जनकपुर उपमहानगरपालिकामा जसपाबाट लालकिशोर उम्मेदवार
जनकपुरधाम उपमहानगरपालिका प्रमुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालले लालकिशोर साहलाई उम्मेदवार बनाएको छ ।
पूर्व राज्यमन्त्री डिम्पलकुमारी झाको निधन
मधेस प्रदेशका प्रदेश सभा सदस्य डा. डिम्पलकुमारी झाको आइतबार बिहान निधन भएको छ । संविधान सभा सदस्य तथा मधेस प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्रीसमेत रहनुभएका झा. बिगत केही समयदेखि क्यान्सर रोगले पीडित हुनुहुन्थ्यो ।
जनकपुरमा लोसपाबाट मेयरमा चौधरी र उपमेयरमा मिश्र
स्मृति मिश्र धनुषा, वैशाख १० गते । जनकपुरधाम उपमहानगरपालिका मेयरमा मनोज चौधरी र उपमेयरमा रिता मिश्रलाई लेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले उम्मेद्वार बनाउने निर्णय गरेको छ । लोसपाको केन्द्रीय कमिटीको शनिबार बसेको बैठकले जनकपुरधाम उपमहानगरपालिकाकालागि मेयर तथा उपमेयर उम्मेदवार टुंगो लगाएको हो । चौधरी लोसपाको जनकपुरधाम उपमहानगर समिति अध्यक्ष हुन् भने मिश्र जनकपुरधाम उपमहानगरपालिकामा अघिल्लो कार्यकालमा उपमेयर रहनुभएको थियो ।चुनावी प्रयोजनका कारण उहाँले हिजो शुक्रबार राजीनामा दिनुभएको थियो । लोसपा नगर समितिले जनकपुरधामका मेयरका लागि उम्मेदवार बनाइएका चौधरीका अतिरिक्त प्रदेशसभा सदस्य परमेश्वर साह, जानकीराम साह, मनोज चौधरी र अमर पञ्जियांरका नाम सिफारिस गरिएको थियो । उम्मेदवार चयनमा ढिलाइ भइरहँदा लोसपाका स्थानीय नेता जानकीराम साहले चैत ६ गते पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गर्नुभएको छ । उहाँ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ अध्यक्षसमेत हुनुहुन्थ्यो । लोसपाकै अर्का सदस्य र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्र साहले पनि पार्टी परित्याग गरी तमलोपाको सदस्यता लिनुभएको छ । उहाँहरू लगायत थप केही वडाअध्यक्षहरूले लोसपा परित्याग गरी अन्य राजनीतिक दलम प्रवेश गर्नुभएको छ ।
सर्लाहीका राजनीतिक दल उम्मेदवार छनौटको अन्तिम कसरतमा
निर्वाचन आयोगले वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताका लागि आइतबार र सोमबार दुई दिन समय छुट्याएको छ । तर, जिल्लाका प्रमुख राजनीतिक दलहरुले शनिबार दिउँसोसम्म उम्मेदवार टुङ्गो लगाउन सकेको छैन ।
छुट्टाछुटै दुर्घटनामा एकै गाउँका तीनसहित चारको मृत्यु
धीरेन्द्रप्रसाद साहराजविराज, वैशाख १० गते । सप्तरीमा शनिबार छुट्टाछुट्टै दुर्घटनामा एकै गाउँका तीन जनासहित चार जनाको मृत्युभएको छ । तीन जनाको मोटरसाइकल दुर्घटनामा र एक बालकको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्व–पश्चित हुलाकी राजमार्गअन्तर्गत जिल्लाको राजगढ गाउँपालिका–५ मलेकपुरस्थित शनिबार मोटरसाइकल दुर्घटनामा परी एक गाउँका तीन जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परेर जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका– ३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र २८ वर्षीय बुच्चु भन्ने रंजित यादवको मृत्यु भएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।हुलाकी राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१–०२४१ प.२२९६ नम्बरको र सोही दिशाबाट जाँदै गरेको प्र.१–०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना भएको उहाँले बताउनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ काफ्लेले जानकारी दिनुभयो । यसैगरी, जिल्लाको बलान बिहुल गाउँपालिका ५ रामनगर टोल बस्ने रबिन्द्र यादवको छ वर्षीया छोरी अनुषाकुमारी यादवको स्थानीय धर्मनाथ यादवको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बारामा २९६ मध्ये ३७ हतियार मात्रै बुझाइयो
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले अहिलेसम्म जिल्लाको विभिन्न ठाउँबाट ३७ वटा हतियार मात्रै बुझाइएकोे जानकारी दिनुभयो ।
खडक नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एसबीच चुनावी गठबन्धन
