खो खो राष्ट्रिय खेलाडीद्वय तालिमको लागि भारत प्रस्थान
एशियन खो खो संघ तथा भारतीय खो खो संघको निमन्त्रणामा मगंलबार दुईजना खेलाडी भारत प्रस्थान गर्नुभएको छ ।
नेपाल र स्टकल्यान्डको खेल आज
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले आज घरेलु टोली स्कटल्यान्डको सामना गर्दैछ ।
गौरिकासहित चार खेलाडी सम्मानित
नेपाल पौडी संघले पौडीकी सफल खेलाडी गौरिका सिंहसहित चार खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । संघले १३औं दक्षिण एसियाली खेलुद (साग) मा सर्वाधिक चार स्वर्ण विजेता गौरिका सिंह, डुवाना लामा, टिशा शाक्य र अनुशिया तण्डुकारलाई नगद पुरस्कार र सम्मान पत्रबाट सम्मान गरेको हो ।
पौडीमा नासिर र डुवानाद्वारा नयाँ कीर्तिमान कायम
१०औं एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगितामा नासिर याह्या हुसेन र डुवाना लामाले नयाँ कीर्तिमान राख्न सफल हुनुभएको छ । नेपाल पौडी संघको आयोजनामा सातदोवाटो पौडी पोखरीमा भएको प्रतियोगितामा मंगलबार नासिरले १०० मिटर ब्याकस्ट्रोकमा १ मिनट ४.४६ सेकेन्डकको नयाँ कीर्तिमान बनाउनुभयो ।
नवनिर्वाचित बुद्धिचाल संघको १३ बुँदे कार्ययोजना
नेपाल बुद्धिचाल संघको नवनिर्वाचित कार्यसमितिले मंगलबार चारवर्षे कार्ययोजना सार्वजनिक गरेको छ । सोमबार मात्र विदुरप्रसाद गौतमको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिले मंगलबार पत्रकार सम्मेलन गर्दै चार बर्षका लागि १३ बुँदे कार्ययोजना सार्वजनिक गरेको हो ।
केन्द्र स्तरीय राष्ट्रपति रनिङ सिल्ड सुरु
१२औं केन्द्र स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सञ्चालित प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गर्नुभयो ।
राष्ट्रपति रनिङ सिल्ड : काठमाडौं टिम च्याम्पियन
काठमाडौं बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा काठमाडौं १५ स्वर्ण, ५ रजत र ४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बनेको हो ।
कृष्णले विश्व एथलेटिक्स खेल्ने
विश्व एथलेटिक्स च्याम्पियनसिपमा धावक कृष्ण बस्नेतले प्रतिस्पर्धा गर्ने भएका छन् । जुलाई १५ देखि २४ तारिखसम्म अमेरिकाको पोर्टल्यान्डमा हुने प्रतियोगिताको म्याराथनमा कृष्णले प्रतिस्पर्धा गर्ने नेपाल एथलेटिक्स संघले जनाएको छ ।
खराव ब्याटिङका कारण नेपाल नामिबियासँग पराजित
खराव ब्याटिङका कारण आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । स्कटल्यान्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा सोमबार राति सकिएको खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भयो ।
नेपाल बुद्धिचाल संघमा विदुर
नेपाल बुद्धिचाल संघको अध्यक्षमा विदुरप्रसाद गौतम निर्वाचित हुनुभएको छ । संघको सोमबार काठमाडौंमा सम्पन्न चुनावी साधारण सभाले गौतमलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद रिजाल निर्विरोध निर्वाचित हुनुभएको छ ।
नेपाललाई नामिबियाको दुई सय २१ रनको लक्ष्य
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपाललाई जितको लागि नामिबियाले दुई सय २१ रनको लक्ष्य दिएको छ ।
पौडीमा नासिरलाई थप तीन स्वर्ण
नासिर याह्या हुसेनले १०औं एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगितामा थप तीन स्वर्ण जित्नुभएको छ । यससँगै नासिरको यस प्रतियोगितामा पाँच स्वर्ण पुगेको छ ।
राखेपद्वारा पलेशा र प्रिन्ससहित १३ खेलाडी पुरस्कृत
