• २ असार २०८१, आइतबार

नेपाललाई नामिबियाको २०० रनको लक्ष्य

blog

खेलअघि टस गर्दै नेपाल र नामिबियाका कप्तान । तस्बिर : क्यान

काठमाडौं, असार ३२ गते । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपाललाई नामिबियाले जितको लागि २०० रनको लक्ष्य दिएको छ । स्कटल्यान्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९.२ ओभरमा सबै विकेटको क्षतिमा १९९ रन बनाएको छ । 

नामिबियाका लागि कप्तान जेहार्ड एरास्मसले ५३ रन बनाउनुभयो । डेभिड विएसले ३४, जेजे स्मिथ र डिभान ला ककले २७/२७ तथा जान निकोल र रुबेन ट्रम्पेलम्यानले १९/१९ समान १९ रन बनाउनुभयो । बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिनुभयो । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले दुई दुई तथा बसिर अहमेदले एक विकेट लिनुभयो । 

यसअघि सिरजिको पहिलो खेलमा नेपाल नामाबियासँग ४० रनले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा भने स्कटल्यान्डमाथि पाँच विकेटको जित निकालेको थियो । नेपालले सिरिजको अन्तिम खेल आइतबार स्कटल्यान्डसँग खेल्नेछ ।