्थित टिटउड क्रिकेट मैदानमा भर्खर सम्पन्न खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डमाथि पाँच विकेटको जित निकालेको हो ।
जुनियर प्रतियोगितामा निशाद्वारा सिनियरको कीर्तिमान भंग
लुम्बिनी प्रदेशकी निशा चौधरीले १२औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्समा सिनियर खेलाडीको राष्ट्रिय कीर्तिमान तोड्नु भएको छ ।
तनहुँ ११ लाई भानु कप उपाधि
तनहुँको भानु नगरपालिका–१ भन्सार आयोजित भानुकप फुटबल प्रतियोगिताको उपाधि तनहुँ ११ ले जितेको छ । बुधबार भएको फाइनल खेलमा तनहुँ ११ ले सिद्धगुफा युवा क्लबलाई २–० गोलले पराजित गर्दै उपाधि जितेको हो ।
फाप्ला क्रिकेट मैदान निर्माण कार्य द्रुत गतिमा अघि बढाईने
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको पहिलो बैठकले फाप्ला क्रिकेट मैदान निर्माण कार्य द्रुत गतिमा अघि बढाईने निर्णय गरेको छ ।