विश्वकप फुटबलको खेल तालिका परिवर्तन
कतारमा आगामी मङ्सिर ५ गतेदेखि प्रारम्भ हुने फिफा वल्डकप २०२२ एक दिन अगाडि अर्थात् मङ्सिर ४ गतेदेखि हुने भएको छ ।
एन्फा मानार्थ अध्यक्ष श्रेष्ठ, कार्यवाहक प्रशिक्षकमा हुमागाईं
अखिल नेपाल फुटबल संघ (एन्फा) को मानार्थ अध्यक्षमा नरेन्द्र श्रेष्ठ नियुक्त हुनुभएको छ । बिहिबार बसेको एन्फा बैठकले आगामी साधारणसभामा प्रस्ताव सहित अनुमोदन गर्ने गरी श्रेष्ठलाई मनार्थ अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
रियलले चुम्यो सुपर कप उपाधि
यूईएफए सुपर कप फुटबलको उपाधि स्पेनिस पावर हाउस रियल म्याड्रिडले जितेको छ । फिनल्यान्डमा बुधबार राति भएको खेलमा रियलले जर्मन प्रतिद्वन्द्वी आइन्ट्राक्ट फ्रान्कफर्टलाई २–० गोलले हराउँदै रियलले उपाधि चुमेको हो ।
वाइ पोनटिङलाई इन्डोर क्रिकेट उपाधि
इटहरी क्रिकेट एकेडमीको आयोजनामा सुनसरीमा सम्पन्न अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिको उपाधि वाइ पोनटिङले जितेको छ । इटहरी क्रिकेट रंगशालाको इन्डोर क्रिकेट हलमा विहिबार भएको फाइनल खेलमा वाइ पोनटिङले पशुपति स्कुललाई पाँच विकेटले हरायो ।
‘प्याराग्लाइडिङ प्रतियोगिता पोखरामै गरौँ’
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ खेल सञ्चालन पोखरामा नै गर्दा उपयुक्त हुने सुझाव दिइएको छ। पोखरा रङ्गशालामा आयोजित छलफल कार्यक्रममा प्याराग्लाइडिङका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले सुरक्षासहित अन्य कारणले गर्दा पोखराभन्दा अन्यत्र उक्त प्रतियोगिता सञ्चालन गर्न मनासिब नभएको निष्कर्ष निकालिएको छ।
दीपा भारतीय क्लबमा अनुबन्ध
नेपाल पुलिस क्लब तथा राष्ट्रिय टोलीकी मिडफिल्डर दीपा न्यौपाने भारतीय क्लबमा अनुबन्ध हुनुभएको छ । मिडफिल्डर दीपाले केरेला महिला लिगका लागि भारतीय क्लब डनबस्को एफएसँग सम्झौता गर्नुभएको हो ।
यूईएफए सुपर कप भिडन्त आज
स्पेनको च्याम्पियन क्लब रियल म्याड्रिडले ट्रफी जितेर गत सत्र सकाएको थियो। सो क्लबले यस सत्रको सुरुवात ट्रफी जितेर नै गर्न चाहेको छ। यसका लागि रियल म्याड्रिडले बुधबार जर्मनीको आइन्ट्राक्ट फ्रान्कफर्टसँग यूईएफए सुपर कपको उपाधि भिडन्त गर्दैछ। यूएएफए सुपर कप नयाँ सत्रको सुरुवातमा च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताबीच हुने गर्दछ। सो खेल फिनल्यान्डको हेलसिन्कीमा हुनेछ। फिनल्यान्डमा पहिलो पटक यूईएफएको फाइनल हुन लागेको हो।
नेपाल र केन्याबीचको खेल तालिका सार्वजनिक
नेपाल र केन्याबीच हुन लागेको टी–२० र एक दिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार केन्या भ्रमणको खेल तालिका सार्वजनिक गरेको हो ।
टेबुल टेनिस संघद्वारा स्यान्टुको विदाई
टेबुल टेनिसका राष्ट्रिय च्याम्पियन स्यान्टु श्रेष्ठ टेुबल टेनिस खेल छाडेर अष्ट्रेलिया जान लाग्नुभएको छ । उहाँ उच्च शिक्षा अध्ययन गर्नका लागि अष्ट्रेलिया जान लाग्नुभएको हो ।
गुणराजले प्रोफेसनल मुवा थाई खेल्ने
नेपालका गुणराज रुचालले कम्बोडियामा हुने प्रोफेसनल मुवा थाईमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । अन्तर्राष्ट्रिय मुवा थाई विजेता गुणराजलाई मंगलबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले विदाई गर्नुभयो ।
