सर्लाहीका राजनीतिक दल उम्मेदवार छनौटको अन्तिम कसरतमा
निर्वाचन आयोगले वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताका लागि आइतबार र सोमबार दुई दिन समय छुट्याएको छ । तर, जिल्लाका प्रमुख राजनीतिक दलहरुले शनिबार दिउँसोसम्म उम्मेदवार टुङ्गो लगाउन सकेको छैन ।
छुट्टाछुटै दुर्घटनामा एकै गाउँका तीनसहित चारको मृत्यु
धीरेन्द्रप्रसाद साहराजविराज, वैशाख १० गते । सप्तरीमा शनिबार छुट्टाछुट्टै दुर्घटनामा एकै गाउँका तीन जनासहित चार जनाको मृत्युभएको छ । तीन जनाको मोटरसाइकल दुर्घटनामा र एक बालकको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्व–पश्चित हुलाकी राजमार्गअन्तर्गत जिल्लाको राजगढ गाउँपालिका–५ मलेकपुरस्थित शनिबार मोटरसाइकल दुर्घटनामा परी एक गाउँका तीन जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परेर जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका– ३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र २८ वर्षीय बुच्चु भन्ने रंजित यादवको मृत्यु भएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।हुलाकी राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१–०२४१ प.२२९६ नम्बरको र सोही दिशाबाट जाँदै गरेको प्र.१–०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना भएको उहाँले बताउनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ काफ्लेले जानकारी दिनुभयो । यसैगरी, जिल्लाको बलान बिहुल गाउँपालिका ५ रामनगर टोल बस्ने रबिन्द्र यादवको छ वर्षीया छोरी अनुषाकुमारी यादवको स्थानीय धर्मनाथ यादवको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बारामा २९६ मध्ये ३७ हतियार मात्रै बुझाइयो
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले अहिलेसम्म जिल्लाको विभिन्न ठाउँबाट ३७ वटा हतियार मात्रै बुझाइएकोे जानकारी दिनुभयो ।
खडक नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एसबीच चुनावी गठबन्धन
सप्तरी, वैशाख ९ गते । स्थानीय तह निर्वाचनको लागि सप्तरीको खडक नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बीच गठबन्धन भएको छ । सत्ता साझेदार ५ दलले गठबन्धन बनाउने सहमतिअनुसार खडक नगरपालिकामा यी दुई पार्टीबीच गठबन्धन गरिएको हो । परिवर्तन विरोधी शक्तिहरु सक्रिय भइरहेको अवस्थामा देशको परिस्थितिअनुसार आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जिल्ला जिल्लामा स्थानीय तहलाई परिवर्तनकारी पार्टीहरु मिलेर बनेको महागठबन्धनको भावनाअनुसार सप्तरी जिल्लाको खडक नगरपालिकामा यी दुई पार्टीबीच तालमेल भएको हो ।तालमेलअनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट नगर प्रमुखमा जयप्रकाश चौधरी र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)को तर्फबाट नगर उपप्रमुखमा शत्रुघन प्रसाद साह (आजाद) लाई अघि सार्ने सहमति भएको व्यहोरा दुई पार्टीका नगर अध्यक्षद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।सहमतिअनुसार नेकपा (माओवादी केन्द्र)बाट वडा नम्बर १, २, ६, ८ र १० तथा नेकपा (एकीकृत समाजवादी)ले वडा नम्बर ४, ५, ७, १० र ११ मा वडा अध्यक्षको उम्मेदवारी दिने निर्णय भएको छ ।सहमति हुन नसकेका वडा नम्बर ३ र ९ मा छुट्टाछुट्टै रुपमा उम्मेदवारी दिने निर्णय भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय स्थापना
मधेस प्रदेशका जिल्लामा स्थानीय तह निर्वाचनका लागि स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यस क्रममा बिहीबार सर्लाहीका २० वटै स्थानीय तहमा एकैसाथ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
राजनीतिक दल चुनावी दौडमा : किसानलाई गहुँ भित्र्याउने चटारो
