• ७ मंसिर २०८१, शुक्रबार

एन्फा बैठक बिहीबार

blog

काठमाडौं, साउन ३ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) को स्थगित बैठक बिहीबार बस्ने भएको छ । यसअघि सोमबारका लागि तय भएको बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ अस्वस्थ भएपछि बैठक स्थगित गरिएको थियो । 

एन्फाको असार ६ गते सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएपछि नेम्वाङसहितको नयाँ नेतृत्वले बिहीबारको बैठकमा एन्फामा प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्ति सहित विभिन्न १२ वटा एजेन्डा तय गरेको गरेको छ । 

सिईओका लागि पूर्व अध्यक्ष गणेश थापा (फिफाद्वारा भष्ट्राचार आरोपमा १० वर्ष निलम्बित) को छोरा गौरव थापाको नाम प्रस्ताव गरिन लागेपछि एन्फामा अहिले विवाद चुलिएको छ । निर्वाचनमा निर्वतमान अध्यक्ष कर्माछिरिङ शेर्पा विरुद्ध निर्वाचन लड्नुभएका नेम्वाङलाई एन्फा अध्यक्षमा जिताउन गणेश थापा समूहले ठूलो सहयोग गरेको थियो ।