• ११ पुस २०८१, बिहिबार

नेपाललाई नामिबियाको दुई सय २१ रनको लक्ष्य

blog

काठमाडौं, असार २७ गते । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपाललाई जितको लागि नामिबियाले  दुई सय २१ रनको लक्ष्य दिएको छ ।

स्कटल्यान्डको  क्याम्बुस्दुन न्यू ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय २० रन बनाएको छ । नामिबियाका लागि जान निकोलले सर्वाधिक ६० रन बनाउनुभयो । 

डिभान ल कोकले ४१, जेर्हाल्ड इरासमुसले २२, क्रिग विलियस्मले २१, लोहान्ड्रे लवरेन्स र डेविड विसले १८÷१८ तथा जेजे स्मिथले १७ रन बनाउनुभयो । बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले चार विकेट लिनुभयो । सोमपाल कामीले दुई तथा करण केसी, बसिर अहमेद र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिनुभयो । 

नेपाल, नामाबिया र आयोजक स्कटल्यान्ड सम्मिलित सिरिजमा नेपालले दोस्रो खेल स्कटल्यान्डविरुद्ध जुलाई १३, तेस्रो खेल नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेल स्कटल्यान्डविरुद्ध जुलाई १७ मा खेल्नेछ ।