• २६ पुस २०८१, शुक्रबार

थोनबुरीविरुद्ध एनआरटीलाई सफलता

blog

एनआरटीका गोकलर्ताद्वय मेसुके आलोमोउ र दिपेश घले ।

काठमाडौँ, असार ३० गते । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तेस्रो स्थान हात पारेको न्युरोड टिम (एनआरटी)ले बुधबार प्रिसिजनअन्तर्गतको विदेश भ्रमणमा पहिलो जित हात पारेको छ । नेपालले बुधबार थाइल्यान्डको तेस्रो डिभिजनको क्लब थोनबुरी युनाइटेडलाई २–१ ले हरायो ।

यसअघि एनआरटीले मलेसियामा दुई र थाइल्यान्डमा दुई खेल हारिसकेको छ । नेपाली फुटबलको सबैभन्दा पुरानो क्लबमध्ये एक एनआरटीका लागि विदेशी खेलाडी मेसुके ओलोमोउ र दिपेश घलेले गोल गर्नुभयो । खेलको ३२औँ मिनेटमा किटिपोङ सेङपोङको गोलबाट घरेलु टिमले अग्रता बनाउनुभएको थियो । खेलको ५३औँ मिनेटमा मेसुकेले बराबरी गोल गर्न‘भयो ।

खेलको ७६औँ मिनेटमा दिपेशले पेनाल्टीमा गोल गरी एनआरटीलाई पहिलो पटक अगाडि पार्नुभयो । सोही गोल नै निर्णायक बन्यो । थाइल्यान्ड टिमका खलाडीले मेसुकेलाई फाउल गरेपछि एनआरटीले पेनाल्टीमा गोल गर्ने अवसर पाएको हो ।यसअघि एनआरटीले थाइल्यान्डमा शीर्ष डिभिजनको क्लब चोनबुरी एफसी र तेस्रो डिभिजनको कासेम बन्डित युनिभर्सिटी एफसीसँग हार बेहोरेको थियो ।