• ७ जेठ २०८१, सोमबार

खेलकुद मन्त्री अथकद्वारा लमही क्रिकेट मैदानको अवलोकन

blog

क्रिकेट मैदानको अवलोकन गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज । तस्बिर : युवा तथा खेलकुद मन्त्रालय

काठमाडौं, साउन २४ गते । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले दाङको लमहीमा रहेको क्रिकेट मैदानको निरीक्षण गर्नुभएको छ । गृहजिल्ला पुग्नुभएका मन्त्री अथकले सोमबार निर्माणाधिन अवस्थामा रहेको क्रिकेट रङ्गशालाको अवलोकन गर्नुभएको हो । 

अवलोकनका क्रममा बन्त्री अथकले रङ्गशालाको बाँकी काम छिट्टै पुरा गर्न आवश्यक बजेट बिनियोजन गरीने बताउनुभयो । लमही क्रिकेट रङ्गशालालाई पश्चिम नेपालको महत्वपूर्ण खेल मैदानका रुपमा विकास गर्न सकिने बताउँदै मन्त्री अथकले पूर्वाधारका बाँकी कामको बारेमा समेत जानकारी लिनुभएको थियो । आफूले उक्त मैदानलाई उच्च प्राथमिकतामा राखेर हेरीरहेकाले मन्त्रालयले आवश्यक बजेट विनियोजन गर्नेमा ढुक्क हुन मन्त्री अथकले आश्वासन दिनुभएको छ । 

आठौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत उक्त मैदानमा महिला क्रिकेट प्रतियोगिता सञ्चालन गरीएको थियो । आठौं राष्ट्रिय प्रतियोगिताको दौरान रङ्गशालामा केही भौतिक पूर्वाधार निर्माण गरिए पनि प्याराफिट लगाएतका संरचना निर्माणको काम अझै बाँकी छ ।