खेलकुद मन्त्री अथकद्वारा लमही क्रिकेट मैदानको अवलोकन
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले दाङको लमहीमा रहेको क्रिकेट मैदानको निरीक्षण गर्नुभएको छ । गृहजिल्ला पुग्नुभएका मन्त्री अथकले सोमबार निर्माणाधिन अवस्थामा रहेको क्रिकेट रंगशालाको अवलोकन गर्नुभएको हो ।
एसिया रग्वीमा नेपाल सबै खेलमा पराजित
नेपाल एसिया रग्वी सेभेन्स ट्रफीको सेमिफाइनलबाट बाहिरएको छ । सात राष्ट्र सहभागि रग्वी सेभेनमा नेपाल पाँचौ स्थानका लागि भएको सेमिफाइनलमा नेपाल मंगोलियासँग १०–५ ले पराजित भयो ।
गुल्मीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र
रमेश विश्वकर्मा गुल्मी, साउन २४ गते । गुल्मीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिल्लास्तरीय छनाेट प्रतियोगितालाई प्रभावकारी बनाउन तीव्र तयारी भइरहेको छ । गण्डकी प्रदेशको पोखरामा आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जिल्लाबाट खेलाडीहरु सहभागी गराउने उद्देश्यले जिल्लास्तरीय छनाेट प्रतियोगितालाई प्रभावकारी बनाउन जिल्ला खेलकुद विकास समिति पालिका स्तरमा पुगेको छ । जिल्लास्तरीय छनाेट प्रतियोगिता तयारीका लागि अनुमानित खर्च विवरणसहितको प्रस्तावना जिल्लाका १२ वटै स्थानीय तहमा पुगेर पेश गरिने जिल्ला खेलकुद विकास समिति गुल्मीका उपाध्यक्ष नारायण जिसीले जानकारी दिनुभयो । हालसम्म सात स्थानीय तहका प्रमुख, उपप्रमुख एवम् प्रमुख प्रशासकीय अधिकृतहरुलाई प्रस्तावना पेश गरिएको छ । बाँकी पाँच स्थानीय तहमा पनि छिट्टै प्रस्तावना पेश गर्ने बताइएको छ । प्रस्तावना पेश गर्दै पालिकाबाट जिल्लास्तरीय छनाेट प्रतियोगितामा खेलाडीहरु सहभागी बनाउन आग्रह गरिएको उपाध्यक्ष जिसीले बताउनुभयो ।गुल्मी जिल्लाबाट भलिबल, फुटबल, क्रिकेट, ब्याडमिण्टनलगायत १९ वटा खेलमा प्रदेश खेलकुद परिषद, लुम्बिनीलाई माग गरिएको कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिनुभयो । उहाँले जिल्लास्तरीय छनाेट प्रतियोगितामा सहभागी भई छनाेट भएका खेलाडीहरुलाई समयानुकूल बन्द प्रशिक्षणको व्यवस्था मिलाउने बताउनुभयो । कराँते, फुटबल, भलिबल, खो खो, तेक्वान्दो, बक्सिङ्ग खेलका प्रशिक्षकहरु यस जिल्लामा उपलब्ध गराइदिन प्रदेश खेलकुद परिषदमा माग गरिएको जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष गिरीप्रसाद महाकिमले जनाकारी दिनुभयो ।
सन्दीप आईएल टी-२० का मार्की खेलाडी
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले संयुक्त अरव इमिरेट्स (यूएई)मा हुने इन्टरनेशनल लिग (आईएल) टी-२० क्रिकेट खेल्ने पक्का भएको छ । इमिरेट्स क्रिकेट बोर्डको आयोजनामा हुने लागेको फ्रेन्चाइल लिगमा विश्वका नाम चलेका स्टार खेलाडीसँगै नेपाली लेगस्पीनर सन्दीप पनि मार्की खेलाडीको रुपमा अनुबन्ध हुनुभएको हो ।
क्रिकेट टोलीको प्रशिक्षकमा प्रभाकर नियुक्त
नेपाल क्रिकेट संघ (क्यान) ले भारतका मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको छ । क्यानले सोमबार प्रेश विज्ञप्ती जारी गर्दै प्रभाकरलाई प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको हो ।
