• ११ पुस २०८१, बिहिबार

नेपाललाई स्कटल्यान्डको एक सय ४५ रनको लक्ष्य

blog

टसपछि नेपाल र स्कटल्यान्डका कप्तान । तस्बिर : क्यान

काठमाडौं, असार २९ गते । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपाललाई स्कटल्यान्डले जितका लागि एक सय ४५ रनको लक्ष्य दिएको छ । स्कटल्यान्डको टिटवुड ग्लासगो मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४२.५ ओभरका सवै विकेटको क्षतिमा एक सय ४४ रन बनायो ।

घरेलु टोली स्कटल्यान्डका लागि गाभिन मेनले अविजित ६४ रन बनाउनुभयो । मार्क वाटले १७, साफ्यान शरिफले १६ र कलुम म्याकलोडले १३ रन बनाउनुभयो । सुरुवातमा कसिलो बलिङ गरेको नेपालका लागि सोमपाल कामी र आदील आलमले तीन तीन विकेट लिनुभयो ।

कप्तान सन्दीप लामिछानेले दुई तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट झार्नुभयो । सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नेपालले सिरिजको तेस्रो खेल नामिबियाविरुद्ध शनिबार र अन्तिम खेल स्कटल्यान्डसँग आइतबार खेल्नेछ ।