बसमा आगलागी हुँदा ३३ यात्रु घाइते
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे ५ बजे विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने सडकखण्डको विश्वकर्मा मन्दिर नजिक बस दुर्घटना भई आगलागी भएको हो ।
झापामा स्क्रब टाइपसका ३ जना विरामी फेला
झापाको दमकमा स्क्रब टाइपसका तीन जना विरामी फेला परेकाछन् । कोरोना र डेंगु रोगसंग लक्षण मिल्दोजिल्दो यो रोग ओरेन्सिया सुसुगामुसि नामको जिवाणुले गर्दा लाग्ने गर्दछ । यस जिवाणुले संक्रमित माइट–सुक्ष्म किरा, सुल्सुले, उपियाँ, जुम्रा लगायतको टोकाइबाट सर्न सक्दछ ।
कर्णाली तटमा बाढी बीमा लागू हुने
कर्णाली नदी तटका किसानको बाढीले बाली नोक्सान भए विना झन्झट दावी भुक्तानी पाउन सूचकङ्ंकमा आधारित बाढी बीमा लागू गर्न सुदूरपश्चिम र लुम्विनी प्रदेश सरकार र कर्णाली नदी तटका पाँच पालिकाका जनप्रतिनिधि सहमत भएको छन् ।
बालविवाहमुक्त अभियान
कालीकोटमा बालविवाहको अवस्था, न्यूनीकरण र रोकथाम गर्न सरोकारवालाले अभियान सञ्चालन गर्ने भएका छन् । जिल्ला समन्वय समितिले बालविवाहमुक्त जिल्ला घोषणा गर्न यकिन गरी कार्ययोजना तयार गर्ने र यससम्बन्धी अभियान थाल्ने भएको हो ।
स्वपहिचान बनाउँदै महिला
तानसेन–४ की सीता बस्नेतलाई कुनै बेला घरबाहिरको कामप्रति कुनै हेक्का थिएन। घरबाहिर जान पनि श्रीमान्को अनुमति लिनुपर्ने अवस्था थियो तर अहिले भने उहाँ पाल्पा लायन्स क्लबको अध्यक्षका रूपमा समाज सेवामा सक्रिय हुनुहुन्छ। बस्नेत भन्नुहुन्छ, “पहिला त म घरबाहिर निस्कन डराउँथेँ, घरपरिवार र समाजले केही कुरा काट्ने हुन् कि भन्ने डर लाग्थ्यो तर अहिले त्यस्तो केही लाग्दैन ।” लायन्स क्लबमा प्रवेश गरेपछि सीताजस्तै धेरै महिलाको जीवनमा परिवर्तन आएको छ। “लायन्स क्लबले सञ्चालन गरेका तालिम तथा गोष्ठीमा सहभागी भएपछि महिलाको जीवनमा परिवर्तन आएको छ ।”
स्वास्थ्य बीमा गराएका बिरामी बढे
सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेपछि स्वास्थ्य बीमा गराएका बिरामीको सङ्ख्या सरकारी अस्पतालमा भने एक्कासि बढेको छ। यही साउन १ गतेदेखि निजी अस्पताल तथा मेडिकल कलेजमा बीमा कार्यक्रम सरकारले बन्द गरेको थियो। नेपालगञ्ज मेडिकल कलेजमा बीमा कार्यक्रम बन्द गरिएपछि पश्चिम नेपालको सबैभन्दा ठूलो रेफरल भेरी अस्पताल नेपालगञ्जमा स्वास्थ्य बीमाअन्तर्गको उपचार गराउने बिरामीको सङ्ख्या अहिले तीन गुणाले बढेको अस्पतालले जनाएको छ। अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले सरकारले निजी तथा मेडिकल कलेजमा बीमा कार्यक्रम बन्द गरेपछि भेरी अस्पतालमा बीमाअन्तर्गतको उपचार गराउने तीन गुणा बढी आउन थालेको बताउनुभयो।
पहिरो प्रभावित ३५० परिवारको विचल्ली
कैलालीको चुरे गाउँपालिकाका पहिरो प्रभावित ३५६ परिवारको विचल्ली भएको छ ।
सार्वजनिक यातायातमा ‘डस्टबिन’ अनिवार्य
लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा फोहोर फाल्नका लागि डस्टबिन अनिवार्य राख्नुपर्ने भएको छ। अधिकांश सार्वजनिक सवारीमा डस्टबिन नहुँदा सडक फोहोर हुने गरेको छ। यात्रुका क्रममा यात्रुले बसबाहिर फोहोर फाल्ने गर्दा वातावरणसमेत प्रदूषण हुने गरेको छ। विशेष गरी लामो दूरीका सार्वजनिक सवारीसाधनमा अनिवार्य डस्टबिन राख्नुपर्ने व्यवस्था गरिएको छ।
व्यवस्थित बन्यो मदन–आश्रित पार्क
बागलुङ नगरपालिका–१, बाङ्गेचौर घुम्तीको मदन–आश्रित पार्क चिरिच्याट्ट परिएको छ। पार्कभित्रको झाडी व्यवस्थापन तथा पार्कले चर्चेको जग्गामा पक्की पर्खाल निर्माण गरिएसँगै पार्क आकर्षक देखिएको छ।