लोमान्थाङमा गल्फ प्रतियोगिता हुने
समुन्द्र सतहबाट चार हजार ६४५ मिटर उचाईमा रहेको मुस्ताङको लोमान्थाङमा भदौ ११ गते गल्फ प्रतियोगिता हुने भएको छ । लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा रहेको नौ होलको गल्फ कोर्समा औपचारिक प्रतियोगिता आयोजना गरिन लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेशसभा सदस्य ईन्द्रधारा विष्टले जानकारी दिनुभयो ।
सिटीको विजयी सुरुवात
डेब्यु खेलमै युवा स्टार एर्लिङ हालान्ड चम्किएपछि साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ । सिजनको आफ्नो पहिलो खेलमा सिटीले आइतबार राति वेस्ट हाम युनाइटेडलाई २-० गोलले हरायो ।
रुविका र दिनेश आइटीएफ वर्ष उत्कृष्ट
बागमती प्रदेशकी रुबीका खड्का र नेपाल आर्मीका दिनेश बुढामगर वर्षका उत्कृष्ट खेलाडी घोषित हुनुभयो ।
रिङ्ग रेस्लिङ्गको अन्तर्राष्ट्रिय तालिम हुने
नेपाल रिङ्ग रेस्लिङ्ग संघ र जापानस्थित ०१ जापानबिच नेपालमा रेस्लिङ्ग संचालन सम्बन्धि सम्झौता भएको छ । संघद्वारा संचालित लैनचोरस्थित रिङ्ग रेस्लिङ्ग एकेडेमीमा अब २०७९ साल भदौ १५ गतेदेखि ६ महिने विशेष ब्यवसायिक रिङ्ग रेस्लिङ्ग तालिम जापानिज प्रशिक्षकद्वारा दिइनेछ ।
नवौं राष्ट्रिय खेलकुदको बजेट ६० करोड
गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बजेट ६० करोड रुपियाँ रहेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङले नवौं खेलकुद तोकिएको समयमा हुने र यसका लागि सरकारले आवश्यक बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
साफ यू-१७ : बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट
अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रीलङ्कामा सेप्टेम्बर ५ देखि १४ तारिखसम्म आयोजना हुने साफ यू–१७ फुटबल च्याम्पियनसिपको बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट गरेको छ ।
चेल्सीको सुखद सुरुवात
लन्डन क्लब चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलमा सुखद सुरुवात गरेको छ । सिजनको पहिलो खेलमा चेल्सीले शनिबार राति एभर्टनलाई उसैको मैदानमा १-० गोलले हरायो । चेल्सीको जितमा जर्जिन्होले निर्णायक गोल गर्नुभयो ।
मेस्सी चम्किएपछि पीएसजीको सानदार जित
अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सी चम्किएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित निकालेको छ । शनिबार राति भएको सिजनको पहिलो खेलमा पीएसजीले क्लेरमन्ट फुटलाई उसैको मैदानमा ५-० गोलले हरायो ।
फुटबलका नवयुग
उनी सौम्य लाग्छन्, कम बोल्छन् र जो कसैलाई देख्दा मुसुक्क हाँस्छन्। यो उनको स्कुलिङ हो। उनी अर्थात् नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान नवयुग श्रेष्ठ। १४ वर्षदेखि नेपाली सेनामा रहेर उनले सिकेको सबैभन्दा ठूलो शिक्षा नै अनुशासन हो र त्यही अनुशासित खेलाडीको नाताले उनी कप्तान भएका हुन्। यो पद आफैँमा चुनौतीपूर्ण हो। आफू राम्रो खेल्नु त छँदैछ सिङ्गो टिम मिलाएर अगाडि बढ्नु कम चानचुने हैन। नवयुग भन्छन्, “सबै कुरा अपर्चुनिटी हो। अखिल नेपाल फुटबल सङ्घले बनायो खुसी लाग्छ।”