सप्तरी, वैशाख ९ गते । स्थानीय तह निर्वाचनको लागि सप्तरीको खडक नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बीच गठबन्धन भएको छ । सत्ता साझेदार ५ दलले गठबन्धन बनाउने सहमतिअनुसार खडक नगरपालिकामा यी दुई पार्टीबीच गठबन्धन गरिएको हो । परिवर्तन विरोधी शक्तिहरु सक्रिय भइरहेको अवस्थामा देशको परिस्थितिअनुसार आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जिल्ला जिल्लामा स्थानीय तहलाई परिवर्तनकारी पार्टीहरु मिलेर बनेको महागठबन्धनको भावनाअनुसार सप्तरी जिल्लाको खडक नगरपालिकामा यी दुई पार्टीबीच तालमेल भएको हो ।तालमेलअनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट नगर प्रमुखमा जयप्रकाश चौधरी र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)को तर्फबाट नगर उपप्रमुखमा शत्रुघन प्रसाद साह (आजाद) लाई अघि सार्ने सहमति भएको व्यहोरा दुई पार्टीका नगर अध्यक्षद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।सहमतिअनुसार नेकपा (माओवादी केन्द्र)बाट वडा नम्बर १, २, ६, ८ र १० तथा नेकपा (एकीकृत समाजवादी)ले वडा नम्बर ४, ५, ७, १० र ११ मा वडा अध्यक्षको उम्मेदवारी दिने निर्णय भएको छ ।सहमति हुन नसकेका वडा नम्बर ३ र ९ मा छुट्टाछुट्टै रुपमा उम्मेदवारी दिने निर्णय भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय स्थापना
मधेस प्रदेशका जिल्लामा स्थानीय तह निर्वाचनका लागि स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यस क्रममा बिहीबार सर्लाहीका २० वटै स्थानीय तहमा एकैसाथ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
राजनीतिक दल चुनावी दौडमा : किसानलाई गहुँ भित्र्याउने चटारो
विजयकुमार साह ढल्केबर, वैशाख, ७ गते । धनुषामा स्थानीय तहको निर्वाचनले गति लिन थालेको छ । राजनीतिक दलहरू चुनावको तयारीमा जुटेका छन् । चुनावी रणनीति बनाउन बैठक, भेला र अन्तक्र्रिया कार्यक्रम बाक्लिँदै गएका छन् । राजनीतिक दलका प्रतिनिधिहरू जनप्रतिनिधि बन्न दौडधुपमा लागेका छन् । यहाँका किसान भने गहुँबाली भित्र्याउनमा व्यस्त देखिन्छन् । कोही गहुँ बाली धमाधम काट्नमा व्यस्त छन् भने कतिपय किसान कटान गरिसकेको गहुँ थ्रेसिङ गरेर भित्र्याउँदै गरेको भेटिन्छन् । किसानहरू पाकिसकेको गहुँ भित्र्याउन बिहानदेखि साँझसम्म खेतमै रहन्छन् । अहिले हावाहुरी असिना, पानी पर्ने बेला छ । समयमै गहुँ भित्र्याउन सकिएन भने यति धेरै मिहिनेत गरेर उब्जाएको गहुँ असिना, पानीले क्षति पु-याउन सक्छ । त्यसैले अहिले चुनावी माहौलदेखि टाढै रहेर गहुँ भित्र्याउन लागिपरेको मिथिला नगरपालिका–३, हरिहरपुरका किसान मनोज महतो बताउनुहुन्छ ।उहाँ भन्नुहुन्छ, “गहुँ पाकेकाले अहिले किसानलाई कामै काम छ । कसैलाई पटक्कै फुर्सद छैन । काममा ध्यान भएकोले चुनाव र दलका कार्यक्रमप्रति चासो छैन ।” “चुनावमा कस्ता जनप्रतिनिधिलाई मत दिने भन्ने विषयमा पछि सोचौँला तर अहिले गहुँ स्याहार्न सकिएन भने भोकै बस्नुपर्ने अवस्था आउँछ, त्यसैले किसानलाई चुनावको रौनकले अझैँ छोइसकेको छैन,” गणेशमान चारनाथ नगरपालिका बरमझियाका किसान रामपुकार यादवले भन्नुभयो । उहाँले यसपालि झुटा आश्वासन बाँड्नेलाई भन्दा पनि किसानको दुःख पीडा बुुझ्ने जनप्रतिनिधि छनोट गर्ने बताउँदै उहाँले भन्नुभयो, “पर्याप्त सिँचाइको सुविधा, मलखादको सहज उपलब्धता र आधुनिक कृषि उपकरण निःशुल्क बाँड्नेजस्ता नारा दिएर थुप्रैले स्थानीय तहदेखि मन्त्रीसम्मकै बागडोर सम्हाले तर किसानको समस्या ज्यूँका त्युँ छ ।” जिल्लामा अघिल्लो वर्ष ३६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको गहुँ बालीबाट एक लाख आठ हजार मेट्रिकटन गहुँ उत्पादन भएको थियो तर यस वर्ष रासायनिक मलको अभाव र हिउँदे वर्षाले गहुँबालीलाई क्षति पु-याएका कारण घटेर एक लाख दुई हजार मेट्रिक टन गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शङ्करप्रसाद साहले जानकारी दिनुभयो ।