• ७ जेठ २०८१, सोमबार

दुई तीन महिनामा ब्याटिङ समस्या सुधार्ने प्रशिक्षक प्रभाकरको प्रतिबद्धता

blog

आइतबार आयोजित पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्नु हुँदै क्रिकेट प्रशिक्षक मनोज प्रभाकर । तस्बिर : क्यान

काठमाडौं, साउन २९ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक मनोज प्रभाकरले नेपाली राष्ट्रिय क्रिकेट टोलीका देखिएको सदाबहार ब्याटिङ समस्या दुई देखि तीन महिनामा सुधार गर्ने बताउनु भएको छ ।

शनिबार मात्र नेपाली टोलीको प्रशिक्षण सम्हाल्न काठमाडौं आउनु भएका प्रभाकरले आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपालको ब्याटिङ समस्या आफुले दुई तीन महिनामा सुधार गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले एक साताअघि मात्र प्रभाकरलाई नेपालको प्रशिक्षकमा नियुक्त गरेको थियो । प्रभाकरले आइतबार देखिनै नेपाली टोलीको प्रशिक्षण सम्हाल्नु भएको हो । उहाँले त्रिवि मैदान कीर्तिपुरमा आइतबार नेपाली टोलीको खेल समेत नियाल्नु भएको थियो ।

‘नेपाली खेलाडी सबैको ब्याटिङ हेरें । उनीहरुको कमी कमजोरी भेट्टाएको छु । खेलाडीदले आईपीएलको सिकोर गरिरहेका छन् । खेलाडीका केही प्राविधिक कमजोरी छ । त्यसलाई अवश्य सुधार गर्नुछु,’ प्रभाकरले भन्नुभयो । 

उहाँले भन्नुभयो, ‘नेपालले अहिले आईसीसी क्रिकेट लिग–२ खेलिरहेको छ । जसमा नेपालले २० खेल खेलिसकेको छ । १६ खेल बाँकी रहेकोले त्यसमा धेरै खेलमा सुखद नतिजा निकाल्न आवश्यक छ ।’ उहाँले लिग–२ का बाँकी खेल जित्ने लक्ष्यका साथ टोलीको तयारी गराउने पनि बताउनुभयो । 

प्रशिक्षक प्रभाकरले नेपाली टोलीले विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आएपनि धेरै जसो खेलमा कमजोर ब्याटिङका कारण पराजित हुने गरेको प्रशस्तै उदाहरण रहेको पनि बताउनुभयो ।

पछिल्लो समय नेपाली टोलीमा विवाद र गुट उपगुट देखिएकोले त्यसलाई हल गर्नुपर्ने चुनौती उहाँमाथि रहेको छ । यस बारे प्रशिक्षक प्रभाकरले एउटै परिवार भित्र विवादले गन्तब्यमा नपुगिने बताउनुभयो । उहाँले सबैको समस्या र दुःखलाई बुझेर समाधानको उपाय खोजिते पनि बताउनुभयो । 

नेपाली टोलीमा अहिले औसत २२ वर्षका युवा खेलाडीको बाहुल्यता रहेकोले यस्तो अवस्थामा सिकाई नै महत्वपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस्तो उमेरमा सिकाई महत्वपूर्ण रहन्छ । युवा उमेरका खेलाडीले  छिटो सिक्ने र प्ररिणाम पनि चाँडै आउने गर्दछ । हामी यही परिणामको प्रतिक्षामा छौं ।’ 

प्रशिक्षक प्रभाकरको प्रशिक्षमा नेपालले केन्यासँग पाँच वटा टी–२० र दुई वटा एकदिवसीय सिरिज खेल्न लागेको छ । नेपालले केन्यासँग अगस्ट २५ देखि सेप्टेम्बर ५ तारिखसम्म सिरिज खल्नेछ ।

नेपालले पाँच खेलको टी–२० सिरिज अगस्ट २५, २६, २८, २९ र ३० तारिख तथा एक दिवसीय सिरिज सेप्टेम्बर २, ३ र ५ तारिख खेल्नेछ । जसको तयारी नेपालले आइतबारदेखि सुरु गरेको हो । यस सिरिजका लागि नेपाली टोलीको घोषणा समेत भईसकेको छ । सिरिजको सम्पूर्ण खर्च केन्या क्रिकेट एसोसिएसनले गर्ने बताईएको छ ।