• ६ पुस २०८१, शनिबार

एथलेटिक्स परिवारमा नयाँ कार्यसमिति चयन

blog

एथलेटिक्स परिवार नेपालको निर्वाचित कार्यसमिति । तस्बिर : राखेप

काठमाडौ, साउन ९ गते । एथलेटिक्स परिवार नेपालको पहिलो साधारणसभा सोमबार सम्पन्न भएको छ । सोमबार काठमाडौंमा सम्पन्न साधारणसभाबाट अध्यक्षमा राजन खत्री निर्विरोध निर्वाचित हुनुभयो । यसैगरी, दीपककुमार रञ्जित वरिष्ठ उपाध्यक्ष, आशाराम गोठे, रमेश शाक्य र अनिरुद्रकुमार चौधरी उपाध्यक्ष चयन हुनुभयो ।

सुन्दरकेशर कार्की सचिवमा निर्विरोध हुनुभयो । सदस्यहरुमा सरस्वती खड्का, अभिनारायण अधिकारी, संसारलाल वैद्य, रामकृष्ण महर्जन, देवी बस्नेत र प्रकाश राणा निर्विरोध निर्वाचित हुनुभयो । परिवारको पहिलो बैठकले महासचिवमा मञ्जु श्रेष्ठलाई  मनोनित गरेको छ । महिला उपाध्यक्षमा राजकुमारी पाण्डे तथा कोषाध्यक्षमा सुषमा पाण्डे मनोनित हुनुभएको छ । 

यसैगरी दावा तामाङ, रमेश सुनार, सिद्धान्त अधिकारी, यासीर माया चौधरी र सुनिताकुमारी योञ्जन लामा सदस्यमा मनोनित हुनुभयो । बैठकले सल्लाहकारहरुमा रघुराज वन्त, खड्गबहादुर रानाभाट, धर्मेन्द्रराज शाक्य र शान्ती गुरुङ मनोनयन गरेको छ ।

सुशिलनरसिहं राणा, सुनिल राजवंशी, मोहन नेपाल, सन्जीव तुलाधर, ध्रुवबिक्रम मल्ल र ऋषि भण्डारीलाई सल्लाहकारमा निरन्तरता दिईएको छ । कानुनी सल्लाहकारमा बाबुकृष्ण महर्जन र प्राविधिक प्रमुखमा मुख्य एथलेटिक्स प्रशिक्षक चन्द्रबहादुर गुरुङ रहनुभएको छ ।