विजयकुमार साह ढल्केबर, वैशाख, ७ गते । धनुषामा स्थानीय तहको निर्वाचनले गति लिन थालेको छ । राजनीतिक दलहरू चुनावको तयारीमा जुटेका छन् । चुनावी रणनीति बनाउन बैठक, भेला र अन्तक्र्रिया कार्यक्रम बाक्लिँदै गएका छन् । राजनीतिक दलका प्रतिनिधिहरू जनप्रतिनिधि बन्न दौडधुपमा लागेका छन् । यहाँका किसान भने गहुँबाली भित्र्याउनमा व्यस्त देखिन्छन् । कोही गहुँ बाली धमाधम काट्नमा व्यस्त छन् भने कतिपय किसान कटान गरिसकेको गहुँ थ्रेसिङ गरेर भित्र्याउँदै गरेको भेटिन्छन् । किसानहरू पाकिसकेको गहुँ भित्र्याउन बिहानदेखि साँझसम्म खेतमै रहन्छन् । अहिले हावाहुरी असिना, पानी पर्ने बेला छ । समयमै गहुँ भित्र्याउन सकिएन भने यति धेरै मिहिनेत गरेर उब्जाएको गहुँ असिना, पानीले क्षति पु-याउन सक्छ । त्यसैले अहिले चुनावी माहौलदेखि टाढै रहेर गहुँ भित्र्याउन लागिपरेको मिथिला नगरपालिका–३, हरिहरपुरका किसान मनोज महतो बताउनुहुन्छ ।उहाँ भन्नुहुन्छ, “गहुँ पाकेकाले अहिले किसानलाई कामै काम छ । कसैलाई पटक्कै फुर्सद छैन । काममा ध्यान भएकोले चुनाव र दलका कार्यक्रमप्रति चासो छैन ।” “चुनावमा कस्ता जनप्रतिनिधिलाई मत दिने भन्ने विषयमा पछि सोचौँला तर अहिले गहुँ स्याहार्न सकिएन भने भोकै बस्नुपर्ने अवस्था आउँछ, त्यसैले किसानलाई चुनावको रौनकले अझैँ छोइसकेको छैन,” गणेशमान चारनाथ नगरपालिका बरमझियाका किसान रामपुकार यादवले भन्नुभयो । उहाँले यसपालि झुटा आश्वासन बाँड्नेलाई भन्दा पनि किसानको दुःख पीडा बुुझ्ने जनप्रतिनिधि छनोट गर्ने बताउँदै उहाँले भन्नुभयो, “पर्याप्त सिँचाइको सुविधा, मलखादको सहज उपलब्धता र आधुनिक कृषि उपकरण निःशुल्क बाँड्नेजस्ता नारा दिएर थुप्रैले स्थानीय तहदेखि मन्त्रीसम्मकै बागडोर सम्हाले तर किसानको समस्या ज्यूँका त्युँ छ ।” जिल्लामा अघिल्लो वर्ष ३६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको गहुँ बालीबाट एक लाख आठ हजार मेट्रिकटन गहुँ उत्पादन भएको थियो तर यस वर्ष रासायनिक मलको अभाव र हिउँदे वर्षाले गहुँबालीलाई क्षति पु-याएका कारण घटेर एक लाख दुई हजार मेट्रिक टन गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शङ्करप्रसाद साहले जानकारी दिनुभयो ।
तीव्र गतिका सवारीउपर सीसीटिभीमार्फत कारबाही सुरु
मधेस प्रदेशअन्तर्गत पूर्व–पश्चिम लोकराजमार्गमा सीसीटिभी फुटेजमार्फत तीव्र गतिका सवारीसाधन उपर कारबाही सुरु गरिएको छ । मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले सुरु गरिएको हो ।
घरमा शौचालय छन्, तर प्रयोग गर्दैनन् महिला
धनुषाका अधिकांश ग्रामीण भेगका घरघरमा शौचालय छन्, तर शौचालय प्रयोगमा महिलाहरू तत्परता देखाउँदैनन् । हुलमै बाँधिएर बस्ती परको खेतबारीमा शौच गर्न जाने परम्परागत अभ्यासलाई धान्दै आएका ती महिलाका घरमा भएका शौचालय भने अन्न, इन्धन र निर्माण सामग्री भण्डारण गर्ने ठाउँ बनेका छन् ।
२६ वर्षपछि सिँचाई आयोजना सञ्चालनमा
विजयकुमार साह ढल्केवर, वैशाख ५ गते । धनुषाको बटेश्वर गाउँपालिका –२, भुइचक्रपुरमा निर्माण भएको २६ वर्षपछि सिँचाई आयोजना सञ्चालनमा आएको छ । स्थानीयवासी तथा समाजसेवी युवाले चासो देखाएपछि यतिका वर्षपछि सो सिँचाई आयोजना सोमबारबाट सञ्चालनमा आएको हो ।किसानको खेतबारीमा सहज सिँचाई सुविधा उपलब्ध गराउने उद्देश्यले धनुषाको नकटाझिजस्थित कृषि विकास आयोजनाले २०५३ सालमा सिँचाई आयोजना निर्माण गरेको थियो । कृषि विकास आयोजनाले त्यसबेला सिँचाई आयोजना सञ्चालन गर्न पक्की कुलो, डिप ट्यूवेल र विद्युत जडानसमेत गरिसकेको थियो ।कृषि विकास आयोजनाले सिँचाई आयोजनाको सबै काम सकेर सञ्चालनका लागि तयारी गरिरहेकोबेला विद्युतीय ट्रान्सफर्मर चोरी भएपछि उक्त सिँचाई आयोजना अलपत्र परेको थियो । सिँचाई आयोजना अलपत्र परेपछि घेरबारसहित बनेको डिप ट्यूवेल घर खण्डहर बनेको छ भने किसानले आफ्नो जग्गामा बनेको पक्की कुलो भत्काएका छन् । बटेश्वरका समाजसेवी राजकिशोर महतोसहितका युवाको पहलमा कृषि विकास आयोजना नकटाझिजले डिप ट्यूवेल मर्मत गरेर मोटर जडान गरिदिएपछि निर्माण भएको २६ वर्षपछि सिँचाई आयोजना सञ्चालनमा आएको छ । सो सिँचाई आयोजना सञ्चालनमा ल्याउन स्थानीयवासीले चार वर्षअघि बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतलाई जानकारी गराउँदैआएको भएपनि अध्यक्ष राउतले चासो नदेखाएको स्थानीयवासी राजकिशोर महतोले बताउनुभयो । कृषि विकास आयोजना नकटाझिजका इन्जिनीयर मनोजकुमार चौधरीले अलपत्र अवस्थामा रहेको सिँचाई आयोजना स्थानीयवासीको सहयोगमा सञ्चालनमा ल्याउन सफल भएको बताउनुभयो । किसानको खेतमा सिँचाईको प्रबन्ध मिलाउन आउँदो आर्थिक वर्षमा पाइपलाइन विस्तार गर्ने जानकारी दिनुभयो ।