• २ असार २०८१, आइतबार

नेपाल नामिबियासँग फेरि पराजित

blog

काठमाडौं, साउन १ गते । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । स्कटल्यान्डमा जारी सिरिजमा शनिबार राति नेपाल नामिबियासँग ६३ रनले पराजित भयो । सिरिजको पहिलो खेलमा पनि नेपाल नामाबियासँग ४० रनले पराजित भएको थियो । 

नामिबियाले दिएको २०० रनको विजय लक्ष्य पछ्याएको नेपाल नेपाल ३७.५ बलमा सवै विकेटको क्षतिमा १ सय ३६ रनमा समेटिएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाउनुभयो । आसिफ शेखले ३४, आदील अन्सारीले २०, रोहित पौडेलले १७ र पवन सर्राफले अविजित १० रननाउनुभयो ।

बलिङमा नामिबियाका बेर्नार्ड स्कोल्ट्जले पाँच विकेट लिनुभयो । जान फ्राइलिंकले तीन र जेर्हाल्ड इरासमुस एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९.२ ओभरमा सबै विकेटको क्षतिमा १ सय ९९ रन बनाएको थियो । 

नामिबियाका लागि कप्तान जेहार्ड एरास्मसले ५३ रन बनाउनुभयो । डेभिड विएसले ३४, जेजे स्मिथ र डिभान ला ककले २७ /२७ तथा जान निकोल र रुबेन ट्रम्पेलम्यानले १९/१९ समान १९ रन बनाउनुभयो । बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिनुभयो । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले दुई दुई तथा बसिर अहमेदले एक विकेट लिनुभयो । 

नेपालले सिरिजको दोस्रो खेलमा भने स्कटल्यान्डमाथि पाँच विकेटको जित निकालेको थियो । हारसँगै नेपाल तालिकाको छैटौं स्थानमा झरेको छ । नेपालले १९ खेलबाट १७ अंक बनाएको छ । नामिबिया पाँचौं स्थानमा उक्लिएको छ । नामिबियाको १८ खेलबाट १८ नै अंक पुगेको छ । नेपालले सिरिजको अन्तिम खेल आज (आइतबार) घरेलु टोली स्कटल्यान्डसँग खेल्नेछ । आजको खेल ३ः४५ बजे सुरु हुनेछ ।