• १७ असार २०८१, सोमबार

खडक नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एसबीच चुनावी गठबन्धन

blog

सप्तरी, वैशाख ९ गते । स्थानीय तह निर्वाचनको लागि सप्तरीको खडक नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बीच गठबन्धन भएको छ । सत्ता साझेदार ५ दलले गठबन्धन बनाउने सहमतिअनुसार खडक नगरपालिकामा यी दुई पार्टीबीच गठबन्धन गरिएको हो । 

परिवर्तन विरोधी शक्तिहरु सक्रिय भइरहेको अवस्थामा देशको परिस्थितिअनुसार आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जिल्ला जिल्लामा स्थानीय तहलाई परिवर्तनकारी पार्टीहरु मिलेर बनेको महागठबन्धनको भावनाअनुसार सप्तरी जिल्लाको खडक नगरपालिकामा यी दुई पार्टीबीच तालमेल भएको हो ।

तालमेलअनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट नगर प्रमुखमा जयप्रकाश चौधरी र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)को तर्फबाट नगर उपप्रमुखमा शत्रुघन प्रसाद साह (आजाद) लाई अघि सार्ने सहमति भएको व्यहोरा दुई पार्टीका नगर अध्यक्षद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सहमतिअनुसार नेकपा (माओवादी केन्द्र)बाट वडा नम्बर १, २, ६, ८ र १० तथा नेकपा (एकीकृत समाजवादी)ले वडा नम्बर ४, ५, ७, १० र ११ मा वडा अध्यक्षको उम्मेदवारी दिने निर्णय भएको छ ।

सहमति हुन नसकेका वडा नम्बर ३ र ९ मा छुट्टाछुट्टै रुपमा उम्मेदवारी दिने निर्णय भएको छ । 

लेखक बाट थप