भारतमाथि प्रतिबन्धपछि साफ फुटबलमा तरंग
भारतीय फुटबल संघलाई विश्व फुटबलको सर्वोच्च संस्था विश्व फुटबल महासंघ (फिफा) ले प्रतिबन्ध लगाएपछि दक्षिण एसियाली फुटबल (साफ) मा तरंग पैदा भएको छ ।
सुमन लनर्सको ब्रान्ड एम्बासडर
कराते खेलाडी सुमन तिमल्सिनालाई लनर्स इन्स्टिच्युट एन्ड कन्सल्टेन्सीले ब्रान्ड एम्बासडर बनाएको छ । सुमन र लनर्सका प्रवन्ध निर्देशक सुदिप छत्कुलीले मंगलबार सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
हारबाट जोगियो लिभरपुल
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दावेदार लिभरपुल हारबाट जोगिएको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा लिभरपुल क्रिस्टल प्यालेससँग १–१ गोलको बराबरीमा रोकियो ।
टाइम्स क्वार्टरफाइनलमा
टाइम्स प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कोर्टमा सोमबार भएको समूह ‘सी’ को लिग खेलमा टाइम्सले आईएसए नेपाललाई ११०–२९ को फराकिलो अन्तरले हरायो ।
फुटबल टोलीको प्रशिक्षण बिहीबारदेखि
नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण बिहिबारदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशविरुद्ध दशरथ रंगशालामा असोज ११ गते हुन लागेको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षण सुरु गर्न लागेको हो ।
क्रिकेटर अमितलाई ‘आइटेल’ मोबाइलको साथ
नेपाली युवा क्रिकेटर एवं नेपाल पुलिस क्लबका ब्याट्सम्यान अमित श्रेष्ठलाई महालक्ष्मी मोबाइल कम्पनीको ‘आइटेल’ ले प्रायोजन सहयोग गरेको छ ।
चेल्सी र टोट्टनहामको बराबरी
दुई प्रशिक्षकको झगडाले तनावपूर्ण बनेको प्रिमियर लिग अन्तर्गत चेल्सी र टोट्टनहामको खेल बराबरीमा सकिएको छ । आइतबार राति भएको लन्डन डर्बी २-२ गोलको बराबरीमा सकिएको हो ।
रियल म्याड्रिडको विजयी सुरुवात
साविक विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ । नयाँ सिजनको आफ्नो पहिलो खेलमा आइतबार राति रियलले अल्मेरियालाई उसैको मैदानमा २–१ गोलले हरायो ।
आर्मीको विजयी सुरुवात
विभागीय टोली नेपाल आर्मीले प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषमा आइतबार विजयी सुरुवात गरेको छ । नखिपोट युथ क्लबद्वारा आयोजित प्रतियोगितामा आर्मीले रोयललाई ९१–६३ ले हरायो ।
प्रशिक्षक थापासँग फुटबलबारे अन्तक्रिया
नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक तथा दक्षिण एसियाली महान फुटबलर श्याम थापासँग फुटबल खेलबारे अन्तरक्रिया गरिएको छ । खेलाडी डटकमले हाम्रो फुटबल नेपालसँगको सहकार्यमा आइतबार थापासँग अन्तरक्रिया कार्यक्रम गरेको हो ।
दीपकलाई सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी
साग स्वर्ण पदकधारी दीपक श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्ले थप जिम्मेवारी प्रदान गरेको छ । सहायक प्रशिक्षकमा कार्यरत श्रेष्ठलाई साउन २६ गतेको सदस्य सचिव स्तरीय निर्णयानुसार समान श्रेणी, पद र सुविधा कायम रहने गरि सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरिएको हो ।
दुई तीन महिनामा ब्याटिङ समस्या सुधार्ने प्रशिक्षक प्रभाकरको प्रतिबद्धता
नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक मनोज प्रभाकरले नेपाली राष्ट्रिय क्रिकेट टोलीका देखिएको सदाबहार ब्याटिङ समस्या दुई देखि तीन महिनामा सुधार गर्ने बताउनु भएको छ ।
राष्ट्रिय टोलीको प्रारम्भिक सूचीमा ४० खेलाडी
अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको तयारीका लागि प्रारम्भिक सुचीमा ४० जना खेलाडीलाई बोलाएको छ । एन्फाले हालै नियुक्त गरेको कार्यवाहक प्रशिक्षक प्रदीप हुमगाईंले यसअघि टोलीबाट विद्रोह गरेका १० जना पूराना खेलाडीसहित ४० जनालाई प्रारम्भिक चरणको तयारीमा बेलाउनु भएको हो ।
एसी मिलान र इन्टरको सुखद सुरुवात
साविकको विजेता एसी मिलान र उपविजेता इन्टर मिलानले इटालियन सिरी ‘ए’ फुटबलमा सुखद सुरुवात गरेका छन् । नयाँ सिजनको पहिलो खेलमा शनिबार राति एसी मिलानले घरेलु मैदानमा उडिनेसलाई ४–२ गोलले हरायो । अर्को खेलमा इन्टरले लिस्सेलाई २-१ गोलले स्तब्ध बनायो ।
सिजनको पहिलो खेलमा बार्सिलोनाको बराबरी
बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलबा बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग गोलरहित बराबरी रोकिएको हो । बल पोसेसनमा पकड जमाएपनि बार्सिलोनाले गोल गर्न सकेन ।
नेयमार चम्किएपछि पीएसजीको सानदार जित
ब्राजिलका स्टार नेयमार चम्किएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति पीएसजीले मोन्टपेलियरलाई ५–२ गोलले हरायो ।
सिटी र आर्सनलको लगातार दोस्रो जित
साविक विजेता म्यानचेस्टर सिटी र आर्सनलले इङ्लिस प्रिमियर लिगका लगातार दोस्रो जित निकालेका छन् । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले बर्नमाउथलाई ४-० गोलले हरायो । अर्को खेलमा आर्सनलले लेस्टर सिटीमाथि ४-२ गोलको जित निकालेको हो ।
क्रिकेट प्रशिक्षक प्रभाकर आइपुग्नुभयो
नेपाली राष्ट्रिय क्रिकेट टोलीको नवनियुक्त प्रशिक्षक मनोज प्रभाकर शनिबार साँझ नेपाल आइपुग्नुभएको छ । नेपाल क्रिकेट संघ क्यानले साउन २३ गते उहाँलाई नेपालको प्रशिक्षकमा नियुक्त गरेको थियो ।
मनिष डाँगी बहराइनको क्लबमा अनुबन्ध
नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर मनिष डाँगी बहराइनको क्लब इत्तेहाल अल रेफमा अनुबन्ध हुनुभएको छ । क्लबले शनिबार मनिषसँग सम्झौता गरेको जनाएको छ ।
विष्णुकान्तलाई निर्वाचन संयोजकको जिम्मेवारी
नेपाल फुटकन्ट्याक्ट महासंघको साधारण एवं विधान संसोधन सभाले महासंघका महासचिव विष्णुकान्त अर्याललाई महासंघको नयाँ निर्वाचन गर्नका लागि संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।
मेस्सी १५ वर्षपछि बालोन डी’ओरको मनोनयन बाहिर
अर्जेन्टिना एवं पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार लियोनल मेस्सी डेढ दशकपछि बालोन डी’ओर मनोनयनमा अटाउनु भएको छैन । मेस्सी १५ वर्षपछि बालोन डी’ओरको मनोनयनमा नअटाउनु भएको हो ।
खेलकुद पत्रकार मञ्च कैलालीको अध्यक्षमा पाठक
नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीको अध्यक्षमा प्रदीप पाठक चयन हुनुभएको छ । मञ्चको शनिबार भएको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनबाट पाठक सर्वसम्मत अध्यक्षमा हुनुभएको हो ।
सेभियालाई पहिलो खेलमै ओसासुनाको झट्का
स्पेनिस ला लिगामा नयाँ सिजनको सुरुवातमै सेभियालाई ओसासुनाको नमिठो झट्का लागेको छ । शुक्रबार रातिदेखि सुरु भएको ला लिगाको पहिलो खेलमा सेभिया ओसासुनासँग उसैको मैदानमा २–१ गोलले पराजित भयो ।
च्याम्पियन मार्सल आर्ट्स एकेडेमी स्थापना
मार्सल आर्ट्स खेलमा नेपाललाई विभिन्न समयमा पदक जिताउने च्याम्पियन खेलाडीहरुले काठमाडौं महानगरपालिका -१६ को खरिबोटमा च्याम्पियन्स मार्सल आर्टस् एकेडेमीको स्थापना गरेका छन् । हाल प्रवासमा रहँदै आएका पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको पहलमा शुक्रबारदेखि एकेडेमी औपचारिक सञ्चालनमा आएको हो ।