बारामा कुटपिटबाट एक जनाको मृत्यु
शिवशंङ्कर मिश्र बारा, जेठ २४ गते । बाराको आदर्श कोतवाल गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ६ पटेर्वा टोलका प्रभुप्रसाद कुशवाहाको मृत्यु भएको हो । प्रभुको मृत्युपछि कुटपिटमा सम्लग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । स्थानीयवासी किशोरी कुशवाहा र रामप्रवेश महतोलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय बाराकाअनुसार सोमबार दिउँसो ३ बजे पटेर्वामा जग्गा नाप्ने विषयमा विवाद भएको थियो । विवाद चर्कंदै गएपछि दुवै पक्ष कुटपिटमा उत्रिएका थिए । कुटपिटबाट घाइते भएका प्रभुलाई उपचारको लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ल्याइएको थियो । उपचारकै क्रममा सोमबार राति साढे ९ बजे उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जानकी मन्दिरमा जुत्ताचप्पलको व्यवस्थापन
जनकपुरधाम, जेठ २४ गते । जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा जुत्ताचप्पलको व्यवस्थापन शुरु गरिएको छ । केही वर्षयता व्यवस्थापन नहुँदौ मन्दिर परिसरबाट जुत्ताचप्पल हराउने र चोरी हुने समस्या रहँदै आएको थियो ।जनकपुरधाममा महिनापिच्छे हुने धार्मिक तथा साँस्कृतिक उत्सवका बेला जानकी मन्दिर दर्शन गर्न हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गर्छ । मन्दिर परिसरभित्र प्रवेश गर्नुअघि नै जुत्ताचप्पल फुकाल्नुपर्ने हुन्छ । तर, केही वर्षयता जुत्ताचप्पल व्यवस्थापन कार्य अवरुद्ध रहँदा मन्दिरको मूल भवनबाहिर नै यत्रतत्र जुत्ताचप्पल छाड्नुपर्ने दर्शनार्थीको वाध्यता रहेको थियो । स्थानीय समाजसेवी वैद्यनाथप्रसाद साहका अनुसार फलामको स्ट्यान्ड बनाई जुत्ताचप्पल राख्ने व्यवस्थापन कार्य गर्न थालेपछि श्रद्धालुहरूलाई सजिलो भएको छ । श्रद्धालुहरू जुत्ताचप्पल फुकाएर स्ट्यान्डमा राख्न थालेपछि उहाँहरूलाई राहतको अनुभूति भएको हो । मधेश प्रदेशको चलचित्र तथा लोकसञ्चार बोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैताले भिडभाड भएका बेला मन्दिरबाहिर जुत्ताचप्पल छरिने र अन्य बेला पनि साटिने गरेको समस्या यसको व्यवस्थापनपछि समाप्त भएको बताउनुभयो ।
सप्तरीको रुपनीमा माइक्रोबस पल्टिँदा एकको मृत्यु, १० घाइते
देवराम प्रसाद यादवसप्तरी, जेठ २४ गते । सप्तरीको रुपनीस्थित मुसहरनीया बसबिटी राजविराज सडकखण्ड अन्तर्गत रुपनी ५ स्थित पाँच किलो भन्ने ठाउँमा मगंलबार माइक्रोबस पल्टिँदा एक महिलाको मृत्यु भएको छ भने १० जना यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा रुपनी गाउँपालिका–१ रायपुर गाउँका ६८ वर्षीया तारावतीदेवी यादव रहेको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनु भयो । दुर्घटनामा गम्भीर घाइते भएका उहाँको उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा परी १० जना व्यक्ति घाइते भएका छन् । लहानबाट राजविराजतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०२७७ नम्बरको मोइक्रोबस तीव्र गतिका कारण दुर्घटनामा परेको जनाइएको छ ।
‘दाइजो हटाउन जनप्रतिनिधिहरुको ध्यान जानु आवश्यक छ’
मधेश प्रदेशका जिल्लाहरुमा विकराल समस्याको रुपमा रहेको दाइजो प्रथा हटाउन स्थानीय तहका जन प्रतिनिधिहरुको ध्यान केन्द्रित गराउन महिला अधिकारकर्मीहरु सक्रिय भएका छन् ।
दुर्घटनामा नेकपा एसका नेताको मृत्यु
सप्तरीमा ट्रकको ठक्करबाट नेकपा (एकिकृत समाजवादी)का नेताको मृत्यु भएको छ ।