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न ६ खेलका १३ खेलाडीलाई सोमबार खेलाडी प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । राखेपले पारा तेक्वान्दोका चार, ब्याडमिन्टन र भलिबलका एक एक, बक्सिङका तीन, एथलेटिक्सका र ट्रायथलनका दुई दुई गरी १३ जना खेलाडीलाई १० लाख ५० हजार रुपियाँ पुरस्कार सहित सम्मान गरेको हो ।
नामिबियाविरुद्ध पहिले बलिङ गर्दै नेपाल
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिले बलिङ गरेको छ । स्कटल्यान्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा अहिले नामिबियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गरेको हो ।
जोकोभिच सातौं पटक विम्बल्डन च्याम्पियन
विम्बल्डन टेनिस उपाधि विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिचले जित्नुभएको छ । लन्डन स्थित अल इङ्ल्यान्ड क्लबमा आइतबार राति भएको रोमाञ्चक फाइनल भिडन्तमा जोकोभिचले अस्ट्रेलियाका निक क्रिगोसलाई ४–६, ६–३, ६–४, ७–६ (७–३) को सेटमा हराउनुभयो ।
आईसीसी विश्वकप लिग–२ : नेपाल आज नामिबियासँग भिड्दै
आईसीसी विश्वकप लिग–२ अन्तर्गत्र त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपालले आज (सोमबार) नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । स्कटल्यान्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ बजे सुरु हुनेछ ।
पौडीमा नासिर र निभालाई दोहोरो स्वर्ण
नेपाल पौडी संघले आयोजना गरेको १०औं एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगितामा नासिर याह्या हुसेन र निभा मास्केले दोहोरो स्वर्ण जित्नुभएको छ ।
नवौं राष्ट्रिय खेलकुद कार्यकारी समितिले पूर्णता पायो
नवौं राष्ट्रिय खेलकुद सञ्चालन निर्देशिकाको दफा ८ को १ मा व्यवस्था भए बमोजिम गठन भएको कार्यकारी समितिले पूर्णता पाएको छ ।
एसियाडका लागि जुडोको दोस्रो चरणको छनोट सम्पन्न
चीनमा आयोजना हुने १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) का लागि जुडो खेलको दोस्रो चरणको छनोट सम्पन्न भएको छ ।
बाँकेलाई प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड उपाधि
प्रथम लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बाँके जिल्लाले जितेको छ ।
विवाद समाधान नभएसम्म एनएसएल नहुने
सहिद स्मारक ‘ए’ डिभिजन लिगका चार क्लबले नेपाल सुपर लिग (एनएसएल) प्रति असन्तुष्ट जनाएपछि दोस्रो संस्करणको एनएसएल अन्योलमा परेको छ ।
रितले न्युजिल्यान्डमा क्रिकेट खेल्ने
नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान रित गौतमले न्युजिल्यान्डको घरेलु प्रतियोगिता खेल्नु हुनेभएको छ । रितले न्युजिल्यानडको गिजर सिटी क्रिकेट क्लबबाट ब्यवसायिक क्रिकेट खेल्ने पक्का भएको हो ।
यू–२० साफ च्याम्पियनसिप : राम्रो नतिजा ल्याउने प्रशिक्षक केसीको दावी
जुलाई २५ देखि अगस्ट ५ सम्म भारतको भुवनेश्वरमा आयोजना हुने यू–२० साफ च्याम्पियनसिप फुटबलमा राम्रो नतिजा ल्याउने नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले दावी गर्नुभएको छ । नेपाली टोली अहिले बन्द प्रशिक्षणमा ब्यस्त छ ।
इलिना विम्बल्डन च्याम्पियन
विम्बल्डन टेनिसको उपाधि काजकिस्तानकी इलिना राइबाकिनाले जित्नुभएको छ । लन्डनमा शनिबार राति भएको महिलातर्फको फाइनलमा इलिनाले ट्युनिसियाकी ओन्स जाबेरलाई २–१ को सेटमा हराउनुभयो । इलिनाले जाबेरमाथि ३–६, ६–२, ६–२ को जित निकाल्नुभयो ।