शिव मन्दिरमा घुइँचो
साउन महिनाको दोस्रोे सोमबार हिन्दुु धर्मावलम्बी नारीले भगवान् शिवको पूजा आराधना गरी मनाइएका छन् । साउनको सोमबार शिवको पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि हिन्दुु नारीले शिव मन्दिरमा गएर पूजा गरेका छन् । विशेषगरी महिलाले हरियो रङका वस्त्र, चुरा र मेहेंदी लगाएर भगवान् शिवको पूजा तथा आराधना गरी व्रत बस्ने गर्छन् । साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुले रातो, हरियो र पहेँलो वस्त्र तथा चुरा÷पोते लगाएर शिवको पूजा गर्दछन् । दिनभर व्रत बसेर शिवको पूूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।
सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यम
सर्लाहीको चक्रघट्टा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा पहिलो पटक अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु भएको छ । गाउँपालिका–८ स्थित औरहीमा रहेको जनता माध्यमिक विद्यालयमा बाल विकास कक्षाबाट अङ्ग्रेजी माध्यमको पढाइ सुरु गरिएको हो । विद्यालयले नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गर्न आयोजना गरेको कार्यक्रमकै अवसर पारेर गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले बाल विकासका विद्यार्थीलाई अङ्ग्रेजी माध्यमको पुस्तक वितरण गर्दै सो अभियानको शुभारम्भ गर्नुभएको हो ।
हुम्लामा ऊन उत्पादन गर्न किसानलाई भेडा वितरण
हुम्ला सदरमुकामस्थित सिमकोट गाउँपालिकाले ऊन उत्पादनमा जोड दिन किसानलाई भेडा वितरण गरेको छ । सिमकोट–१ र २ का १० किसानलाई १२० भेडा वितरण गरिएको छ । गाउँपालिकाको पशु शाखाको सिफारिसमा उनीहरुलाई भेडा वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र उपाध्यक्ष सुशीला भाम रोकायाले किसानलाई स्थानीय जातका भेडा वितरण गर्नुभयो । गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा किसानलाई अनुदानमा भेडा वितरण गर्ने कार्यक्रम अघि बढाएको थियो ।
जुम्लाको गुठीचौरमा गोठालाले पत्ता लगाए आकाशे ताल
प्रकृतिको काखमा रहेका धेरै तालहरू आज पनि मानवको पहुँचबाट धेरै टाढा छन् । विकट भूगोल, पर्यटकीय गन्तव्यको खोज र अनुसन्धानको कमी तथा तिनको संरक्षणको अभावमा धेरै ताल गुमनाम छन् । कर्णाली प्रदेशमा प्राकृतिक र पर्यटकीय महत्वका यस्ता स्थलहरू धेरै छन् । ती स्थलको उजागर हुन सकेको छैन ।
विषालु च्याउ खाँदा पाँचजना बिरामी
विषालु च्याउ खाँदा मङ्गलबार बैतडीमा पाँचजना बिरामी परेका छन् । मेलौली नगरपालिका–५ खलीगाडमा एकै घरका उनीहरु बिरामी परेका हुन् ।
पुनर्निर्माण गर्न जनता र प्रतिनिधि सँगसँगै
सङ्खुवासभामा यस वर्ष पहिरोले दर्जनौँ घर परिवार विस्थापित बनाएको छ। बाढी र पहिरोले नागरिकलाई विस्थापित मात्र बनाएन विभिन्न संरचनामा समेत क्षति पु-याएको छ। यस वर्ष हालसम्म चिचिला गाउँपालिकामा सबैभन्दा बढी क्षति पुगेको जिल्ला विपत् व्यवस्थापन समितिको तथ्याङ्कमा छ। बाढी पहिरोले चिचिला गाउँपालिकामा मात्र १६ परिवार विस्थापित बनाएको छ भने ठाउँ ठाउँमा पहिरो जाँदा सडक तथा गोरेटो बाटोमा क्षति पुगेको छ। पछिल्लो समय पानी पर्न कम भएसँगै भत्किएका सडकलगायत सार्वजनिक संरचना मर्मतका लागि जनप्रतिनिधिसँगै स्थानीय श्रमदानमा जुट्न थालेका छन्।
स्वास्थ्य स्वयंसेविकाको जाँगर
पचास वसन्त पार गर्नुभएकी दोलखाको शैलुङ गाउँपालिका–५ मा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका दुर्गा खड्काको जोश–जाँगर देख्नेहरू उहाँको प्रशंसा नगरिरहन सक्दैनन्। दुई छोरा र एक छोरीकी आमा भएपछि नेपाली सेनामा कार्यरत श्रीमान्ले सौता भिœयाएर उहाँलाई चटक्कै छोड्नुभयो। बालबच्चाको लालनपालन र घरसमेत सम्हाल्नुपर्दा कामको बोझसँगै पीर थपियो। स्वयंसेविका खड्का भन्नुहुन्छ, “यी सबै पीर सेवाको कामले बिर्सिरहेकी छु, नत्र भने बहुलाउने थिएँ हुलाँ। घरमा रहँदा सम्झना आउँछ तर गाउँमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्न लागेपछि सबै पीर चटक्कै बिर्सन्छु। आफ्नो काममै दत्तचित्त रहन मन लाग्छ।”
सिन्धुलीमाढी–चकमके सडक निर्माण सुस्त
सिन्धुली जिल्लाको पूर्वी पहाडी क्षेत्रको व्यापारिक केन्द्र चकमके जोड्ने सिन्धुलीमाढी–चकमके सडक निर्माण कार्य सुस्त भएको छ। सडकअन्तर्गत सिन्धुलीमाढीको माझीटार चोकदेखि अगाडि २८ किलोमिटर सडकलाई तीन खण्डमा ठेक्का लगाई निर्माण सुरु गरिए पनि पहिलो खण्डअन्तर्गत जीर्घासम्मको १४ दशमलव ५६० किलोमिटर सडकको निर्माण कार्यले गति लिन नसकेको स्थानीयको गुनासो छ।
सडकसँगै गाउँमा पहिरो
सडक खन्ने क्रममा निस्किएको माटो र ढुङ्गा बगेर पहिरोको रूप लिएपछि रुकुमपश्चिमका ३९ घरपरिवार आफन्तको घरमा शरण लिन बाध्य भएका छन्। जिल्लाको आठबीसकोट नगरपालिकाभित्रका दुईवटा वडाका ३९ घरपरिवार पहिरोको उच्च जोखिममा परेपछि स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगमा ती परिवारलाई आफन्तको घरमा राखिएको छ।