बाढीको पूर्वसूचनाले जोगियो धनमाल
मनसुन सुरु भएलगतै बाढी प्रभावित क्षेत्रका स्थानीयवासीलाई सधैँ चिन्ताले पिरोल्थ्यो । वर्षाको समय भएपछि नदी र खोलामा आउने बाढीले जनधनको ठूलो क्षति बेहोर्नु पर्दा मनसुन लाग्ने बित्तिकै यहाँका बासिन्दामा चिन्ता बढ्थ्यो । बाढी आउने नआउने पूर्व जानकारी नहुँदा वर्षात्मा रातभर जाग्राम बस्नुपर्ने बाध्यता थियो तर पछिल्लो दुई वर्ष यता बाढी आउने पूर्वसूचना प्राप्त हुन थालेपछि बाढीबाट हुने जनधनको क्षति जोगिएको छ ।
प्रदूषण रोक्न स्थानीयद्वारा कुखुरा फर्ममा तालाबन्दी
सप्तरीको खडक नगरपालिका ८ मुसहरनियाँ विसनपुरमा रहेको पूर्वाञ्चल पोल्ट्री प्रा.लि. (कुखुरा फर्म)मा स्थानीयले आइतबारदेखि तालाबन्दी गरेका छन् । पटक पटक गरेको सम्झौता कार्यान्वयन नगर्दा स्थानीयहरु पुनः आन्दोलित हुने पुगेका हुन् ।
मधेश प्रदेशमा पन्ध्र लाख बिरुवा निःशुल्क वितरण गरिँदै
विजयकुमार साह ढल्केबर, जेठ २३ गते । मधेश प्रदेशको उद्योग, पर्यटन तथा वन मन्त्रालयले सर्वसाधारणलाई निःशुल्क वितरण गर्न १५ लाख विभिन्न प्रजातिका बिरुवा उत्पादन गरेको छ । मन्त्रालयमातहत रहेको डिभिजन वन कार्यालय, सवडिभिजन वन कार्यालय र भू–संरक्षण तथा जलाधार विकास कार्यालयको नर्सरीमा गरी सो परिणाममा बिरुवा उत्पादन गरेको हो । मधेश प्रदेश उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विशाल घिमिरेले उत्पादन गरिएका बिरुवा मधेश प्रदेशका जनताले निःशुल्क लान पाउने बताउनुभयो । उहाँले उत्पादन गरिएका बिरुवा रोप्न लायक भइसकेको र कतिपय स्थानबाट वितरण कार्य पनि भइरहेको जानकारी दिनुभयो । प्रदेश मातहत रहेको वन कार्यालय र भू–संरक्षणको नर्सरीबाट लैजान सकिनेछ । २० वटासम्म लैजान कुनै कागजात नचाहिने तर त्यसभन्दा बढी सङ्ख्यामा लैजानका लागि व्यक्तिको जग्गाको लालपुर्जा र नागरिकताको फोटोकपी पेश गर्नुपर्ने हुन्छ । त्यस्तै, सामुदायिक वनको हकमा वन समूहको निर्णय र निवेदनको आधारमा बिरुवा दिन्छौ, सचिव घिमिरेले भन्नुभयो । उहाँका अनुसार फलफूल, सौन्दर्य, जडीबुटी र काठजन्य प्रजातिका बिरुवा उत्पादन भएको छ । उत्पादन गरिएका बिरुवामा खयर, मलेसियन साल, लोकल साल, सतिसाल गोलमोह, तेजपात, बकाइनो, अमला र कल्कीलगायतका बिरुवा छन् । सर्वसाधारण जनताको आयआर्जनमा वृद्धिका साथै पर्यावरणमा फाइदा पुग्ने हुँदा मन्त्रालयले निःशुल्क रुपमा विरुवा उत्पादन गरेर वितरण गर्न लागेको मन्त्रालयका सचिव घिमिरेले भन्नुभयो । यसैगरी, सामुदायिक विकास केन्द्र धनुषाले आइतबार शहीदनगर नगरपालिकामा १५ हजार विभिन्न प्रजातिका रुखका बिरुवा निःशुल्क वितरण गरेको छ । नगरपालिकाको प्रत्येक घरमा चारवटाको दरले फलफूल तथा काठजन्य प्रजातिका बिरुवा वितरण गरिएको हो । धूलो, धुवाँ र वन विनाबका कारणले वायु प्रदूषण बढ्दै गएको र प्रदूषण घटाउन रुख बिरुवा रोप्नु अनिवार्य जस्तै भइसकेकाले आइतबार विश्व वातावरण दिवसको अवसर पारेर निःशुल्क बिरुवा वितरण गरेको सामुदायिक विकास केन्द्र धनुषाका अध्यक्ष सञ्जय साहले बताउनुभयो । धनुषाको लालगढस्थित सबडिभिजन वन कार्यालयको नर्सरीमा उत्पादन गरिएका बिरुवा । तस्विर ः विजयकुमार साह ÷ ढल्केबर
मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले आईतवार बसेको प्रदेशसभाको वैठकमा अगामी आर्थिक वर्ष २०७९—८० को प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।